Explore news and happenings at Bhaktapur

महामारी व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणबारे अभिमुखीकरण सम्पन्न

भक्तपुर । २०८० फागुन २२ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा स्थानीय तहस्तरीय महामारी व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणबारे एकदिने अभिमुखीकरण कार्यक्रम आज भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले महामारी आकस्मिक आउने र स्वास्थ्यसँग सम्बन्धित विषय भएको बताउँदै उहाँले भक्तपुर नपाले विपद् व्यवस्थापन कोष खडा गरी घटनाको प्रकृतिअनुसार पीडितलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले महामारी व्यवस्थापन पूर्वतयारी कार्यक्रमको उद्देश्य विभिन्न किसिमका रोग, महामारी, विपद्को कारण सृजित आपतकालीन अवस्थामा तत्काल स्वास्थ्य सेवा पु¥याउने रहेको बताउनुभयो ।
सोही कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय महामारीका स्रोतव्यक्ति दिपक अछामीले भक्तपुर जिल्लाको स्वास्थ्य आकस्मि योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्षहरु, ख्वप अस्पतालका प्रतिनिधि, शाखा प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.