Explore news and happenings at Bhaktapur

नपाको असल विचार र असल कार्यमा जनता एकजुट हुनुपर्छ

कपिल बनेपाली, सचिव–यक्षेश्वर बचत तथा ऋण सहकारी संस्था

0

म आवद्ध रहेको संस्थाको तर्फबाट संस्थाको निर्णयअनुसार भौतिक र नैतिक सहयोगको लागि आज हामी आएका हौँ । भक्तपुर नगरपालिकाले जनताको सेवा गर्ने उद्देश्यले गरेको काममा हाम्रो तर्फबाट पनि सहयोग गर्ने उद्देश्यअनुरूप र मानवताको आधारले पनि सहयोग गर्नुपर्छ भन्ने कुराबाट हामी प्रेरित भयौँ । भक्तपुर नपाले बिरामीलाई नभई नहुने अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाएर सबैको लागि उदाहरणीय काम गरेको छ । जनता पनि नपाको यस कार्यबाट निकै हौसिएका छन् ।

त्यसैले भक्तपुर नगरपालिकाले गरिरहेको सहयोगको आह्वानकै भरमा विभिन्न व्यक्ति, सङघ संस्था, शैक्षिक संस्था, उद्योग व्यवसायीहरू स्वतःस्फूर्त रूपमा नपासँग हातेमालो गर्न आइरहेका छन् । कोभिड रोकथाम तथा नियन्त्रणमा गरिरहेको गतिविधिबाट जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुगिरहेकै छ । साथै यस्तो विषम् परिस्थितिमा पनि नगरपालिकाले नगरको सरसफाइ, विकास निर्माण तथा जनताको सेवाको निम्ति गरिरहेको असल कार्यको लागि धन्यवाद दिन चाहन्छौँ । नगरपालिकाको असल विचार र असल कार्यमा सबै जनता एकजुट हुनुपर्छ र मानवीयताको लागि पनि सबैले आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

(भक्तपुर नपाद्वारा अक्सिजन प्लान्ट स्थापनालगायत स्वास्थ्य उपकरणको लागि नपाको आह्वानलाई स्वीकार्दै भक्तपुर नपालाई विभिन्न मितिमा सहयोग गर्न आउनुभएका दाताहरूद्वारा व्यक्त प्रतिक्रियाको सार सङ्क्षेप)

स्रोत ः भक्तपुर मासिक पत्रिका

Leave A Reply

Your email address will not be published.