Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको (आ.व. २०७८/७९) नीति तथा कार्यक्रम (पूर्णपाठ)

भक्तपुर । २०७८ असार ७ गते, सोमबार

0

नगर सभासद्ज्यूहरू,
्य भक्तपुर नगरपालिकाको दशौंं नगरसभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित) ज्यू, वागमती प्रदेशसभाका माननीय साँसद सुरेन्द्रराज गोसाइँज्यू, मञ्चमा आसन ग्रहण गर्नुहुने महानुभावहरू, जनप्रतिनिधि मित्रहरू, राजनैतिक एवं सामाजिक अगुवाहरू, शाखा प्रमुख एवं प्राचार्यज्यूहरू, पत्रकार मित्रहरू एवं आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछौं ।
्य कोरोना भाइरसको कारण आज सारा विश्व आक्रान्त छ । नेपालमा कोरोना भाइरसको महामारी शुरु भएपछि सरकारले पहिलोपटक २०७६ चैत्र ११ गतेबाट लकडाउन ग¥यो । देशभरिका उद्योग, व्यवसाय बन्द हुनुका साथै आर्थिक क्रियाकलापहरू बन्द भयो । त्यतिबेला ‘भक्तपुर महोत्सव’ गर्ने अन्तिम तयारीमा थियौं । नेपाल भ्रमण वर्षसँगै ‘भक्तपुर महोत्सव’ पनि स्थगित ग¥यौं ।
्य पूर्वतयारी भएन भने महामारीमा जनतालाई धेरै दुःख हुने शिक्षा पहिलो चरणको कोभिडले हामीलाई दियो । दोस्रो लहरको कोभिडको चर्चासँगै त्यसको नियन्त्रण र रोकथाम गर्न जनचेतनामूलक गतिविधिसँगै भनपा वडा नं. ९ ब्रम्हायणीमा २५ शैय्याको एचडीयु र ५० साधारण शैय्याको आइसोलेसन (एक्लाएक्लै बस्ने) गरी ७५ शैय्या क्षमताको ख्वप अस्पताल कोभिड युनिट तयारी अवस्थामा राख्यौं । २०७८ साल वैशाख १७ गतेबाट उक्त युनिट सञ्चालन ग¥यौं । आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीहरू, र कर्मचारीहरूको व्यवस्था गरी संक्रमितहरूको सेवा गर्दै आएका छौं । ख्वप अस्पताल कोभिड युनिटमा असार ५ गतेसम्म २१८ जना संक्रमितहरूले स्वास्थ्य उपचार सेवा पाइसकेका छन् । तीमध्ये भक्तपुर नपाका १८२ जना, मध्यपुरका २ जना, चाँगुनारायण नपाका ६ जना र सूर्यविनायक नपाका १५ जना रहेका छन् । काठमाण्डौ, ललितपुर, धादिङ, काभ्रे, खोटाङ, रामेछाप, पर्वत, कालिकोटलगायत जिल्लाका १३ जना संक्रमितहरूले सेवा पाइसकेका छन् । हाल कोभिड युनिटमा २३ जना संक्रमितहरूले सेवा लिइरहेका छन् ।
्य हालसम्म भक्तपुर नगरपालिकामा कूल ३,८३२ जना संक्रमित भएको र ६८ जनाले ज्यान गुमाई सकेका छन् । झण्डै १ लाख जनसंख्या भएको यस नगरपालिकामा कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा २,२४७ जनाले र दोस्रो मात्रा २,५२१ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै अर्को खोप भेरोसेलको पहिलो मात्रा २५,२८२ जनाले र दोस्रो मात्रा १६,९४७ जनाले प्राप्त गरिसकेका छन् ।
्य यस वर्ष भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सबभन्दा बढी जनरल ओपीडीमा ५४,९१२ जना, इमर्जेन्सी सेवामा १०,३८९ जना, दाँतका बिरामी ९,७८७ जना र अन्य विभिन्न सेवामा गरी २०७७ साउन १ गतेदेखि २०७८ जेठ मसान्तसम्ममा कूल १ लाख १ हजार ४ सय ४७ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
्य भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित सामुदायिक आँखा केन्द्रबाट आ.व. २०७७÷७८ को बितेको ११ महिनामा १५,३६८ जना आँखाका रोगीहरूको परीक्षण भएको छ । उक्त केन्द्रमा आँखाको जाँच, चश्मा जाँच, मोतिबिन्दुको शल्यक्रिया, आँखाको सामान्य शल्यक्रिया, जलबिन्दुको लगायतका जाँच हुने गरिएको छ । उक्त केन्द्र नगर प्रमुखको अध्यक्षतामा गठित व्यवस्थापन समितिको निर्देशनमा सञ्चालित छ ।
्य २०७७ माघ २४ गतेदेखि २०७८ जेठ मसान्तसम्म नागरिक आरोग्य सेवा केन्द्रबाट ३१२ जना बिरामीहरूले सेवा प्राप्त गरिसकेका छन् । तीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ रोग, स्त्री रोग, रक्तचाप आदि रोगका बिरामीहरू रहेका छन् ।
्य भक्तपुर नपा वडा नं. ९ मा सञ्चालित श्वास प्रश्वास पुनःस्थापना केन्द्रबाट १२६ जना दम खोकीका बिरामीहरूलाई सेवा प्रदान गरिसकेको छ । कोरोना भाइरसको महामारीको कारण हाल उक्त सेवा बन्द गरिएकोमा स्थिति सहज भए पछि पुनः सञ्चालनमा ल्याइनेछ । चालु श्वास प्रश्वास केन्द्रलाई सेन्टर फर एक्सीलेन्सीको रुपमा स्तरोन्नति गरिनेछ ।
्य कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न अक्सिजन पहिलो र अनिवार्य आवश्यकता हो । औषधि नभए बिरामीहरू केही दिन बाँच्न सक्छन् तर अक्सिजनविना एक क्षण पनि बाँच्न सक्दैनन् । अक्सिजनको यही महत्वलाई बुझेर भक्तपुर नगरपालिका अक्सिजन प्लान्ट राख्ने तयारीमा जुट्यो । जनस्वास्थ्य केन्द्र च्याम्हासिंहलाई बीमाबापत दिनुपर्ने साढे पाँच करोडभन्दा बढी रकम सरकारले दिएको थिएन । स्रोतको अभावको कारण अक्सिजन प्लान्ट नगरपालिकाले राख्न सक्ने अवस्था थिएन । सरकारसित पटक–पटक रकम माग गर्दा पनि प्राप्त नभएपछि साथीहरूबीच सल्लाह गरी जनतासँग सहयोगको लागि आग्रह गर्ने निष्कर्षमा पुग्यौं । हामीले जनताकै विश्वासमा काम गरिरहेको हुँदा जनताले त्यस काममा सहयोग गर्नेमा हामी आशावादी थियौं । गत आ.व. २०७६÷७७ मा पनि हामीले आइसोलेसन सञ्चालन गर्न जनतासँग सहयोग माग गरेका थियौं । त्यस आ.व.मा ६० लाख ७३ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
्य अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणहरू खरिद गर्न सहयोगको लागि आग्रह गरिएकोमा असार ५ गतेसम्ममा विभिन्न संघ—संस्था र व्यक्तिगत रुपमा जम्मा ६ करोड ४ लाख ६५ हजार २ सय ७४ रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको जानकारी गराउन चाहन्छौं । जनताको रकमबाटै छोटो प्रक्रिया अपनाई चिनियाँ कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गरी ख्वप अस्पतालमा जडान गरी नेमकिपाका अध्यक्षज्यूबाट असार १ गते उद्घाटनसमेत भई नियमित अक्सिजन उत्पादन भइरहेको छ । उक्त अक्सिजन प्लान्ट जनताको र्आिर्थक सहयोगमा निर्माण भएको हुँदा विभिन्न रोगबाट पीडित भक्तपुर नगरबासीहरूको लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गर्ने घोषणा गर्दछौं । अन्यको हकमा कार्यविधि अनुसार सामान्य शुल्क लिई वितरणको व्यवस्था मिलाएका छौं ।

गर सभासद्ज्यूहरू,
्य हामी भक्तपुर नगरपालिकालाई साँस्कृतिक नगर, ज्ञान विज्ञानको केन्द्र र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सोचकासाथ अगाडि बढ्दैछौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई मार्गनिर्देशनको रुपमा लिएर काम गर्दैछौं । समय–समयमा अध्यक्ष बिजुक्छेँज्यूबाट भक्तपुर र भक्तपुरका जनताको उन्नत्ति र विकासको लागि आवश्यक सल्लाह र सुझावहरू प्राप्त भइरहेका छन् ।
्य भक्तपुर नगरपालिकामा लामो समयदेखि नेमकिपाका जनप्रतिनिधिहरूले काम गर्दै आउनुभएको छ । ‘राजनीति भनेको देश र जनताको इमानदारीपूर्वक सेवा हो’ भन्ने भावनाबाट दिक्षित नेमकिपाका जनप्रतिनिधिहरूकै कारण भक्तपुर आजको स्थितिमा आइपुगेको हो । नेमकिपाप्रति जनताको आस्था र विश्वास छ, साथ र समर्थन छ भन्ने कुराको ज्वलन्त उदाहरण स्वास्थ्य सामग्री खरिदको लागि नगरपालिकाको आग्रहमा नगरबासीहरूबाट प्राप्त आर्थिक सहयोगले पनि देखाएको छ ।
्य विदेशीको अनुदान वा ऋण सहयोगले विकास र समृद्धि हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौं । हामी जनताको विश्वासमा, जनताकै सहयोग लिएर जनताकै निम्ति काम गर्छौं  । यो नै नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूको विशेषता हो । नेमकिपाका जन प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतलाई प्राथमिकता दिंदै भक्तपुरलाई एक नमूना नगरपालिकाको रुपमा विकास गर्दैछौं । महामारीको बेला जनताले देखाएको ऐक्यबद्धता, साथ र सहयोग जनप्रतिनिधिहरूको कामको जनताद्वारा अनुमोदनको रुपमा पनि हामीले लिएका छौं । जनताको विश्वासलाई हामीले खेर जान दिने छैनौं । थप जिम्मेवार भएर जनताको सेवामा समर्पित भएर लाग्न हामीलाई हौसला मिलेको छ ।

नगर सभासद्ज्यूहरू,
्य देशमा स्थानीय तहको निर्वाचन भएको ४ वर्ष तथा प्रदेश र संघको निर्वाचन भएको साढे तीन वर्ष बितिसक्दा पनि संघ र केन्द्र सरकारमा बस्नेहरूमा एकात्मक सरकारको सोच हटेको छैन । केन्द्र सरकारको नेतृत्वमा बस्ने पदाधिकारीहरू स्थानीय तहलाई संविधान र कानुनले प्रदान गरेका अधिकारहरू समेत विभिन्न नाउँमा कुण्ठित गर्ने प्रयास गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू हुनुअघि केन्द्रको मातहतमा सञ्चालित सबै जिल्लास्तरीय कार्यालयहरू स्थानीय तहको मातहतमा आउनुपर्नेमा संघीय सरकारले छुट्टै एकाइ बनाएर पुरानो संरचनालाई जीवन्त बनाउन खोजेको मात्र होइन, झ्न–झन् बलियो बनाउँदै लगेको छ ।
्य संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि कक्षा ९ देखिमाथि संघ सरकारले हेर्दै आएको छ । शिक्षकलाई तलब खुवाउने स्थानीय तहले तर शिक्षकमाथिको नियन्त्रण संघ सरकारले गर्नु संविधान, कानुन र व्यवहारिक कुनै पनि दृष्टिले उपयुक्त होइन ।
्य योजना छनौट र कार्यान्वयनमा समेत स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको छ । सशर्त बजेटको नाउँमा योजना छनौट गर्ने स्थानीय तहको अधिकारमा समेत केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदैछ । चाकडीको भरमा विकास योजना छनौट गर्ने परम्पराले निरन्तरता पाएको छ । संघीयताको मर्मअनुसार देशलाई अगाडि बढाउने हो भने स्थानीय तहलाई देशको कूल बजेटको ५० प्रतिशतभन्दा बढी रकम विनियोजन गर्नुपर्छ र सशर्त बजेटको आकार घटाउँदै वित्तीय समानीकरण निशर्त अनुदान शीर्षकमा बजेट बढाउँदै लानु आवश्यक छ । स्थानीय आवश्यकता र प्राथमिकता सिंहदरबारमा बस्नेहरूलाई थाहा हुँदैन । आजसम्मको देशको स्थितिले यही कुरा स्पष्ट पारेको छ । स्थानीय तहले कर्मचारी राख्ने अधिकार केन्द्र र प्रदेशबाट खोसिएको छ । प्रमुख प्रशासकीय अधिकृत संघले नियुक्त गर्ने, अन्य सबै कमचारीहरूको नियुक्ति र सरुवा बढुवा प्रदेश लोकसेवाले गर्ने र ती कर्मचारीहरूमार्फत स्थानीय तहले काम गर्नुपर्ने व्यवस्थाले कसरी सुशासन कायम हुन्छ ? स्थानीय तहले कर्मचारी राख्न नपाउने वर्तमान कानूनी व्यवस्था अर्थहीन, अव्यवहारिक र तत्कालीन स्थानीय स्वायत्त शासन ऐन २०५५ भन्दा पनि प्रतिगामी छ । यसमा हामीले आपत्ति जनाउँदै आएका छौं ।
्य विकेन्द्रीकरणको नारा लगाउँदै तत्कालीन सरकारहरूले सबै स्थानीय तहहरूलाई आफ्नो मातहतमा चलाएजस्तै आजका शासकहरूले पनि संघीयताको नारा दिएर सबै अधिकार संघ सरकारमा केन्द्रित गर्न खोज्नु पञ्चायतकै पुनरावृत्ति हो । संघीयताको नारा दिएर सरकारमा पुगेका माओवादीहरू समेत आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको अधिकार खोस्दा पनि एक शब्द नबोल्नु बिडम्बनापूर्ण छ ।

नगर सभासद्ज्यूहरू,
अब यहाँहरूसमक्ष आ.ब. २०७८।७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौंं ः
क) स्वास्थ्य ः
१) भनपा वडा नं. ९ च्याम्हासिंहमा निर्माणाधीन ख्वप अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी आधुनिक स्वास्थ्य उपकरणसहित यसै वर्षदेखि उक्त अस्पताल पूर्ण रुपमा संचालनमा ल्याइनेछ । हालका लागि ब्रम्हायणीमा संचालित ख्वप अस्पताल कोभिड–युनिट रहेकै भवनमा ख्वप अस्पताल संचालन गरिने छ । जनताबाट प्राप्त आर्थिक सहयोगबाट अक्सिजन प्लान्ट निर्माण सम्पन्न भइसकेको छ भने नयाँ नयाँ आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गरी ख्वप अस्पताललाई एउटा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न ‘जनताको अस्पताल’को रुपमा विकास गरिनेछ । नगरबासीहरूको जीवनरक्षाको लागि कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारमा सर्वोच्च प्राथमिकतामा राखिनेछ ।
२) कोभिड रोकथाम र नियन्त्रणका लागि कोभिड युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू तथा प्रयोगशाला र स्वाब परीक्षण, एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई अस्पताल संचालक समितिको निर्णय अनुसार प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।
३) कोभिड रोकथाम र नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिंदै नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गरी सबै नगरबासीहरूको लागि खोपको व्यवस्था मिलाइनेछ ।
४) कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन सक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी कोभिड युनिटलाई निरन्तर तयारी अवस्थामा राखिनेछ । साथै जोखिममा पर्नसक्ने १८ वर्षमूनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्था गरिने छ ।
५) घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाई विद्यालय र कलेजसम्म सेवा विस्तार गर्दै लगिने छ । त्यसको लागि आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरूको बन्दोबस्त गरिनेछ । जनताको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले सेवा विस्तार गर्न वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्दै लगिने छ ।
६) नगरबासीहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन समय समयमा क्यान्सर, पाठेघर, आँखा, दाँत परीक्षण लगायत विभिन्न विषयहरूको नियमित स्वास्थ्य शिविर संचालन गरिनेछ । यसबाट भक्तपुरका जनताको स्वास्थ्य स्थितिबारे ययार्थ चित्र प्रस्तुत हुने अपेक्षा छ ।
७) भक्तपुर नगरपालिका क्षेत्रमा वैकल्पिक उपचार विधि अनुसार उपचार गरिने आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्र (नागरिक आरोग्य केन्द्र) २०७७ माघ २४ गतेदेखि संचालनमा छ । भनपा वडा नं. ६ मा संचालित उक्त केन्द्रलाई विस्तार गरी वडा वडामा आयुर्वेदिक उपचार शिविरहरूको व्यवस्था गरिंदै लगिनेछ । साथै आयुर्वेदिक उपचारको अध्ययन अनुसन्धानलाई अगाडि बढाइने छ ।
८) भनपा वडा नं. ९ च्याम्हासिंहमा संचालनमा रहेको सामुदायिक आँखा केन्द्रलाई जनताको सहज पहुँच र स्तरीय सेवा प्रदान गर्ने गरी आवश्यक चिकित्सकहरू समेतको बन्दोबस्त गरी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी ख्वप अस्पताल भवनबाटै सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
९) नसर्ने कडा रोगहरू क्यान्सर, मृगौला, मुटु, मस्तिस्कघाट, स्पाइनल इन्जुरी जस्ता रोग लागेका विरामीहरू दिन प्रतिदिन बढ्दै गएको हुँदा बिरामी परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले नगरपालिकाले दिइँदै आएको आर्थिक सहयोगमा वृद्धि गरिनेछ ।
१०) भक्तपुर नगरपालिकाभित्र संचालित अस्पताल, स्वास्थ्य क्लिनिक तथा औषधी पसलहरूको गुणस्तरीयतामा कमी हुन नदिन समय समयमा चिकित्सहरूसहितको टोलीले अनुगमनको व्यवस्था मिलाइनेछ ।
११) जनतालाई पायक पर्ने नगरको एउटा वडामा अक्युपंचर थेरापी सेवा शुरु गरिने छ ।
१२) नगरमा देखापरेका संक्रामक रोगहरूको विषयमा सघन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने छ ।
१३) अशक्त, अपाङ्ता भएका व्यक्ति तथा ७५ वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि घरदैलो चिकित्सा सेवा उपलब्ध गराइने छ ।

ख) शिक्षा ः
१४) भक्तपुर नगरपालिकाद्वारा संचालित शिक्षण संस्थाहरूमा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, विएस्सी नर्सिङ जस्ता नयाँ–नयाँ विषयहरू अध्यापन स्वीकृतिको लागि प्रकृया अगाडि बढाइने छ ।
१५) कोभिडको कारण भौतिक उपस्थितिमा विद्यालयहरूमा कक्षा संचालन सम्भव नभएकोले नपाकै निर्देशनमा अनलाइन कक्षाहरू संचालन हुँदै आएको छ । कतिपय विद्यार्थीहरू इन्टरनेटको पहुँचबाट टाढा रहेको देखिएको हुँदा नगरका मुख्य मुख्य क्षेत्रहरूमा क्रमशः निःशुल्क वाइफाइको व्यवस्था गर्दै लगिनेछ । साथै नगरका सबै विद्यालयहरूमा इन्टरनेट सेवाको पहुँच पु¥याइने छ ।
१६) उच्च शिक्षा हासिल गर्ने गरिब परिवारका विद्यार्थीहरूलाई दिइँदै आएको रु ५ लाखसम्म शैक्षिक ऋण र भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषा विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नगरबासी विद्यार्थीहरूलाई दिइँदै आएको पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१७) नगरभित्र संचालित सामुदायिक विद्यालयहरूमा कार्यरत इसिडी शिक्षकहरूलाई दिइँदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिइनेछ । संघ सरकारले घोषणा गरे बमोजिम ती शिक्षकहरूको तलब समायोजनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
१८) आधारभूत विद्यालयहरूको शैक्षिक स्तर उठाउन सबै विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै आधारभूत विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न विज्ञहरूको टोली गठन गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
१९) विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको समय–समयमा स्वास्थ्य परीक्षण गर्न चिकित्सकहरूको व्यवस्था गरिनेछ र आधारभूत औषधीहरू निःशुल्क वितरणको व्यवस्था मिलाइनेछ ।
२०) ख्वप विश्वविद्यालयको स्थापनाको लागि निरन्तर प्रयास जारी राखिनेछ । त्यसको आवश्यक व्यवस्थाको लागि विज्ञहरूको समिति गठन गरी प्रकृया अगाडि बढाइनेछ ।
२१) नगरपालिकाद्वारा संचालित कलेजहरूको आयोजनामा इन्जिनियरिङ, वातावरण विज्ञान, वाणिज्यशास्त्र, समाजशास्त्र, गणित लगायतको विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको गोष्ठीको आयोजना गरिनेछ । विद्यालय र कलेजका विद्याथीहरूको प्रतिस्पर्धी भावनालाई विकास गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समय–समयमा विज्ञान प्रदर्शनी, इन्जिनियरिङ प्रदर्शनी गर्नुका साथै इन्जिनियरिङ कलेजहरूको तर्पmबाट राष्ट्रिय स्तरको रोबोट प्रतियोगिताको आयोजना गरिनेछ ।
२२) भक्तपुरको इतिहास, भूगोल, वास्तुकला, कला–संस्कृति, भाषा, सरसफाइ, खानेपानीलगायत अध्ययन अनुसन्धान गर्ने सोधकर्ताहरूको लागि प्रोत्साहन स्वरुप दिइदैं आएको रकमलाई निरन्तरता दिइनेछ ।
२३) नगरपालिकाद्वारा संचालित कलेजहरूमा अध्ययनको साथै अनुसन्धानलाई जोड दिइनेछ । कलेजहरूलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने प्रयत्न गरिनेछ र त्यसको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
२४) आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षा संचालन गर्दै आएकोमा यो वर्षदेखि कक्षा ५ को नगरस्तरीय वार्षिक परीक्षा संचालन गरिनेछ । यसले विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावनाको विकास हुनुका साथै शैक्षिक स्तरमा सुधार आउने विश्वास गरिएको छ ।
२५) जनज्योति पुस्तकालयलाई अझ स्तरीय बनाउन आवश्यक भौतिक सुधारहरू गर्नुकासाथै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको लागि आवश्यक पुस्तकहरूसहित इ–लाइब्रेरीको व्यवस्था गरिनेछ । वडा वडामा संचालित पुस्तकालयहरूका लागि आवश्यक पुस्तक तथा दैनिक पत्रपत्रिकाहरूको व्यवस्था गरी नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने नीति लिइनेछ ।
२६) नगरपालिकाद्वारा संचालित शिशु स्याहार केन्द्रहरूमा कार्यरत शिक्षिका तथा आया दिदीहरूलाई समय सापेक्ष तालिम दिइनेछ । त्यहाँ भर्ना भएका शिशुहरू स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ  ।
२७) स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, राजनीति, महत्वपूर्ण व्यक्तित्वहरू र विभिन्न राजनैतिक घटनाक्रमहरूबारे विद्यालय स्तरदेखि नै जानकारी दिने उद्देश्यले लागू गरिएको स्थानीय पाठ्यक्रम कक्षा १–८ सम्मका विद्यार्थीहरूलाई अनिवार्य गरिएको छ । ती विषय शिक्षकहरूको अध्यापनको लागि सहज बनाउन समय समयमा तालिम, सन्दर्भ पुस्तक प्रकाशन, डकुमेन्ट्री निर्माण गरी विद्यालयहरूमा वितरण गरिनेछ । त्यसबारे विज्ञ शिक्षकहरूद्वारा अनुगमनको व्यवस्था मिलाइनेछ । विद्यालय तहमा नेपाल भाषा लिपी सम्बन्धि कक्षा संचालनको लागि आवश्यक तालिमको व्यवस्था गरिने छ । नैतिक शिक्षा र पुरातात्विक शिक्षाको पाठ्यक्रम बनाई अध्यापन गर्ने कार्य प्रारम्भ गरिनेछ ।
२८) नगरभित्र संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरूको लागि पुनर्ताजगी तालिम प्रदान गरिनेछ । त्यसको लागि अनुगमनको व्यवस्था मिलाइने छ ।
२९) शैक्षिक गुणस्तर विकासको लागि संघ, प्रदेश सरकारहरूसित समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

ग) संस्कृति र सम्पदा पुनःनिर्माण ः
३०) आप्mनो जीवनको महत्वपूर्ण समय संस्कृति संरक्षणमा लगाउनु भई भक्तपुरलाई साँस्कृतिक नगरको रुपमा पहिचान कायम राख्न योगदान गर्नुहुने नगरबासी साँस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ । उहाँहरूको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रमलगायत नपाद्वारा प्रकाशित हुने प्रकाशनहरूमा जीवनी प्रकाशित गरिनेछ ।
३१) विद्यालयस्तरमा कला–संस्कृति र सम्पदाको महत्वबारे जनचेतना जगाउन स्थानीय पाठ्यक्रम निर्माण, लेख रचनाहरूको नियमित प्रकाशन र विद्यार्थीहरूबीच प्रतियोगिताहरू संचालन गरिनेछ ।
३२) भक्तपुर नगरको मूल सडक भार्वाचोदेखि च्याम्हासिंहसम्म ढुंगा छाप्ने काम सम्पन्न भएको छ । उक्त सडक आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण भएकोले सडकको सुन्दरतालाई बढाउन विभिन्न प्रजातिका मौसमी पूmलहरूसहित गमलाहरूबाट सजाइनेछ । त्यसको संरक्षणको जिम्मा सम्बन्धित घरधनी वा पसलधनीले नै लिने व्यवस्था मिलाइनेछ ।
३३) ब्रम्हायणी, महेश्वरी, हनुमानघाट, चुपिंघाट, मंगलतीर्थ, धाँलाखुशी, नपलीघाट, कासनघाटलगायतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका घाटहरूको सुधार गर्दै क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।
३४) नगरका मुख्य सडकमा भारी सवारी साधन चलाउँदा आन्तरिक र वाह्य पर्यटहरूले गुनासो गरिरहेकोलाई मध्यनजर गरी नगरको प्राचीन र साँस्कृतिक महत्वमा समेत कमी आउन नदिन यसै वर्षदेखि वैकल्पिक व्यवस्थासहित क्रमशः भारी सवारी साधन प्रवेश निषेधलाई कार्यान्वयन गर्दै लगिनेछ । पुरानो नगर क्षेत्रको मूल सडकलाई पैदल मार्गको रुपमा विकास गरिने छ ।
३५) भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्र हो । यसबारे नयाँ नयाँ तथ्यहरू पत्ता लगाउन विज्ञहरूको टोली गठन गरी आवश्यक अध्ययन अनुसन्धान शुरु गरिनेछ । साथै ९९ चोक उत्खनन्बारे पनि अध्ययनको थालनी गरिने छ ।
३६) नगरका विभिन्न स्थानमा रहेका पोखरीहरूमा आन्तरिक र वाह्य पर्यटकहरूको आकर्षण बढाउन नौकाविहार संचालनसंगै सन्ध्याकालीन मनोरञ्जनको निम्ति बत्तीको व्यवस्था गरिनेछ ।
३७) सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारको सम्पूर्ण विवरण सहितको अभिलेख तयार गरी पुस्तक प्रकाशनलाई निरन्तरता दिइने छ । साथै महत्वपूर्ण सम्पदाहरूको संक्षिप्त विवरणसहित त्यसको ऐतिहासिक महत्वबारे प्रष्ट पार्न डकुमेन्ट्रीहरूको निर्माण गरी विद्यालय, कलेजहरूको पाठ्यसामग्रीको रुपमा प्रयोगमा ल्याउन अध्यापनमा जोड दिइनेछ ।
३८) टोल टोलमा गाइने दाफा, भजनका थ्या सापूmहरू बिग्रेर नासेर गएको पाइएको हुँदा त्यस्ता थ्या सापूmहरू संरक्षण गर्ने दाफा भजनहरूलाई आर्थिक सहयोग गर्ने र त्यसको अभिलेख तयार गर्न आवश्यक व्यवस्था गरिने छ । पुराना ऐतिहासिक दस्तावेजहरूको डिजिटल रेकर्ड राख्ने व्यवस्था मिलाइने छ ।
३९) भक्तपुरका विभिन्न टोल गल्लीहरूको प्राचीन नाम लोप हुन नदिन स्थानीय टोलवासीहरूसँग छलफल गरी पुरानै नामसहित वोर्डहरू राख्ने कार्य शुरु गरिनेछ । साथै विभिन्न सम्पदाहरूको बारेमा संक्षिप्त परिचय सहितका वोर्डहरू तयार गरी सम्पदाहरूमा राख्ने बन्दोबस्त गरिनेछ ।

घ) निर्माण, पुनःनिर्माण
४०) ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका भनपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरी जीर्णोद्धार कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरी सर्वसाधारण जनताले उपभोग गर्न पाउने व्यवस्था मिलाइने छ ।
४१) नगरका विभिन्न ठाउँहरूमा वालोद्यानको निर्माण गर्ने क्रमलाई निरन्तरता दिइने छ ।
४२) कमलविनायक, लिवाली आवास योजनालगायतका ठाउँहरूमा बाँकी सडक कालोपत्रे गर्ने कामलाई निरन्तरता दिइने छ ।
४३) जथाभावी गाडी पार्किङको कारण पैदल यात्रुहरूलाई अप्ठेरो पर्नुका साथै नगरको सौन्दर्यमा समेत ह«ास आएको हुँदा सफा र सुन्दर नगर बनाउन आवश्यकता अनुसार नगरका ठाउँ–ठाउँमा व्यवस्थित गाडी पार्किङ निर्माण गरिने छ ।
४४) भनपा वडा नं. ४ स्थित नरसिंह मन्दिरको पुनःनिर्माण कार्यलाई निरन्तरता दिइनेछ र दरबार क्षेत्रस्थित लाँपां देग (हरिशंकरको मन्दिर) को विस्तृत अध्ययन प्रतिवेदन तयार भइरहेको हु“दा त्यसको प्रतिवेदन प्राप्त हुनासाथ सम्बन्धित निकायहरूसित समन्वय गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाइनेछ ।
४५) दरबारक्षेत्रस्थित कला संग्रहालय रहेको न्हयकं झ्या दरबार, २०७२ अघि नगरपालिकाको कार्यालय रहेको थंथु दरबार, नक्सा शाखा रहेको भवन जस्ता महत्वपूर्णहरू भवनहरू २०७२ सालको भूकम्पछि क्षति भएकोमा प्राविधिक कारणले ती सम्पदाहरू पुनः निर्माण अघि बढ्न सकेको छैन । नगरपालिकाले पुरातत्व विभाग, संस्कृति मन्त्रालयसित समन्वय गरी त्यसको पुनःनिर्माण प्रकृयालाई अगाडि बढाइने छ ।
४६) नगर प्रवेश गर्ने पुलहरू जीर्ण भएको हुँदा क्रमशः त्यसको पुनःनिर्माण गर्दै लगिने छ ।
४७) विद्युत, टेलिफोन, केबुल नेटवर्क तथा इन्टरनेट सेवाका तार र पोलहरू जथाभावी राखिँदा नगरको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको हुँदा नेपाल विद्युत प्राधिकरणसंगको समन्वयमा तार भूमिगत गर्ने कार्य अगाडि बढाइने छ ।

ङ) युवा तथा खेलकुद
४८) अन्तर नगर खेलकुद प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइनेछ । साथै अनुकूल समयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सकृय बनाउन अन्तर विद्यालय खेलकुद प्रतियोगिता गरिनेछ ।
४९) खेलकुदलाई नागरिकको अभिन्न अंगको रुपमा विकास गर्न नियमित खेलकुद प्रशिक्षणलाई निरन्तता दिंदै थप खेलहरूको प्रशिक्षण शुरु गरिनेछ ।
५०) वडा वडामा रहेका खेलकुद समितिहरूलाई सकृय बनाइनेछ । त्यसको लागि आवश्यक खेलकुद सामग्रीको व्यवस्था गरिनेछ ।
५१) खेलकुद प्रशिक्षक तालिम, आत्मरक्षा सम्बन्धि तालिमहरू संचालन गरिनेछ । त्यस्ता तालिमहरू विद्यालय कलेजहरूमा समेत संचालन गरी व्यापक बनाइनेछ ।
५२) नागरिकहरूको सर्वाङ्गीन विकासको लागि वडा वडामा स्थापित व्यायामशालाहरूको विस्तार गरी विद्यालय र कलेजहरूमा समेत राख्ने नीति लिइनेछ ।
५३) विद्यालयहरूमा खेलकुद प्रशिक्षण बढाउँदै लाने नीति अनुसार आवश्यक संख्यामा पूर्णकालीन खेलकुद प्रशिक्षकहरू नियुक्त गरी खेलकुद गतिविधिलाई अगाडि बढाइनेछ ।
५४) विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई पुरस्कृत भएका खेलाडीहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस्ता सम्मान कार्यक्रमहरूले खेलाडीहरूो मनोबल बढ्ने विश्वास गरिएको छ ।
५५) भनपा वडा नं. ८ र वडा नं. १० मा निर्माणाधीन खेलकुद कभर्ड हलहरू यो आ.व.मा सम्पन्न गरिने छ र शहीद स्मृति खेल मैदानलाई डिजाइन अनुसार आधुनिक कभर्ड हल निर्माण गरिने छ ।

च) कृषि
५६) कृषि उत्पादनलाई व्यवस्थित गर्न कृषकहरूलाई पायक पर्ने क्षेत्रमा चिस्यान केन्द्र स्थापनाको लागि प्रकृया अगाडि बढाइनेछ ।
५७) नगरबासी कृषकहरूको उत्पादनहरू विक्री वितरणको लागि उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गरिनेछ ।
५८) भुस्याहा कुकुरहरूको टोकाइले धेरै नगरबासीहरू पीडित भइरहेकोले सोको नियन्त्रण गर्न भेटेरेनरी शाखालाई सकृय बनाइनेछ । साथै छाडा चौपाया नियन्त्रण र व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
५९) कृषि चुन, उन्नत जातको बिऊ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमहरू दिइनेछ ।
६०) किसानहरूलाई कम्पोष्ट मल, गड्यौला मल बनाउने र त्यसको प्रयोग, कौसीखेती लगायतको तालिम दिनुका साथै कृषि उत्पादन बढाउने र उत्पादित तरकारीहरू बजारसम्म पु¥याउन सहजीकरण गरिनेछ ।
६१) नगरस्तरीय कृषि ल्याव संचालनको लागि आवश्यक व्यवस्था मिलाइने छ ।

छ) वातावरण र सरसफाई
६२) नगरभित्र प्लाष्टिकको झोलाबाट भइरहेको वातावरण प्रदुषण नियन्त्रण गर्न कागज वा कपडाको झोला प्रयोगमा जोड दिइने छ । त्यसको लागि नगरभित्र संचालित सहकारी संस्थाहरूसित समन्वय गरी उपयुक्त व्यवस्था मिलाइनेछ ।
६३) नगरका सडकहरूको दायाँ बायाँ, खोलाका किनारहरू, पर्ति जग्गा, खुल्ला क्षेत्र, पीठ वरिपरी रुखहरू रोपेर वातावरण सुन्दर बनाइ स्वच्छ, सफा र हरियालीयुक्त नगरको रुपमा विकास गरिने छ ।
६४) नगर सफाइको लागि हरेक महिनाको १ गते र १५ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीय टीम, क्लव सहितले नियमित सरसफाइ अभियान चलाइ आएकोमा कोभिडको महामारीसँगै यो क्रम रोकिएको छ । समय अनुकूल भएमा आगामी साउन १ गतेबाट उक्त अभियानलाई निरन्तरता दिइने छ ।
६५) कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई विक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिनेछ ।
६६) ‘आफ्नो ठाउँ आफै सफा गरौं ¤’ भन्ने भावनाको विकास गर्न विभिन्न चेतनामूलक गतिविधिहरू गरिनेछ । सडक, चोक र गल्लीहरूमा जथाभावी फोहर गर्नेहरूको लागि कडा कानुनी व्यवस्था गरिनेछ ।
६७) एक विद्यालय एक सम्पदा सफाइ कार्यक्रमलाई निरन्तरता दिई नगरका सम्पदा क्षेत्रहरूलाई निरन्तर सफा राख्न विद्यार्थी र शिक्षकहरूबीच अभियानकै रुपमा अगाडि बढाइनेछ ।
६८) नगरको उपयुक्त स्थानमा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने छ ।

ज) खानेपानी
६९) खानेपानी भक्तपुरवासीहरूको निम्ति स्थायी समस्या बनिरहेको छ । पुर्खौंदेखि नगरकोटबाट वितरण भइरहेको पानीको वितरण प्रणाली तथा गुणस्तरमा सुधार गर्ने प्रयास गर्दैछौं । यसस“गै ठाउँ ठाउँमा डीप बोरिङ गरी पानीको समस्या समाधान गर्दै आएका छौं । सुख्खा मौसमको बेला दैनिक ट्यांकरबाट समेत पानी वितरण गर्दै आएका छौं । भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी वोर्ड र काठमाडौँ उपत्यका खानेपानी लि. बीच भएको सम्झौता अनुसार यो आर्थिक वर्षमा भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी वितरणको लागि सम्बन्धित कार्यालयहरूसित समन्वय गरी आवश्यक व्यवस्था गरिनेछ ।
७०) हाम्रो परम्परागत खानेपानीका श्रोतहरू ढुंगेधारा, पोखरी, इनारहरूको संरक्षणलाई जोड दिइनेछ ।
७१) नगर क्षेत्रमा नयाँ पाइप लाइन विस्तार गरिने छ । पुरानो पाइप लाइनलाई पनि आवश्यक मर्मत सम्भार गरी खानेपानी वितरण प्रणालीमा सुधार ल्याउन पहल गरिनेछ र विस्तारित नगर क्षेत्रमा पनि खानेपानी वितरणको व्यवस्था मिलाइनेछ ।

झ) पर्यटन ः
७२) भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरू वर्षैभरि संचालनको व्यवस्था गरिने छ ।
७३) आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण दिनहरूमा सन्ध्याकालीन सम्पदा तथा साँस्कृतिक सम्पदा पदयात्राको आयोजना गरिने छ ।
७४) नगरका विभिन्न ठाउँहरूमा फेमिली स्टे र होम स्टेको विकास गरिने छ । त्यसको लागि आवश्यक तालिमको व्यवस्था गरिने छ ।
७५) नगरका गल्ली र चोकहरू तथा महत्वपूर्ण स्थलहरूमा क्रमशः सीसी क्यामेराको व्यवस्था गरिने छ । साथै सम्पदास्थलहरूमा सन्ध्याकालीन बत्तीको व्यवस्था गरिने छ ।
७६) नगरका ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदा र साँस्कृतिक गतिविधिहरूको भिडियो र डकुमेन्ट्री बनाई प्रचार–प्रसारको व्यवस्था मिलाइने छ ।
७७) भक्तपुरमा रहेका साँस्कृतिक गतिविधिहरू नियमित प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि साँस्कृतिक केन्द्र निर्माण गरिने छ ।
७८) नगरपालिकाले चिनिया र जापानी भाषा प्रशिक्षण दिंदै आएकोमा यस वर्षदेखि अन्य विदेशी भाषाको पनि तालिमको व्यवस्था गरिने छ ।
७९) विदेशी पर्यटकहरूको सेवामा लागेका स्थानीय पथप्रदर्शकहरूलाई समय समयमा पुनर्ताजगी तालिमको संचालन गरिने छ ।
८०) भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेका प्रदुषण फाल्ने ठूला उद्योगहरूलाई सो क्षेत्रबाट स्थानान्तरण गरी स्थानीय सीपमा आधारित हस्तकला उद्योगको रुपमा विकास गर्न पहल गरिने छ ।
८१) स्थानीय सीपमा आधारित हस्तकला तथा खाद्य परिकारहरूको प्रचार प्रसारका गतिविधिहरू संचालन गरिने छ ।
८२) कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.व. २०७८।७९ को शुरु ४ महिनाको व्यवसाय कर छुट दिइने छ ।

ञ) सहकारी ः
८३) सहकारी संस्थाका पदाधिकारी एवं कर्मचारीहरूलाई समय सापेक्ष तालिमको व्यवस्था गरिने छ ।
८४) नगरको सरसफाइलाई ध्यानमा राखी ‘एक सहकारी एक क्षेत्र सरसफाई’को नीतिलाई प्रभावकारी रुपमा लागू गरिने छ ।
८५) नगरपालिका र सहकारी संस्थाबीच समन्वय गरी जनताको हितमा साझेदारी कार्यक्रमलाई अगाडि बढाइने छ । नगरभित्र क्रियाशील सहकारी संस्थाहरुको नियमित अनुगमनलाई निरन्तरता दिइनेछ ।
८६) सहकारीहरूलाई लेनदेनमा मात्रै सीमित नगरी सहकारीमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी प्रवद्र्धन गर्न लगाउन जोड दिइने छ । त्यसको लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।
ट) युवा तथा महिला लक्षित तालिम ः
८७) युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर बनाउने नीति लिनइनेछ । काष्ठकला, प्रस्तरकला, मूर्तिकला, चित्रकला, सिलाई, रेडियो–टेलिभिजन प्रस्तोता, फोटोग्राफी, भिडियोग्राफी, पथप्रदर्शकहरूको तालिम दिइनेछ । मोटरसाइकल, मोबाइल मर्मत, रेडियो–टेलिभिजन मर्मत, रेफ्रिजरेटर, प्लम्बिङ र बिजुली बत्तीको मर्मतलगायतका तालिम दिइनेछ ।

ठ) आवास योजना ः
८८) भक्तपुर नगरपालिका वडा नं. २ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजनाका बाँकी कामहरू सम्पन्न गरी क्रमशः जनताको जग्गा फिर्ता गरिने छ । जनताबाट प्राप्त राय, सुझाव र गुनासाहरूलाई अधिकतम् सम्बोधनको प्रयास गरिने छ ।

ड) अन्य ः
८९) उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर नगरपालिकाले गर्दै आएको बजार अनुगमनलाई निरन्तरता दिइने छ । अनुमनको क्रममा कानुनविपरीत वस्तुहरू बेचविखन गरेको पाइएमा कडा कारबाही गरिने छ ।
९०) सडकमा जथाभावी दोपाया, चौपाया छाडी फोहर गरेमा वा घरपालुवा कुकुरले सडक चोकमा फोहरगरेको पाइएमा कडा कार्वाही गरिने छ । कुकुर धनीले सम्बन्धित वडामा दर्ता गर्नुपर्ने व्यवस्था गरिने छ ।
९१) नगरको विभिन्न ठाउँमा छरिएर रहेका र विभिन्न व्यक्तिहरूबाट अतिक्रमण गरिएका पर्ती तथा सरकारी जग्गाहरूको संरक्षण गरी अभिलेख तयार गरिने छ र त्यसको उपयोग गरी नगरपालिकाको आय आर्जनको स्रोत बनाइने छ ।
९२) भनपा वडा नं. ६ महाकालीस्थित अँचा पोखरी क्षेत्रमा आ.व. २०७८।०७९ बाट नै ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतनको व्यवस्था गरिने छ ।
९३) नगरवासीहरूलाई नगरभित्र उत्पादित स्थानीय सामानहरूको उपयोग गरी स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिइने छ ।
९४) भक्तपुर नगरपालिकाले नियमित रुपमा ‘ख्वप सः भक्तपुर आवाज’ रेडियो कार्यक्रम संचालन गर्दै आएकोमा रेडियो रेकर्डिङ्ग स्टुडियो निर्माण गरिने छ र टेलिभिजन प्रशारणको व्यवस्था समेत मिलाईने छ । त्यसको लागि आवश्यक जनशक्तिको व्यवस्था गरिने छ ।
९५) परम्परागत शैलीमा शव दाह गर्दै आएकोमा नगरका महत्वपूर्ण स्थानहरूमा सुधारिएको शव दाहगृह निर्माण गरिने छ । साथै विद्युतीय शव दाह गृह निर्माणको प्रकृया थालनी गरिने छ ।
९६) नगरका घरहरूको व्यवस्थित अभिलेख राखी घर नम्बरिङ गरिने छ । साथै सडकहरूको नामाकरण समेत गरिने छ ।
९७) नगरवासी करदाताहरूलाई घरबाटै कर तिर्न सकिने गरी मोवाइल एपको निर्माण गरिने छ ।
९८) साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहित गर्न स्थानीय उत्पादनहरू जुजु धौ, भादगाउँले टोपी, टाइच्यून चिउरा, हाकुपटासीको प्रवद्र्धनलाई जोड दिइने छ ।
९९) भक्तपुर नगरपालिकाको पुरानो नगर क्षेत्रभित्र मौलिक शैलीमा घर बनाउने घरधनीहरूलाई घरको मोहडाको लागि लाग्ने इँटा, काठ र झिंगटीको खर्चमध्ये ३५ प्रतिशत अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ ।
१००) नगरपालिकाभित्र काम गर्ने कर्मचारीहरूमध्ये राम्रो काम गर्ने कर्मचारीहरूलाई प्रोत्साहनस्वरुप पुरस्कृत र अनुशासन बाहिर गएर काम गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने नीति लिइनेछ ।
१०१) कर्मचारीहरू आर्थिक कारण उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले कर्मचारीहरूको लागि स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनेछ ।
१०२) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा कार्यरत कर्मचारीहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था गरिनेछ ।
१०३) कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि समय समयमा तालिमको व्यवस्था गरिनेछ । साथै कर्मचारीहरूलाई विपदको बेला खटाउन सक्ने गरी विपद् व्यवस्थापनको तालिमको व्यवस्था गरिनेछ ।
अन्त्यमा कोरोना रोकथाम र नियन्त्रणको लागि भनपाको आग्रहमा अक्सिजन प्लान्ट एवं स्वास्थ्य सामग्री खरिदमा आर्थिक, भौतिक सहयोग गर्ने सम्पूर्ण दाता संघसंस्था र महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नेपाल मजदुर किसान पार्टीलाई चिनिया कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री भनपालाई हस्तान्तरण गर्नुभएकोमा पार्टी अध्यक्षज्यू लगायत पार्टीलाई धन्यवाद दिन चाहन्छौं ।
भक्तपुर नगरपालिकासित भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको सान्नान शहरबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएकोमा त्यहाँका मेयर लगायतका पदाधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
कोरोना रोगका कारण जीवन गुमाउनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली दिंदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं । साथै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । धन्यवाद ¤

मिति ः २०७८।३।७ गते, सोमबार

सुनिल प्रजापति
प्रमुख, भक्तपुर नगरपालिका

Leave A Reply

Your email address will not be published.