Explore news and happenings at Bhaktapur

जनताको अमूल्य सहयोग हामीले कहिल्यै बिर्सने छैनौं ः प्रमुख सुनिल प्रजापति

२०७८ साल असार १

0

ख्वप अस्पतालमा आज हामी अक्सिजन प्लान्टको उद्घाटन गर्दैछौं । जनताको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट उद्घाटन गराउन पाउनु सम्पूर्ण भक्तपुरबासी जनताको निम्ति खुशीको कुरा हो । अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनता आफै अग्रसर भएर श्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण हो र जनप्रतिनिधिहरुप्रति जनताको साथ, सहयोग र विश्वासको अभिव्यक्ति पनि हो । जनता र जनप्रतिनिधिबीचको यो एकता, विश्वास र समर्थन निरन्तर रहने विश्वास गर्दछौं ।
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएको ४ वर्ष बित्यो । त्यस अवधिमध्ये एक वर्षभन्दा बढी समय कोरोना महामारीबीच नै बित्यो । कोरोनाको दोस्रो लहर नेपालमा पैmलिएसँगै जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्दै हामी जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर काम गर्दैछौं । महामारीबीच आप्mनो जीवन खतरामा राख्दै निरन्तर संक्रमितहरुको सेवामा समर्पित भएर धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले काम गर्नुभयो । उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
भक्तपुर नगरपालिकाले हरेक काम पारदर्शी ढंगले गर्दै आएको छ । संकटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वभाविक हो । हामीले त्यही कुरालाई ध्यानमा राखेर इमान्दारीपूर्वक जनताको सेवा गर्ने भावनाले काम गर्दैछौं । कोभिडको दोस्रो लहरको संकेत भक्तपुर नगरपालिकामा देखा पर्ने बित्तिकै २०७८ बैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालन ग¥यौं । २ जना चिकित्सक, ६ जना नर्स र २ जना विशेषज्ञ तथा कर्मचारीहरु सम्मिलित टोलीको व्यवस्था गरी २५ शैय्याको एचडियू र ५० साधारण शैय्याको सुविधा सहित अस्पताल सञ्चालन ग¥यौं । कोभिड युनिटबाट जेठ मसान्तसम्ममा २१० जनाले सेवा प्राप्त गरिसकेका छन् । ती मध्ये भनपाका १७९, सुर्यविनायक नपा १०, चाँगुनारायण नपा ६ र मध्यपुर नपा २ रहेका छन् । त्यसै गरी काभ्रे, धादिङ, काठमाण्डौ, ललितपुर,रामेछाप, पर्वत, कालिकोटलगायत १३ जिल्लाका संक्रमितहरुले पनि सेवा पाइसकेका छन् ।
ख्वप अस्पताल कोभिड युनिट सञ्चालनको शुरुका दिनमा अक्सिजन दिनुपर्ने संक्रमितहरुको संख्या निकै बढी थियो । त्यतिबेला अक्सिजनको अभाव हुन थाल्यो । कर्मचारी साथीहरुको रात दिनको मिहेनतले अक्सिजनको कारण कुनै अप्रिय घटना हुन दिएन । हामीसँग आईसीयु र भेन्टिलेटर थिएन । आईसीयु र भेन्टिलेटर चाहिने बिरामीहरुलाई विभिन्न अस्पतालमा रिफर गर्नुको विकल्प थिएन । अक्सिजन अभावमा छटपटिरहेका संक्रमितहरुको आवाज, विभिन्न अस्पतालहरुमा समयमा अक्सिजन पु¥याउन नसक्दा भएका मृत्युका दृश्यहरु, अक्सिजन आपैm लिएर आउन संक्रमतिहरुलाई अस्पताल प्रशासनले दिएका निर्देशनहरु, ‘अक्सिजन नभई ज्यान गएमा हामी आपैm जिम्मेवार छौं’ भनेर लेखिएको कागजमा हस्ताक्षर गर्न विवश ती परिवारका आफन्तजनको दुःख बेदना र आइसियू तथा भेन्टिलेटरको अभावमा विरामीहरुको निरन्तरको मृत्युले हामीलाई नयाँ ढ·ले सोच्न बाध्य बनायो । हामी संकटबाट अलिकति पनि विचलित हुने छैनौं । जस्तोसुकै प्रतिकूलतामा पनि अनूकुलता खोज्ने प्रयाशले आजको स्थितिमा पु¥याएको हो ।
यसैबीच नगरपालिकाले जनताको जीवन बचाउन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निर्णय ग¥यो तर त्यतिबेला प्रकोप व्यवस्थापन कोषमा रकम अत्यन्त न्यून मात्रै बाँकी थियो । सयौंको संख्यामा घर घरमा एकान्तबास बस्नेहरुको नामावली प्राप्त हुँदै थियो । हाम्रा स–साना कमी कमजोरीले पनि धेरै नगरवासीहरुको जीवन गुम्न सक्ने सम्भावना थियो । हामीले अत्यन्त सचेततापूर्व पाइला चाल्दै गयौं ।
भक्तपुर नगरपालिकाद्वारा संचालित जन स्वास्थ केन्द्रले यो आर्थिक वर्षको शुरु श्रावन १ गतेदेखि जेठ मसान्तसम्म ११ महिनाको अवििधमा १ लाख बिरामीहरुलाई उपचार सेवा प्रदान गरी सकेको छ । तर जनताको सेवा गर्ने जन स्वास्थ्य केन्द्रप्रति संघ र प्रदेश सरकारहरु कहिल्यै सकारात्मक भएनन् । एकातिर प्रकोप व्यवस्थापन कोषमा रकम नहुनु अर्कोतिर नेपाल सरकारले जनस्वास्थ्य केन्द्रलाई विमा वापत दिनुपर्ने ५ करोड ५० लाखभन्दा बढी रकम बाँकी राख्नुले हामीले चाहेर पनि जनताको स्वास्थ्य सुरक्षाको लागि धेरै काम गर्न सक्ने अवस्थामा थिएनौं । हामी विकास निर्माण कै रकमले भए पनि अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरु खरिद गर्ने र रोगीहरुको उपचार गर्ने निष्कर्षमा पुग्यौं । यही वास्तविकता जनताको बीच राख्दै सहयोगको लागि आग्रह ग¥यौं । त्यसको लगतै २०७८ जेठ ५ गतेबाट जनताको तर्पmबाट सहयोग प्राप्त हुन थाल्यो । यो क्रम बढ्दै गएर आज असार १ गतेसम्म ५ करोड ९३ लाख ९८ हजारभन्दा बढी रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको छ । संकटको बेला जनता आफै अग्रसर भएर सहयोग गर्दो रहेछन् भन्ने यो राम्रो उदाहरण बनेको छ । अरुको मुख ताकेर कोही अगाडि बढ्न सक्दैन । जनतालाई विश्वास गर्नेहरुको लागि पैसा ठूलो कुरा होइन भन्ने भक्तपुरका जनताले राम्रो सन्देश दिए ।
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न १ करोड ४१ लाख २५ हजार ल.इ. स्वीकृत भएकोमा हालसम्म रु १ करोड २३ लाख ३६ हजार रुपैञा खर्च भएको ख्वप अस्पताल प्राविधिक शाखाले जनाएको छ । यी सम्पूर्ण खर्च प्रकोप व्यवस्थापन कोषले व्यहोर्ने निर्णय गरि सकेका छौं । साथै दुइ वटा भेन्टिलेटर, पाँच वटा आइसियुको टेण्डर भइसकेको छ भने अन्य आवश्यक स्वास्थ्य उपकरणहरु खरिदको लागि पनि तयारी गरिरहेका छौं ।
जनताले नगरपालिकाको आव्हानमा आर्थिक र भौतिक सहयोग गरेसँगै हामीहरुमा अझ चुनौती
थपिएको छ । ख्वप अस्पताललाई जनताले अपनत्व स्वीकार गरेका छन् । जहाँ जनताले अपनत्व स्वीकार गर्छन त्यहीँ राम्रो काम हुन्छ । यहाँ कार्यरत चिकित्सक, कर्मचारीहरुको व्यवहार अझ राम्रो बनाउने प्रयाश गर्दैछौ । सकेसम्म हामीले सेवा सुविधामा सरल र सहज बनाउनेछौं ।
नेपाल मजदुर किसान पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको तर्पmबाट प्राप्त स्वास्थ्य सामग्रीहरुमध्ये भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १५ हजार थान ल्ढछ मास्क, ५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनुभएकोमो नगरबासीहरुको तर्पmबाट नेमकिपामार्पmत चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिन चाहन्छौं ।
कोभिड महामारीको बेला भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको तिब्बत स्वशासित क्षेत्रको शान्नान शहरले भक्तपुर नगरपालिकालाई १ वटा भेन्टिलेटर, ३२ वटा अक्सिजन कन्सन्ट्रेटर, ५० वटा आइसियू बेड र १०० वटा अक्सिजन सिलिण्डर पठाएर सहयोग ग¥यो । कोरोना महामारीबाट भक्तपुरका जनता पीडित भइरहेको यसतो जटिल कठिन अबस्थामा शान्नान शहरले स्वास्थ्य सामग्रीहरु सहयोग गरेर एक असल मित्रको परिचय प्रस्तुत गरेको छ । त्यहाँका मेयरलगायत सम्पूर्ण पदाधिकारीहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं ।
यससँगै ख्वप अस्पतालअन्तर्गत अक्सिजन प्लान्ट र स्वास्थ्य सामग्रीको लागि नेपालमा बसेका मात्रै होइनन् जर्मनी, अमेरिका, अष्टेलिया, बेलायत, बेल्जियमलगायत विश्वका विभिन्न देशमा बस्नु भएका दाजुभाई दिदी बहिनीहरुले पनि सहयोग गर्नु भएको छ । विभिन्न देशबाट सहयोग संकलन गरी पठाएको कूल रकम रु.२६ लाख ६९हजार भन्दा बढी रहेको पनि यहाँ जानकारी गराउन चाहन्छौं । देश र विदेशमा बसेर पनि नगरबासीहरुको स्वास्थ्यप्रति चिन्ता लिएर आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न संघ–संस्था, भक्तपुरबासी र विभिन्न जिल्लावासी नागरिकहरु तथा विदेशमा बसेर नेपाललाई माया गरी सहयोग गर्ने दाजुभाई तथा दिदी बहिनीहरुलाई भक्तपुरका जनताको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौं । तपाईहरुको यो अमूल्य सहयोग हामी जनप्रतिनिधिहरुले कहिल्यै बिर्सने छैनौं । हामीले जनताबीच काम ग¥यौं, हुक्र्यौं र यहाँहरुको निरन्तरको सहयोगले अझ बढी जनताको सेवामा जीवन समर्पित भएर लाग्न हौसला मिलेको छ ।
आजको यस कार्यक्रममार्पmत सम्पूर्ण नगरबासीहरुलाई प्राविधिक समस्या आएमा बाहेक अन्य अबस्थामा अक्सिजन अभाव हुन दिने छैनौं । दमका रोगीहरु र अन्य कारण अक्सिजन चाहिने बिरामीहरुको लागि सिलिण्डर लिएर आउनुहोस्, हामी तपाईहरुलाई अक्सिजन भरेर पठाउँछौं । तपाईहरुकै सहयोगले बनेको अक्सिजन प्लान्ट यो तपाईं हामी सबैको साझा सम्पत्ति हो । ख्वप अस्पताल जनताको अस्पताल हो । यहाँ भएका कमी कमजोरीहरुबारे रचनात्मक आलोचनाको अपेक्षा गर्दछौं ।
भक्तपुर नगरपालिकाको आ.व. २०७८।७९ को बजेट निर्माणमा केन्द्रित भएर काम गर्दैछौं । यसर्थ नगरपालिकामा ख्वप अस्पतालको लागि सहयोग गर्न चाहने दाजुभाइ दिदी बहिनीहरुले नगरपालिकाले सार्वजनिक गरेको प्रकोप व्यवस्थापन कोषको बैंक खातामा जम्मा गर्नु हुन पनि अनुरोध गर्दछौं । धन्यवाद ।
(२०७८ साल असार १ गते भक्तपुुर नपाबाट सञ्चालित जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन समारोहमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave A Reply

Your email address will not be published.