Explore news and happenings at Bhaktapur

‘क्युवाली चिकित्सकहरु आफ्नो ज्यान जोखिममा राखेर संसारका जनताको सेवा गर्दैछन्’

सुनिल प्रजापति, प्रमुख —भक्तपुर नगरपालिका, २०७७ साउन ७ गते, बुधबार

0

कुनै पनि देशको स्वास्थ्य स्थिति त्यहाँको राजनैतिक व्यवस्थाले निर्धारण गर्छ । राजनैतिक व्यवस्था जस्तो हुन्छ, स्वास्थ्य नीति पनि त्यस्तै हुन्छ । क्युवामा अहिले समाजवादी राज्य व्यवस्था छ, त्यसैले त्यहाँ समाजवादी स्वास्थ्य नीति लागू भइरहेको छ । पूँजीवादी शासन व्यवस्था भएका देशहरूमा स्वास्थ्यलाई पनि फाइदा र नाफा लिने व्यापारको वस्तुजस्तै बनाइएको हुन्छ ।

उदाहरणको निम्ति सन् १९७४ मा क्यूवाको भन्दा दक्षिण अफ्रिकाको प्रतिव्यक्ति आय दोब्बर थियो । तर शिशु मृत्युदर क्युवाको भन्दा दक्षिण अफ्रिकामा पाँच गुणा बढी थियो । अहिले अमेरिकामा भन्दा पनि क्युवामा शिशु मृत्यु दर घटिसकेको छ । यही हो समाजवादी र पूँजीवादी व्यवस्थाबीचको भिन्नता ।

समाजवादमा स्वास्थ्य र शिक्षा जस्ता विषयहरू आधारभूत र मौलिक अधिकारको रूपमा लिइएको हुन्छ । क्यूवाले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा संवैधानिक व्यवस्था गरेको कारण त्यहाँ सारा जनताले निःशुल्क उपचार पाइरहेका छन् । दक्षिण अफ्रिकाजस्ता पूँजीवादी देशहरूमा त्यसबेला श्वेत र अश्वेतबीच स्वास्थ्य मात्रै होइन हरेक कुरामा विभेद थियो । पूँजीवादीहरूले स्वास्थ्यलाई पनि किनबेचको वस्तु बनाए । सक्नेले खरिद गर्ने र नसक्नेले नगर्ने अर्थात पूँजीवाद नागरिकको ज्यानभन्दा पैसालाई प्राथमिकता दिने व्यवस्था हो ।

समाजवादीहरूसित अन्तराष्ट्रवादी भावना हुन्छ । क्यूवाले आफ्नो देशमा मात्रै होइन चिली, भेनेजुयला, इटाली, इक्वेडरलगायत देशहरूमा सन् २००८ सम्ममा १५४ देशमा स्वास्थ्यकर्मीहरू पठाएको थियो भने कोभिड १९ को प्रकोप पछि ७७ देशमा ३७ हजार स्वास्थ्यकर्मीहरू पठाइ सेवा ग¥यो । क्युवालीहरू आफ्नो ज्यान जोखिममा राखेर पनि विश्वभरका जनताको सेवा गर्दैछन् । कोभिड १९ को उपचारमा संलग्न भइ विभिन्न देशबाट क्युवा फर्केका ३० जना डाक्टरहरूमा कोभिड फेला परेको बताइन्छ तर ती चिकित्सहरूमा जनताको सेवा गर्ने भावनामा कुनै कमी आएको पाइ“दैन ।

नेपालमा करिब २५ हजारको संख्यामा डाक्टरहरू छन् । त्यसमध्ये कति राम्रा राम्रा डाक्टरहरू विदेश गएका छन् । नेपालको सरकारी सेवामा जम्मा १५०० जना मात्रै कार्यरत रहेको बताइन्छ । प्रश्न उठ्छ, डाक्टरहरूमा सेवाको भावना किन भएन ? स्पष्ट छ, निजी क्षेत्रमा एकजना डाक्टर पढ्न ५०÷६० लाख खर्च लाग्छ । विशेषज्ञ बन्न एक करोडभन्दा कमले पुग्दैन । त्यसरी खर्च गरेर आएका व्यक्तिमा स्वभाविक रूपमा लगानी उठाउने भावना हुने नै भयो । आफ्नो लगानी, मिहेनत र त्यसको ब्याजसमेत हिसाब गर्ने हो भने सरकारी तलब अरु त के लगानीको ब्याज पनि उठ्दैन । एकजना राम्रो चिकित्सकमा सेवाभन्दा बढी पैसा कमाउने भावना जाग्यो भने कसरी गरिब जनताले राम्रो उपचार पाउँछन् ?

त्यस्ता पैसा कमाउने स्वार्थी डाक्टरहरुले नक्कली औषधी लेख्ने, औषधी कम्पनीसँग मिलेर बिमा र सरकारले दिएको औषधी नलेखी त्यसलाई कुहाएर वा म्याद नघाएर महंगो औषधी किन्न लगाउने, अस्पतालको एक्स—रे मेसिन, अल्ट्रा साउण्ड बिगारेर कमिशन लिन निजी पसलहरूमा पठाउने गर्छन् । त्यसैले गरिबहरूले गुणस्तरीय स्वास्थ्य उपचार पाउन सक्दैनन् र किरा फ्त्यांग्राजस्तै मर्ने गर्छन् ।

एक पटक क्युवाली नेता फिडोल क्यास्ट्रोले भन्नु भएको थियो– ‘हामीलाई केमिकल, बायोलोजिकल हतियार बनाउनु छैन, संसारको कुना काप्चामा बम पड्काउनु छैन । हामीलाई संसारको कुना काप्चामा डाक्टरको अनुहार देख्न नपाएका र उपचारको पहुँच नपुगेका ठाउँहरूको लागि डाक्टर पु¥याउनु छ ।’ यो अमेरिकी साम्राज्यवादजस्ता साम्राज्यवादी देशहरूलाई ठूलो झापड थियो ।

पूँजीवादी देशहरूले नाफाको निम्ति एकाधिकार जमाउन अन्य देशहरूको औषधी निर्माण कम्पनी घरेलु औषधी उत्पादन विधिलाई नै ध्वष्ट पारिदिन्छन् र उनीहरूकै औषधी खरिद गर्न बाध्य पार्छन् । पहिले नेपालमा शाही औषधी लि. ले धेरै थरिका औषधि उत्पादन गथ्र्यो । अहिले नेपाल औषधी लि. करिव करिव धरासायी भएको अवस्था छ । केही वर्ष पहिले झाडा–पखाला लागेमा नून चिनी पानीको घरेलु उपचार विधि निकै प्रचलनमा थियो । त्यसलाई विस्तारै समाप्त पार्दै जीवन जल खरिद गर्नुपर्ने बाध्यतामा पु¥यायो । अहिले हामी बहुराष्ट्रिय कम्पनीबाट उत्पादित जीवन जल महंगोमा खरिद गर्नुपर्ने अवस्थामा पुगेका छौं ।

पूँजीवादी देशहरूले बहुराष्ट्रिय कम्पनीको माध्यमबाट औषधीसम्बन्धी विश्वमा एकाधिकार जमाउन क्रुरता समेत प्रर्दशन गर्ने गर्छन् । ती बहुर्राष्ट्रिय कम्पनीहरूले औषधी निर्माणसँग सम्बन्धित उच्च पदाधिकारीहरूलाई पैसाको प्रलोभन देखाइ आफ्नो हातमा लिने कोशिश गर्छन् । आफ्नो नियन्त्रणमा नबसेमा ध्वंसात्मक गतिविधि गर्न पनि तिनीहरु पछि पर्दैनन् । उदाहरणको लागि सन् १९८२ को बड्डलादेशको घटनालाई लिन सकिन्छ । त्यहाँ औषधीसम्बन्धी राष्ट्रिय नीति बनाइ औषधी उत्पादन शुरू ग¥यो । बहुराष्ट्रिय कम्पनीको भन्दा निकै सस्तोमा जनताले औषधी पाए । बहुर्राष्ट्रिय कम्पनीहरूको महँगो औषधी बिक्नै छाडे । त्यसपछि बहुर्राष्ट्रिय कम्पनीहरुले ती कारखाना बन्द गराउन निकै चर्काे दबाव दिए । तापनि बन्द नभएपछि बहुर्राष्ट्रिय कम्पनीहरूले २००० युवाहरूलाई तालिम दिए । एकैसाथ सबै औषधी कारखानामा आगजनी गर्न लगाए । भागदौडमा त्यहाँ कार्यरत धेरै मजदुरहरू घाइते भए । तापनि बड्डलादेशको सरकारले त्यो चुनौती सामना गर्दै औषधी उत्पादनलाई निरन्तरता दिइरहयो ।
स्वास्थ्यकर्मीहरूलाई विभिन्न होटलहरूमा गोष्ठी, अन्तरक्रिया वा सेमिनारको नाउँमा ती बहुर्राष्ट्रिय कम्पनीहरुले पैसा खर्च गरिरहेका हुन्छन् । एउटै कार्यक्रमको लागि समेत तिनीहरु २० आंै लाख खर्च गर्छन् ।

अझ चिकित्सकहरुलाई समय समयमा विदेश भ्रमण गराउ“छन् । डाक्टरहरूलाई आफूप्रति बफादार बनाउन त्यो एक प्रकारको घुसभन्दा फरक पर्दैन । त्यो सबै पैसा औषधीमा जोडेर गरिबहरूबाट असुल गर्छन् । त्यसैले हाम्रा चिकित्सकहरू त्यस्ता कार्यक्रमहरू र विदेश भ्रमणमा जाँदा पनि सचेत हुन आवश्यक छ ।
कोभिड १९ को प्रकोप नेपालमा देखा पर्न थालेदेखि नै हामीले जनताको सुरक्षाको निम्ति विभिन्न गतिविधिलाई अगाडि बढायौं । जनप्रतिनिधि, कर्मचारीहरूको सकृयता बढायौं । जन चेतनामुलक गतिविधिमा जोड दियौं । आपतकालीनबाहेक अरु सेवा बन्द गरिए पनि स्वास्थ्य र सर–सफाइस“ग सम्बन्धित सेवाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन ग¥र्यौं ।

अहिले विदेशबाट मानिसहरू फर्किन थालेका छन् । त्यसको निम्ति होटल, घर र छुट्टै क्वारेन्टाइनको व्यवस्थापनमा ध्यान दियौं । नागरिकको क्षमताको आधारमा उपयुक्त व्यवस्थापनको लागि निश्चित संख्यामा कर्मचारीहरू खटाएका छौं ।

जनस्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी साथीहरू बढी सचेत भएर जनताको सेवामा लाग्नुपर्ने आवश्यकता छ ।

चे ग्वेभाराको जीवनी पढ्ने तर उहाँबाट सिक्नुभन्दा पूँजीपति बन्ने सोचले काम गर्ने हो भने सिद्धान्त र व्यवहारमा मेल खा“दैन । जब हामीले सिद्धान्त अनुसारको व्यवहार गर्न सक्दैनौ त्यसपछि हाम्रो पतन शुरू हुन्छ । यो कुरा सबैले बुझ्न आवश्यक छ ।

(जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा २०७७ साउन ३ गते भएको ‘जनस्वास्थ्य र कोभिड १९ को प्रतिरोधमा क्युवालाई चे ग्वेभाराको पाठ’ विषयमा भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्यको सार)

Leave A Reply

Your email address will not be published.