Explore news and happenings at Bhaktapur

पुजारी मठ जीर्णोद्धारसम्बन्धी छलफल

२०७५ फागुन १७ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग भेट गर्नुभयो । भेटमा भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय पुनःनिर्माण र भक्तपुरको दत्तात्रयस्थित पुजारी मठ जीर्णोद्धारसम्बन्धी छलफल भयो । प्रमुख प्रजापतिले पुजारी मठको लगत इस्टिमेट, नक्सा र सम्बन्धित कागजपत्रसहित मौलिक शैलीमा निर्माण गर्न भक्तपुर नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सम्पदाहरूको जीर्णोद्धार समयमा नगरे थप क्षति हुने बताउँदै प्रमुख प्रजापतिले विश्व प्रख्यात मयुर झ्याल र काष्ठकलाको संग्रहालय नै संकटमा पर्ने हुँदा शीघ्र जीर्णोद्धार गर्न बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । निर्देशक सुशील ज्ञवालीले यही आर्थिक वर्षबाट सुरु हुने गरी केही बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.