Explore news and happenings at Bhaktapur

स्थानीय सरकारको उत्कृष्ट काम

भैरव रिसाल

0

कामदार जनताका निम्ति काम गर्ने नेपाल मजदुर किसान पार्टीको राजनीतिक नेतृत्व भएको भक्तपुर नगरपालिका शिक्षापछि अब स्वास्थ्य क्षेत्रमा पनि ठोसरूपमा अघि बढ्न लागेको छ । शिक्षामा सघन हात हालेको १९ वर्ष भइसक्यो । शिक्षामा पनि प्राथमिकभन्दा पनि पूर्वको पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको पठन–पाठन सफलतापूर्वक सञ्चालन गरेर उत्कृष्ट काम गरेको छ । थोरै शुल्क र स्तरीय शिक्षा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिक्षण संस्थाको विशिष्ठ पक्ष हो यो । कमभन्दा कम शुल्कमा उत्कृष्ट तहको शिक्षा प्राप्त हुने हुँदा ख्वप कलेजलगायत उच्च माध्यमिक, माध्यमिक र त्यसभन्दा तल्लो तहका शिक्षालयहरूमा आफ्ना सन्तान पढाउन पाउँदा पनि अभिभावकहरू नगरपालिकाप्रति कृतकृत्य छन् । कलेज तहको शिक्षा र शिक्षण पद्धति दिइने ती कलेजहरूलाई सम्बन्धन दिएका विश्वविद्यालयहरू गर्व गर्छन् र गौरवान्वित भएको प्रतिक्रिया सार्वजनिक गर्न पाउँदा सम्मान र प्रतिष्ठा प्राप्त भएको कुरा अभिव्यक्त गर्छन् । मितव्ययिताबाट बचेको रकम कलेजका भौतिक संरचना र पूर्वाधारहरूको उत्तम र निर्माणमा खर्च भएको अवस्था अवलोकन गर्दा विज्ञ, विशेषज्ञ, विषयविद् एवम् विश्वविद्यालयहरू, शिक्षामन्त्रालय, सङ्घीय संसद्का सदस्यहरू, प्रधानमन्त्रीहरू राष्ट्रपतिका साथै ठूला वा साना राजनीतिक दलका नेताहरू पनि धेरै प्रभावित हुन्छन् । अब त सम्बद्धहरू ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति दिन्छन् कि भन्ठान्या तर जब उनीहरू खस्याङ खुसुङको पुल नाघ्छन् भुसुक्कै बिर्सन्छन् ।

शिक्षामा चमत्कारै पो गरेको छ त

पार्टी नेतृत्वको नारा एवम् दृढ अठोट कम्तिमा ‘एक घर एक स्नातक’ कार्यान्वयन गर्न अहोरात्र खटिएको खटियै छन् सम्पूर्ण कार्यकर्ता । बाहिरबाट हेर्नेहरू अचम्मै मान्छन् र भन्छन् कसरी सम्भव भइरहेको छ यो विशिष्ठ काम भक्तपुरमा ? महिला शिक्षामा भक्तपुर नगरपालिका नेपालकै अगुवा होला । भक्तपुर नगरपालिका छिर्दा शिक्षालय समयमा विद्यार्थीहरूको लस्कर हेर्दा भक्तपुर नगरपालिकामा सबै जनता विद्यार्थी मात्र छन् कि क्या हो भन्ने लाग्छ । भक्तपुर नगरपालिका यस्ता अत्युत्तम शिक्षा प्रचार–प्रसार र विस्तृतीकरण गर्नसक्छ, शिक्षालाई जनताकहाँ लैजान सक्छ, शिक्षालाई जनताको शिक्षा बनाउन सक्छ । अरू नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउ“पालिकाहरू किन शिक्षालाई जनताकहाँ लैजाँदैनन् सोध्न मन लाग्छ । नाम उपमहानगरपालिका अझ महानगरपालिका कत्रा विशेषण जोडिएका ¤ नाम ठूला तर मानसिकता साना । भक्तपुर नगरपालिकाका अगाडि ‘महा’ पनि गाँसिएको छैन, ‘उप’ पनि गाँसिएको छैन । तर, काममा भने धेरै थोक गा“सिएको छ । ऐन, कानुन, विधि र व्यवस्था सबै तहको एउटै हो, उही हो । खै त भक्तपुर नगरपालिका जुन निकै अघिदेखि नेमकिपाको प्रत्यक्ष नेतृत्वमा अघि बढ्दैछ । २०५६ सालदेखि उच्च मावि तहको शिक्षामा हात हालेको हो । २०५८ सालदेखि कलेज तहमा प्रवेश गरेको भक्तपुर नगरपालिकाले सा“च्चै हो शिक्षामा चमत्कारै पो त गरेको छ ।

यो त पुँजीवादको पनि पराकाष्ठा हो

भक्तपुर नगरपालिका अब अस्पताल तहको सेवामा प्रवेश गर्न लागेको छ । बधाई छ भक्तपुर नगरपालिकालाई, अस्पताल तहको स्वास्थ्य सेवामा प्रवेश गर्न लागेकोमा । साथै, पूर्ण सफलताको अग्रिम शुभेच्छा र शुभकामना पनि । यद्यपि यसअघि पनि भक्तपुर नगरपालिकाले प्राथमिक स्वास्थ्य सेवा, नर्सिङ सेवा, घर–घरमै धेरै थरि–थरिका स्वास्थ्य परीक्षण, स्वास्थ्य चेतनालगायतका अस्पताल तहभन्दा तलका सबै स्वास्थ्य सेवा निरन्तर दिइआएको कुरा नया“ होइन । अब त्यो तहको सेवाभन्दा माथिल्लो तह– अस्पताल तहमा जाने जमर्को गरेर जनताको आधारभूत सेवाको नया“ आयाम प्रारम्भ गर्न लागेको छ । भक्तपुर नगरपालिकाले ‘उपचारको अभावमा कसैको ज्यान नजाओस्’ भन्ने जनताको पक्षको सड्ढल्प गरेको छ । यो कुरा लेख्न र भन्न जति सजिलो र सरल छ तर कार्यान्वयन गर्न निकै जटिल र बाड्डोटिड्डो छ । राज्य नेपाल कम्युनिष्ट पार्टीले चलाइरहेको छ तर स्वास्थ्य र शिक्षाजस्ता सोझै सर्वसाधारण जनतासँग गाँसिएका यी दुवै क्षेत्र माफियाहरूको कब्जामा परेको छ । यो कम्युनिष्ट सिद्धान्त तथा आचरणसँग कति मिल्छ पार्टीका माथिल्लो तहको नेतृत्वसँग उत्तरको अपेक्षा छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण वा पैसा कमाउने, अझ बढी नाफा कुम्ल्याउने माध्यम बनाउनु कम्युनिष्ट घोषणापत्रको कुन खण्डमा छ वा सिद्धान्तको कुन सूत्रमा पर्छ, सत्तासीन नेकपा यसको जवाफ दिन तयार छ ? यो त पुँजीवादको पनि पराकाष्ठा भो ।

सरकारको, विदेशीको एक पैसा नि छैन

आजको युगमा भक्तपुर अस्पतालमा झाडाबान्ताका बिरामी मर्ने गरेको अवस्थाले सरकारी स्वास्थ्य सेवाको अवस्था छर्लड्ड पार्छ । समयमा उचित उपचार नपाउँदा विगतमा जनताले अकालमै मर्नुपरेको दृष्टान्त छन् । अब भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवा गर्न थालेपछि त्यो दुःखद अवस्था नआउने सड्ढल्प गरिसकेको छ । यस अर्थमा पनि प्रस्तावित ख्वप अस्पतालबाट जनताको स्वास्थ्यमा महŒवपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । सरकार कम्युनिष्ट नामको पार्टीबाट सञ्चालित छ तर स्वास्थ्य सेवा स्तरहीन छ । सरकारी स्वास्थ्य संस्थाहरू स्तरीय नहुनासाथ जनता निजी अस्पतालतर्फ लाग्नु स्वाभाविक भयो । सरकारले चलाएका अस्पतालले राम्रो स्वास्थ्य सेवा नदिनासाथ बिरामी निजी क्षेत्रका अस्पतालतर्फ आकर्षित हुन्छन् । त्यस अस्पतालमा सक्कली डाक्टरमात्र हुँदैनन्, नक्कली चिकित्सकको बिगबिगी हुने गरेको विगत छ । जहाँ जनताको सर्वश्व नै खर्च हुन्छ र अन्ततोगत्वा कतिपय रोगीको त प्राण पनि जान्छ । भक्तपुर सानो क्षेत्रफल भएको जिल्ला हो र भक्तपुर नगरपालिका पनि कहाँ ठूलो छ र ? यसर्थ पनि आँटियो भने नमूनाको रूपमा रूपान्तरण गर्न सकिन्छ भक्तपुरलाई । ख्वप अस्पतालमा भविष्यमा भक्तपुरमात्र होइन नेपालभरका रोगीको सेवा गर्ने उद्देश्य राख्नु जरूरी छ । यो प्रस्तावित ख्वप अस्पताल आगामी तीन वर्षभित्र सम्पादन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षका लागि रू. १४ करोड नगरपालिकाले छुट्याएको छ । यो अस्पताल निर्माणमा न सरकारको एक पैसा छ न त विदेशीहरूको एक पैसा नै । २५ शैय्याको स्वीकृति छ तर सय सैय्याको अस्पताल बन्दैछ ।

नेमकिपा यो खाल्डोमा परेको छैन

नाम तः कम्युनिष्ट सरकार छ तर कामतः सरकार अकर्मण्य छ, आचरणतः भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, खर्चतः अक्षम छ । सिद्धान्ततः सरकार सङ्घीय छ, मानसिकतातः सरकार केन्द्रीकृत छ । यस्तो वस्तुस्थितिमा सरकारी अस्पताल गुणस्तरीय छैनन् । निजी अस्पतालको सङ्ख्या बढिरहेको छ । यसर्थ भक्तपुर नगरपालिकाले अस्पताल निर्माण गर्नुको औचित्य औधी छ, यो कदम पच्चीसै आना जनताको हितमा छ । सत्तामा आसीन नामका कम्युनिष्ट, सत्तामा प्रकारान्तरबाट आरोहण गर्न तीव्र आकाङ्क्षी कम्युनिष्ट नामधारी नक्कली कामरेडहरूले शिक्षामा र स्वास्थ्यमा कतै प्रत्यक्ष नै र धेरैतिर परोक्ष लगानी गरेर– दैलोबाट होइन आ“खीझ्यालबाट –शिक्षा एवम् स्वास्थ्यजस्तो जनताका आधारभूत क्षेत्रलाई कलुषित एवम् कलड्ढित बनाइरहेका छन् । एकजना दरो अडानका शिक्षासेवी सशक्त अधिकारपूर्ण आवाजमा रेडियो नेपालमार्फत सार्वजनिक गर्दै थिए – नेपालमा शिक्षा र स्वास्थ्यमा लगानी नगर्ने र नाफा नकमाउने कम्युनिष्ट पार्टी नै छैनन्, भए पनि अपवाद हुन् । त्यसो भन्ने उनी हुन् – डा. विद्यानाथ कोइराला । उनी काङ्ग्रेस नेतृत्वको सरकारले बनाएको शिक्षा आयोग र कम्युनिष्ट नेतृत्वको सरकारको पालाको पनि शिक्षा आयोगमा बस्ने ‘भाग्यशाली’ रहेछन् । भन्दै थिए शिक्षामा लगानी गरेर वा लगानी नगरिकनै कमाउन र कुम्ल्याउने मामलामा लगभग समान छन् रे ¤ शब्दमा, वाक्यमा अन्तरजस्तो भ्रमजाल देखिन्छ परन्तु आन्तर्य एउटै हो, उही हो, शिक्षाबाट नाफा बटुल्ने मानसिक ग्रन्थीको तहसम्म छ र रेखा समानान्तर छन् । यो भन्दा दुःख लाग्दो अरू के होला ? नेमकिपा यो खाल्डोमा परेको छैन ।

अस्पताल हो कि पाँचतारे होटेल भन्नेजस्तो होस्
प्रस्तावित ख्वप अस्पताल भक्तपुर नगरपालिकाको बजेट र नगरवासीहरूकै सहभागितामा निर्माण हुने हु“दा यो मितव्ययी हुने, स्तरीय हुने र समयमा निर्माण सम्पादन हुने कुरामा आम मान्छे ढुक्क छन् । अबको युगमा बन्न लागेको ख्वप अस्पताल सस्तो हुने, गुणस्तरीय हुने, वातावरणमैत्री हुने, भूकम्पप्रतिरोधी हुने, अपाड्डमैत्री हुने, विरामी कुरूवामैत्री हुने र मानव मलमूत्रबाट दुर्गन्धित नहुने हुनेछ भन्नेमा सर्वसाधारण जनताले भरोसा गरेका छन् । ख्वप अस्पताल यस्ता कुनै पाँचतारे होटेलमा पसेजस्तो र निस्कँदा पनि त्यस्तै पाँचतारे होटेलबाट निस्केजस्तो हुने अवस्था सिर्जना गर्न ख्वप नगरपालिकाका लागि उकालो पर्ला तर त्यसो नगरी धरै छैन । पानी पौल नभई सफा र सुग्घर सम्भव हुँदैन । भक्तपुर सहरमा खानेपानीको त्यसै पनि समस्या छ । अब एकसय शैय्याको अस्पताल तथा बहिरड्ड सेवा पनि सञ्चालन हुने भएपछि पानी प्रशस्त जरूरी हुन्छ । काठमाडौँ खाल्डोमा जथाभावीसँग भुइँमुनिको पानीको दोहन बढी मात्रामा हुने गरेकाले काठमाडाै‌ खाल्डो भासिने सम्भावनाको चेतावनी दिन थालिसकेका छन् विज्ञ–विशेषज्ञहरूले । त्यसमाथि भक्तपुर सहरबाहिरका जमिन ईंटा उद्यमका कारण माटो बढी झिकेर थिलथिलो भइरहेको अवस्था छ । यस प्रकारको भौतिक अवस्था भएको कारण प्रस्तावित ख्वप अस्पताल पानीका निम्ति रेन वाटर हार्बेष्ट (आकाशबाट परेको पानी सड्ढलन) गरी त्यसैलाई पूरा प्रशोधन गरेर पुनः प्रयोग गर्ने प्रविधिमा जानुपर्छ । यो पक्ष अस्पतालको नक्सा कोर्दा नै समेटिसकिएको होला । कथं त्यता ध्यान पुगेको रहेनछ भने पनि यो पक्ष थप गर्नुपर्ला । यो विषयलाई हल्का होइन गम्भीररूपमा लिनेछ नगरपालिकाले भन्नेमा विश्वस्त छु ।

रोटी थरिथरिका नेता थरिथरिका
भक्तपुर नगरपालिका स्थानीय वासिन्दाहरूको आड भरोसा हो, कुनै सार्वजनिक सेवा आवश्यक परेमा र सो सेवामा सहज पहुँच नभए आफूले निर्वाचित गरी पठाएका प्रतिनिधिहरूसँग गुनासो गर्ने, सार्वभौम अधिकार प्रयोग गर्ने माध्यम नगरवासीका निम्ति नगरपालिका र गाउँवासीहरूका निम्ति गाउँपालिका नै हो ।
तसर्थ ती निकायमा जनता सीधै प्रवेश गर्ने अधिकार तत्तत् वडावासीमा सुरक्षित मात्र रहँदैन अक्षुण्णसमेत हुन्छ । तसर्थ यो तह या पालिका तहलाई वर्तमानमा स्थानीय सरकार भन्ने संवैधानिक स्थितिले बाँधेको छ । तर, कतिपय नगरपालिका प्रमुख जसलाई कानुनी शब्दमा नगर प्रमुख या मेयर भनिन्छ र गाउँपालिका प्रमुखलाई पनि त्यसैगरी अध्यक्ष भनिन्छ । वस्तुतः उनीहरू स्थानीय सरकार प्रमुख हुन्, त्यो क्षेत्रका कार्यकारी प्रमुख हुन्, सङ्घीय भाषामा भन्ने हो भने प्रधानमन्त्री हुन्, स्थानीय सरकार प्रमुुख भएकोले । अस्ति आइतबार प्रकाशित एउटा सातदिने खबर पत्रिकामा २० जना नेता, पूर्व सांसद, वर्तमान सांसद, प्रदेशसभा सदस्य, मेयर, गाउ“पालिकाका अध्यक्ष, गत निर्वाचनमा सङ्घीय संसद्का उम्मेदवार, नेतापुत्रसमेतका हृष्टपुष्ट, उज्याला अनुहारका तस्वीर छापिएका छन् जसको कार्यक्षेत्र नदी दोहन, खोला दोहन, नदीजन्य पदार्थ वा वस्तु जथाभावी खनेर, खोस्रेर, जोतेर प्राकृत प्रकृति उपर बलात्कार गरेर पैसा कमाउनु भएको छ । ख्वप कलेजहरू सफल सञ्चालन गर्ने, ख्वप अस्पताल बनाउन अग्रसर भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि मेयर ¤ ती २० जनामध्ये पनि तीन मेयर, तीन अध्यक्ष ।

एउटा लाज छोडेर सुखी हुने हो ?
कति अन्तर भक्तपुरका स्थानीय सरकार प्रमुख र खोला, नदी, ढुड्डे पहाड, वालुवाको ढिस्को, माटोका अग्ला भाग खारेर प्रकृति बेच्ने, सौन्दर्य बेच्ने, समृद्धि बेचेर आफू समृद्ध हुने पात्रहरूबीच । पञ्चायतको जमानामा केन्द्रस्तरका राजनीतिक पदका निम्ति प्रत्यासी हुन सम्बद्ध निर्वाचन क्षेत्रमा जग्गा र घर वा छाप्रै भए पनि हुनु अनिवार्य थियो । यी २० वटा आकृति हेर्दा र प्रकृति चरम दोहनका यिनका चर्तिकला हेर्दा समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रधानमन्त्री केपी शर्मा ओली सड्ढल्प कार्यान्वयन गराउन एक्जाभेटर, डोजर, प्रकृतिजन्य वस्तु बोक्ने ट्रक, टाटा, मिनिटाटा, ट्याड्ढर, ढुड्डा टुक्र्याउने क्रसर मेसिनजस्ता जिनिस अनिवार्य हुनैपर्छ अन्यथा या त्यस्ता जिनिस नहुने व्यक्ति कुनै तहको पनि निर्वाचनमा प्रत्यासी बन्न योग्य हुँदैन भन्ने कानुन ल्याउन असम्भव छैन जस्तो लाग्छ यो कम्युनिष्ट नामको सरकारले । एउटा नीति छ ‘त्यक्त लज्जा सुखी भवेत् ।’ एउटा लज्जा त्याग्यो भने सुखी हुन्छ रे ¤ साँच्चै एउटा ‘लाज’ भन्ने अदृश्य वस्तु छ । त्यो छउञ्जेल मान्छे जे मन लाग्यो त्यो गर्न सक्दैन ।
लाजले छेक्छ, रोक्छ । त्यो लाज छाड्यो भने जे पायो त्यो गर्न पाइने भो । अनि सुखी भएन त मान्छे ? यो हो एउटा प्रक्षेपण । यस्तो भन्नै नहुने आधार भएकाहरूको हुनुपर्ने पार्टी, अनि त्यही पार्टीको सरकार – त्यो पनि प्रवल बहुमत भएको सरकार ख्वप विश्वविद्यालय नगरपालिकालाई सञ्चालन गर्न किन अनुमति दिन्थ्यो त । यस अघिका सरकारहरू त झन् दुईतिरकै आ“ख्ला काटेका बाँसजस्ता । कसरी दिन्थे सहमति ¤

Leave A Reply

Your email address will not be published.