Explore news and happenings at Bhaktapur

सहयोग मानवीयताको लागि हो, सारा जनताको लागि हो

– विश्वराम कवां, संस्थापक अध्यक्ष, भक्तपुर ट्रक व्यवसायी प्रा.लि.

0

भक्तपुर नपाबाट सञ्चालन गरिएको ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य सामग्रीहरू अक्सिजन प्लान्ट, आइसीयु तथा भेन्टिलेटर खरिदको लागि भक्तपुर ट्रक व्यवसायी प्रालिको तर्फबाट केही सहयोग गर्न पाउँदा हामी निकै हर्षित छौ“ । भक्तपुर नपा २०३८।३९ सालदेखि हामीले मूल्याङ्कन गर्दै आएको संस्था हो । सुरुदेखि नेमकिपाको बाहुल्यता भएको नपा पनि हो यो । यहाँका जनप्रतिनिधिहरू जनताको सियो पनि नलिनु, आफ्नो बुद्धि विवेकले भ्याएसम्म जनताको सेवा गर्नु भन्ने भावनाबाट प्रेरित भएकोले हाम्रो ट्रक व्यवसायी प्रा.लि.का सदस्यहरूले जनताको सहयोगलाई जनताकै हितमा उपयोग गर्नेछ भन्ने विश्वासले हामी एकमतले सहयोग गर्न आएका हौ“ ।

भक्तपुर नगरपालिकाले कोभिड १९ सङ्क्रमणको सुरुदेखि कोभिडबाट बच्ने उपायबारे विहानदेखि बेलुकासम्म सर्वसाधारण जनताले बुझ्ने भाषामा माइकिङ गर्दै जनचेतना अभिवृद्धि गर्नुका साथै समयसापेक्ष रूपमा गल्ली गल्लीसम्म गई कीट्नाशक औषधी छर्किने कार्यहरू गर्दै आएको छ । साथै नगरको सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिएको पायौ“ ।

भक्तपुर नगरपालिकालाई नगरवासीहरूले आफ्नो अभिभावकको रूपमा स्वीकारेको संस्थाको रूपमा विकास हुन सक्षम भएको छ । अक्सिजन तथा स्वास्थ्य उपचारको अभावमा धेरै युवा तथा ज्येष्ठ नागरिकहरूले अकालमा धेरैको ज्यान गुमाए भने धेरैले निजी अस्पतालहरूमा निकै महँगोमा स्वास्थ्य उपचार गर्न बाध्य छन् । भक्तपुरमा ख्वप अस्पताल सञ्चालन पश्चात जनताले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आशावादी छौ“ । जनताले कुनै पनि किसिमको स्वास्थ्यसम्बन्धी समस्या भोग्न नपरोस् यही कामना छ ।

भक्तपुर नपाले आफ्नो लगानीमा सारा काम गरी खाने जनताको हितको लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिई झण्डै ८० करोडमा ख्वप अस्पतालको भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । यो सुखद् पक्ष हो । साथै कोभिड सङ्क्रमित बिरामीहरूको उपचार र हेरचाहको निम्ति नपाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रले गरेको निःस्वार्थ सेवाबाट जनता निकै खुशी छन् । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीहरू जडान गर्न नेपाल सरकारसँग आर्थिक सहयोगको लागि पटक पटक अनुरोध गर्दा पनि नपालाई सहयोग नगरेको कुराप्रति खेद प्रकट गर्न चाहन्छु । राज्यले दिनुपर्ने बीमाको ५.५ करोड रकम समेत नदिई भक्तपुरलाई अलग प्रदेशको रूपमा पूर्वाग्रही सोच राखी सहयोग नगरेको भन्ने कुराले हामीलाई दुखी तुल्याएको छ । त्यसैले देश तथा विदेशमा बसोबास गरिरहनुभएका सबैमा भक्तपुर नपाको यो सराहनीय कार्यमा आफू र आफ्नो सङ्घ संस्थाबाट सक्दो सहयोग गरौ“ । यो सहयोग मानवीयताको लागि हो, सारा जनताको लागि हो । ख्वप अस्पतालप्रति सारा जनताको अपनत्व कायम रहनेमा विश्वस्त छु ।

Leave A Reply

Your email address will not be published.