Explore news and happenings at Bhaktapur

सम्झनामा प्रद्युम्न दाइ (राजा)

– सुनिल प्रजापति

0

गएको असार २१ गते बिहान करिब ७ बजे, मोबाइलको घण्टी बज्यो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको फोन रहेछ । सधैँ झैँ सामान्य कुराकानी भयो । उहाँले ‘नराम्रो खबर छ दाइ’ भन्नुभयो । म झस· भएँ र भनेँ — ‘के हो त्यस्तो नराम्रो ?’ उहाँले एकै श्वासमा भन्नुभयो — ‘प्रद्युम्न दाइ (राजा) बित्नुभयो ।’

‘साँच्चै’ मैले आश्चर्यजनक स्वरमा भनेँ । उहाँले —‘हो दाइ, काठमाडौं स्टार अस्पतालमा हिजो राती बित्नुभयो रे, अहिले पशुपति ल्याउन नगरपालिकाको शव बाहन अस्पतालतिर लाग्दैछ ।’ तुरुन्त मैले वडा नं. ४ का साथीहरूसँग सम्पर्क गरें, कुरा साँचो रहेछ । त्यसपछि साथीहरूलाई जानकारी गराएँ र पशुपतितिर लागें ।

त्यहाँ भेटेका उहाँका नजिकका धेरै साथीहरूसित जानकारी लिन कोसिस गरेँ । हामी जसरी उहाँहरूलाई पनि प्रद्युम्न दाइको स्वास्थ्यबारे जानकारी नभएको पायौँ । पार्टीका साथीहरू र टोलवासीहरू उहाँका नजिकका मित्रहरूको साथमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दियौँ । एक असल मित्रलाई गुमाउनुपर्दाको पीडा सहन गा¥हो हुने रहेछ ।

प्रद्युम्न दाइसँग भेटघाट नभएको पनि करिब छ महिना जति भयो । उहाँ सडक मापदण्डको विषयलाई लिएर श्रीमतीसहित कुरा गर्न भक्तपुर नगरपालिका आउनु भएको थियो । सायद् भौतिक रूपमा उहाँसँग प्रत्यक्ष भेट त्यो नै मेरो अन्तिम रहेछ । त्यसभन्दा अघि उहाँको घरमा गइरहने र फोनमा पनि कुराकानी हुने गथ्र्यो । कान कम सुन्नु हुन्थ्यो । त्यसैले भेटेरै कुराकानी गर्नेगथ्र्यौं ।

प्रद्युम्न दाइ पार्टीका खुला गतिविधिमा सक्रिय नदेखिएपनि भूमिगत रूपमा पार्टी स·ठन विस्तारमा योगदान गर्ने एक महŒवपूर्ण व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो । पञ्चायत कालमा सम्भ्रान्त परिवारमा जन्मेर पनि उहाँले नेपाल मजदुर किसान पार्टीमा आबद्ध भएर काम गर्नुभयो । त्यसबेला उहाँले विभिन्न चुनौतीहरूको सामना गर्नुभयो । देश र जनताको सेवा गर्ने भावनाले उहाँलाई पार्टी नजिक पु¥यायो र निरन्तर पार्टीलाई सहयोग गर्ने तथा तराईका जिल्लाहरूमा संगठन विस्तारमा सहयोग गर्नुभयो ।

तराईमा गएर पार्टी स·गठनमा काम गर्ने नेपाल मजदुर किसान पार्टीका साथीहरू सिराहास्थित उहाँको घरमा नपुगेको सायदै होलान् । सिराहाको लाहानदेखि ७।८ किमी दक्षिण पोर्टाहामा उहाँको प्रशस्त जमिन र घर छ । राणा कालमा उहाँका पुर्खा त्यहाँका ठूला जमिनदार थिए । भक्तपुरमा पनि उब्जाउ योग्य अधिकाँश जमिन नाइके परिवारकै थियो । ‘कृष्णमान नाइके’ को नाम नसुन्ने कमै होलान् । राणा कालमा उहाँ र उहाँको परिवार तथा वरपर बस्नेहरूको रवाफ कस्तो थियो होला ? अहिले हामी अनुमानमात्र गर्न सक्छौँ ।

त्यस्तो पारिवारिक स्थितिमा जन्मनुभएका प्रद्युम्न दाइ नेपाल मजदुर किसान पार्टीको तर्फबाट साविक वडानं १२ बाट २०३९, २०४४ र २०४९ सालमा तीन पटक वडाध्यक्ष पदमा जित्नु भयो र जनताको सेवामा लाग्नु भयो । त्यति लामो समय जन प्रतिनिधिको रूपमा काम गर्नु भए पनि उहाँ खासै विवादमा पर्नु भएन । वडाध्यक्षको रूपमा काम गर्दा सार्वजनिक जगा, घर जग्गा नामसारी, नागरिकता जस्ता विषयहरूमा अलि गम्भीर हुन सकेन भने जनप्रतिनिधिहरू विवादमा पर्ने गर्छन् । गलत मनसाय नभए पनि सिफारिसको प्रकृतिले विवादमा परेका थुप्रै साथीहरू हुनुहुन्छ । सार्वजनिक सरोकारसित सम्बन्धित हरेक विषयमा साथीहरूसित छलफल गर्ने उहा“को बानी थियो । मैले उहाँसँग २०४४ र २०४९ गरी दुइ कार्यकाल सँगै वडाध्यक्ष भएर काम गर्ने अवसर पाएँ । म त्यसबेला वडा नं. २ (हाल वडा नं. ८) बाट वडाध्यक्ष पदमा निर्वाचित थिएँ ।

भनिन्छ, सङ्कटको बेला साथीहरूको पहिचान हुन्छ । सङ्कटमा सहयोग गर्नेमात्रै असल मित्र हुन्छ । २०४५ साल भदौ ५ गते बिहान अन्दाजी ५ः०० बजेतिर ठूलो भूकम्प गयो । भक्तपुरमा धेरै धनजनको क्षति भयो । तत्कालीन प्रधानपञ्च आशाकाजी बासुकलाले बिहान ८.० बजेतिर नगरपंचायतको आपत्कालीन बैठक बोलाउनुभयो । नगरभरि सबैतिर घरहरू भत्केका थिए । रुवाबासी चलिरहेको थियो । यसैबीच प्रधानपंच आशाकाजी बासुकलाको अध्यक्षतामा नगरपालिका बोर्ड बैठक बस्यो र भूकम्प पीडितहरूलाई राहत वितरण गर्ने निर्णय ग¥यो । कार्यालयमा कर्मचारी आउने र बैंकहरू खुल्ने सम्भावना थिएन । राहत वितरणको लागि रकम सापटीको कुरा उठ्यो । त्यसबेला प्रद्युम्न दाइ अग्रसर हुनुभयो । कति चाहिने ? कसैले प्रश्न गर्नुभयो । ‘दुई लाखजति’ — उत्तर प्रधानपञ्च आशाकाजी बासुकलाको थियो ।

उहाँ बाहेक त्यत्रो रकम सहयोग गर्न सक्ने त्यसबेला बोर्ड बैठकमा उपस्थितमध्ये कोही थिएनन् । उहाँले एक जना साथीसित घर गएर रकम ल्याएर दिनुभयो । तुरुन्तै दालमोठ, च्युरा र अन्य खाद्य वस्तुहरू खरिद गरी टोल—टोलमा जनप्रतिनिधिहरू गएर राहत वितरण ग¥यौँ । जनप्रतिनिधि, पार्टी कार्यकर्ताहरू र जनताका धेरै घरहरू भत्केको हुँदा सबै कार्यकर्ताहरू एक आपसमा सहयोगी भावनाले काम गर्दै गयौँ ।

भदौ ९ गते ‘भक्तपुर काण्ड’ भयो । तत्कालीन सरकारले नियोजित तरिकाले षड्यन्त्र गरी का. रोहितलगायत धेरै नेता, कार्यकर्ताहरू कर्तव्य ज्यानको अभियोगमा जेल पर्नुभयो । कयौं साथीहरू भूमिगत बस्नुभयो भने कति साथीहरूले प्रवास जीवन बिताउनुप¥यो । त्यस्तो कठिन समयमा समेत प्रद्युम्न दाइ विचलित हुनुभएन । दुःखमा परेका साथीहरूलाई प्रत्यक्ष परोक्ष रूपले सहयोग गर्नुभयो । कति आफूलाई क्रान्तिकारी दाबी गर्नेहरू समेत पञ्चायतको झन्डा बोकेर पार्टीलाई धोखा दिएको बेला पार्टीप्रतिको अटल विश्वासमा उहाँ दृढ रहनुभयो ।
त्यसबेला निर्वाचित नगरपञ्चायत भ· गरी मण्डलेहरूको समिति गठन गरी नगर पञ्चायत सञ्चालन ग¥यो । मण्डलेहरूको हातबाट उहाँले भूकम्पकोबेला नगरपंचायतलाई दिएको सापटी पैसा फिर्ता लिनुभएन । २०४९ सालको निर्वाचनपछि उहाँसहित नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भएपछि मात्रै रकम फिर्ता लिनुभयो । यही नै उहाँको त्याग, समर्पण र समाज सेवाको भावनाको एक उदाहरण हो । उहाँले जनता आपत्मा पर्दा गर्नुभएको अमूल्य सहयोगको हामीले उच्च मूल्याड्ढन गर्नु पर्दछ र उच्च सम्मान प्रकट गर्नुपर्छ ।

पार्टी प्रतिको निष्ठा र जनताको सेवा गर्ने भावनाको सम्मान गर्दे नेपाल मजदुर किसान पार्टीले उहाँलाई २०५६ सालको संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सिराहा जिल्लाबाट उम्मेद्वार बनाउने निर्णय ग¥यो । त्यतिबेला माओवादी सशस्त्र सङ्घर्ष चर्किरहेको थियो । माओवादी धम्की र अराजकताबीच संसदको उम्मेदवार बन्नु कम चुनौतिपूर्ण थिएन । माओवादीहरूले उम्मेदवारहरूलाई छानीछानी कार्बाहीको सार्वजनिक घोषणा गरिएको अवस्था थियो । कयौं उम्मेदवारहरूलाई भौतिक आक्रमणसमेत गरिरहेको थियो । त्यस्तो कठिन स्थितिमा समेत उहाँले पार्टीको निर्देशन पालना गरेर उम्मेदवार बन्न तयार हुनुभयो । निर्वाचनपछि उहाँलाई माओवादीको नाउँबाट धेरै पटक दुःख दिए । उहाँको सिराहास्थित घर लुिटयो । त्यसक्रममा उहाँको मोटरसाइकल लुटेर लगे ।

संसद पुनःस्थापनापछि उहाँले त्यो कुरा पार्टीसमक्ष राख्नुभयो । माओवादी नेताहरूसँग कुराकानीपछि त्यहाँका एरिया कमाण्डरसँग छलफल गरेर मोटरसाइकल फिर्ता लिनुभयो । त्यसबेला हामी पनि लाहान पुगेका थियौँ ।
आफ्नो व्यक्तिगत फाइदाको निम्ति उहाँले कहिल्यै केही कुरा गर्नु भएन । पार्टी र कार्यकर्तालाई सङ्कट पर्दा सधैँ उहाँले सहयोग गर्नुभयो । उहाँ औपचारिक रूपमा नेमकिपाको कुनै पदमा नरहे पनि पार्टीका एक जिम्मेवार, कर्मठ र अनुशासित कार्यकर्ताको रूपमा भूमिका निर्वाह गर्नुभयो ।

जीवनको महŒवपूर्ण समय पार्टी, देश र समाजको निम्ति योगदान गर्नु हुने प्रद्युम्न दाईको पार्थिव शरीर हाम्रो सामु नभए पनि उहाँले आफ्नो जीवनमा गर्नुभएका जनसेवाका कार्यहरूले उहाँलाई हामी सम्झिरहने छौँ । का. प्रद्युम्न प्रजापतिलाई हार्दिक श्रद्धाञ्जली ¤

Leave A Reply

Your email address will not be published.