Explore news and happenings at Bhaktapur

काठमाडौं उपत्यकाको यातायात र ट्राफिक व्यवस्थापनबारे छलफल

२०७७ साल कार्तिक १८ गते, मंगलबार

0

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा काठमाडौं उपत्यकाको यातायात र ट्राफिक व्यवस्थापनसम्बन्धी तयार गरिएको प्रस्ताविक एकीकृत कार्ययोजनाबारे मंगलबार भर्चुअल छलफल सम्पन्न भयो ।

Home Minister Ram Bahadur Thapa speaks at a programme in Kathmandu, on Tuesday, December 25, 2018. Photo: RSS

छलफलमा गृहमन्त्री थापाले काठमाडौं उपत्यकामा यातायात र ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिनुहुँदै उपत्यकाको यातायातलाई सहज र व्यवस्थित बनाउन मेट्रो सिटीको सञ्जाल विकास आवश्यक भएको बताउनुभयो ।

सार्वजनिक यातायात प्रणालीको विकास र मोटर बाइकहरूलाई बिस्तारै प्रतिबन्ध गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुहुँदै मन्त्री थापाले उपत्यकाको ट्राफिक जाम हटाउन वैकल्पिक सडकहरूको बिस्तार खाँचो रहेको बताउनुभयो ।

काठमाडौं उपत्यकाको बिकास सँगसँगै थुप्रै चुनौतीहरू पैदा भइरहेको बताउनुहुँदै मन्त्री थापाले सवारीसाधन र यात्रुहरूको आवागमन सहज र सुरक्षित बनाउन प्रविधियुक्त सडक पूर्वाधारहरूको विकास गर्दै लगिने प्रतिबद्धता जनाउनुभयो ।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकामा बढ्दो जनघनत्वसँगै सडक दुर्घटना, अपराधका घटना, खानेपानी अभाव र सांस्कृतिक सम्पदाहरूमा ¥हासलगायतका समस्याहरू दिनानुदिन बढिरहेको बताउनुहुँदै उपत्यकाभन्दा बाहिर नयाँ सहरहरू विकास गर्नुु आवश्यक रहेको बताउनुभयो ।

युवा पुस्तामा ट्राफिक नियमबारे चेतना कमीका कारण दुर्घटनाहरू बढिरहेको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले सडकको क्षमताभन्दा सवारीसाधनको चाप बढेकै कारण ट्राफिक जाम र सडक दुर्घटनाहरू बढिरहेको बताउनुभयो । नीतिगत निर्णय गर्दा स्थानीय जनता र जनप्रतिनिधि तथा सरोकारवालाहरूको बैठक बोलाएर ऐन नियम बनाएर कार्यान्वयन पक्ष बलियो हुनेछ ।

उहाँले असीमित रुपमा गाडी भित्र्याउने क्रम नरोकेसम्म सडक फराकिलो पार्दैमा ट्राफिक जाम र सडक दुर्घटनाको समस्या समाधान नहुने बताउनुभयो ।

सडक मापदण्डको नाममा उपत्यकाका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू म्हासिँदै गइरहेको बताउनुहुँदै उहाँले आवास योजनाभित्र ठूल्ठूला सवारीसाधनहरूको प्रवेशमा रोक लगाउने बन्दोबस्त गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले आ.व. २०७३/७४ को आर्थिक बजेटमा प्रदूषण फाल्ने उद्योग क्षेत्र काठमाडौ“ उपत्यका बाहिर स्थानान्तरण गर्ने रहे तापनि सोको कार्यान्वयन हुन नसकेकोतर्फ ध्यानाकर्षण गर्नुहुँदै उहाँले मानव बस्तीको बीचमा सञ्चालित उद्योग क्षेत्रहरू अन्य उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने जनताको माग रहेको बताउनुभयो ।

छलफलमा अधिकार सम्पन्न बागमती सभ्यता एवम् विकास समिति, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल आयल निगम, महानगरीय प्रहरी कार्यालयकाका प्रतिनिधिहरूले काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ बारे प्रस्तुतीकरण पनि देखाइएको थियो ।

Leave A Reply

Your email address will not be published.