Explore news and happenings at Bhaktapur

सहयोग अपनत्व र जनस्वामित्वको एउटा सफल उदाहरण

– सरोज राज गोसाई, अध्यक्ष, बासु मावि व्यवस्थापन समिति

0

बासु मावि व्यवस्थापन समितिको अध्यक्षको नाताले हामीले आर्थिक सङ्कलनको संयोजन गरेका हौ‌ँ। सकेजति धेरै जनाको सहयोग सङ्कलन हुन सकोस् भन्ने सोच बनाएर अघि बढेका थियौँ । बासु मावि तथा कलेजमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालयका पूर्वविद्यार्थीबाट प्राप्त रकम एकमुष्ट हामीले भनपाको कोभिड कोषमा जम्मा गरेका छौँ ।

भक्तपुरको निम्ति सुविधासम्पन्न र जनमुखी अस्पतालको आवश्यकता महसुस भएर सबैले सहयोगका हातहरू बढाउँदैआएका छन् ।
अर्को कुरा, सरकारी उपेक्षाले जनउत्प्रेरणा जगाइदिएको पनि हुनसक्छ ।

भनपा देशको सबभन्दा धेरै जनघनत्व भएको नगर मानिन्छ । यहाँको करिब १ लाख जनसङ्ख्याको निम्ति कम्तीमा ३ सय बेडको अस्पताल आवश्यक पर्छ । तर भक्तपुर अस्पतालमा करिब १०० बेडमात्र छन् ।

यो सहयोग अपनत्व र जनस्वामित्वको एउटा सफल उदाहरण पनि बनेको छ ।

कुनै रोगको रोकथाम र उपचार क्षमताबाहिर जानु नै महामारी हो । कोभिड महामारीको रोकथाम र नियन्त्रण नै गर्ने हो, उन्मूलन तत्काल सम्भव छैन । यस सन्दर्भमा सानो आकारको बजेट भएको भनपाको प्रयासको सबैबाट प्रशंसा गरिएको छ । यो खुसीको कुरा हो ।

भनपाको जनचेतना अभिवृद्धिको प्रयास पनि सराहनीय छ ।
ख्वप अस्पतालको आइसोलेसन केन्द्रको सेवा विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रोटोकलअनुसार नै छ । आइसोलेसन सेवाबाट कोभिड महामारीको चेन ब्रेक गर्न धेरै मद्दत पुगेको सर्वत्र अनुभव गरिएको छ ।

कोभिड महामारी अझ केही वर्षसम्म रहिरहने सम्भावना भएको वैज्ञानिकहरू भनिरहेका छन् । महामारीको तेस्रो लहर आउने सम्भावना पनि छ । साथै म्युकरमाइकोसिस नामको ढुसी फैलिँदैजाने र यसको कारण मृत्युदर बढ्ने सम्भावना पनि छ । भियतनामको कोरोना भाइरसको नया“ भेरिअन्ट नेपाल आयो भने कसरी सामना गर्ने भन्ने तयारी आजैबाट सुरु गर्नु आवश्यक छ । यसको निम्ति समुदायको सहयोग फेरि पनि आवश्यक छ । विश्व अनुभवमा पनि जहा“ समुदायको ‘सचेत हस्तक्षेप’ भएको छ, ती देशहरूमा कोभिड महामारी नियन्त्रण सहज भएको छ । चीन, क्युवा, भियतनाम, भारतको केरला केही उदाहरण हुन् ।

टोलटोलमा स्वयंसेवकलाई तालिम तथा सामग्री दिई स्वास्थ्य सेवा विस्तार गर्नु आवश्यक लाग्छ ।

निःस्वार्थ भावनाले गरिने सेवा नै सबभन्दा ठूलो कुरो हो, आफ्नो नाम प्रचार गर्नको निम्ति होइन । कसैले आफूलाई ‘दानवीर’ देखाउन सहयोग गरेकोजस्तो पनि लाग्दैन । यहाँ सहयोगीको नाम र सहयोग सार्वजनिक नगर्ने सर्तमा सहयोग गर्ने संस्कृतिको पनि विकास हु“दैगएको छ ।
भक्तपुर नगरपालिकाको आर्थिक पारदर्शिताको संस्कृति देखेर निःस्वार्थ भावनाले सहयोग गर्ने मानसिकता बढ्दैगएको महसुस गरेका छौँ । सहयोगी समूहको नाताले हामी त्यस्तो भावनाको सम्मान पनि गर्दछौँ ।

Leave A Reply

Your email address will not be published.