Explore news and happenings at Bhaktapur

उद्योग राज्यमन्त्री दुगडद्वारा भक्तपुर औद्योगिक क्षेत्र निरीक्षणः उद्योग हटाउने माग गरी नारावाजी

२०७७ कार्तिक १८ गते, मंगलबार

0

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडद्वारा भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुँवा प्रदूषण गर्ने उद्योगहरूहरुको स्थलगत निरीक्षण गर्नुभयो ।

उद्योग राज्यमन्त्री दुगड, सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रजिअ हुमकला पाण्डे, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रतिनिधि र स्थानीय पीडित जनतालगायत सम्मिलित टोलीले भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इण्डष्टिज प्रा.लि.लगायत भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योगको स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा राज्यमन्त्री दुगडले औद्योगिक क्षेत्र स्थानान्तरणको विषयमा सम्बन्धित सरोकारवालाहरु समेत रहने गरी समिति बनाई समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्केको धुँवा र धुलोबाट वरपरका स्थानीय जनता, शैक्षिक संस्था, कार्यालयहरुमा नकारात्मक असर परिरहेकोप्रति दुःख व्यक्त गर्नुहुँदै औद्योगिक क्षेत्र व्यवस्थापन र स्थानान्तरणको लागि मन्त्रालयले न्यायोचित पहल गर्ने बताउनुभयो ।

निरीक्षणपश्चात स्थानीय जनतालाई सम्बोधन गर्नुहुँदै नेमकिपाका सांसद प्रेम सुवालले औद्योगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योगहरू स्थानान्तरण गर्नेबारे मन्त्री दुगडसँग कार्तिक १६ गते छलफल भएको र सोही सिलसिलामा मन्त्री दुगडले यहाँका उद्योगहरु स्थलगत निरीक्षण गर्नुभएको बताउनुभयो । निरीक्षणपश्चात मन्त्रालयले जनताको पक्षमा उद्योग व्यवस्थापन तथा स्थानान्तरणबारे पहल गर्ने आश्वासन मन्त्री दुगडले दिनुभएको बताउनुहुँदै सांसद सुवालले भक्तपुर औद्योगिक क्षेत्रलाई नेपाल सरकारको निर्णयअनुसार काठमाडौं उपत्यका बाहिर स्थानान्तरणको लागि सरकारसमक्ष आग्रह गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्योग क्षेत्रमा स्थापित कतिपय उद्योगपतिहरुले भक्तपुर नगरपालिकाको निर्देशन पालना नगरेको र नपालाई तिर्नुपर्ने करसमेत नतिरी जबरजस्ति उद्योगहरु संचालन गरिरहेको प्रष्ट पार्नुहुँदै जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने उद्योगहरुको स्नानातरणको लागि नगरपालिकाले पहल गरिरहेको बताउनु भयो ।

राज्यमन्त्रीबाट निरीक्षण भएकै क्रममा भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनी र धुँवा प्रदूषण फाल्ने उद्योगहरुबाट पीडित स्थानीय जनताले ती उद्योगहरु हटाउन र प्रदूषण फाल्ने उद्योगीहरु विरुद्ध नाराबाजी समेत गरेका थिए । स्थानीयहरुले धुलो, धुवाँ र ध्वनी प्रदुषण फाल्ने उद्योगहरुलाई स्थानान्तरणको माग गर्दै पटक पटक नगर पालिका र औद्योगिक क्षेत्र व्यवस्थापन समितिमा निवेदन दिइसकेका थिए । यस अघि साँसद सुवाल, नगर प्रमुख प्रजापतीको नेतृत्वमा उद्योग मन्त्रालयमा प्रतिनिधि मण्डल गएर मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

निरीक्षणका केही तस्बीरहरु

Leave A Reply

Your email address will not be published.