Explore news and happenings at Bhaktapur

बिजुक्छेंबारे नसिकाए कसको बारेमा सिकाउने ?

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँगको अन्तर्वार्ता

0

नगरपालिकाले शिक्षालाई कसरी हेरेको छ ?

नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । अहिले होइन, पहिलेदेखि नै । अहिले नगरपालिकाले २ वटा इञ्जिनियरिङ्ग कलेजका साथै ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको छ । हामीले शिशु स्याहारदेखि उच्च शिक्षासम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएसँगै हामी महत्त्वका साथ त्यसको व्यवस्थापनमा लागिरहेका छौं ।

नगरपालिकाले सञ्चालन गरिरहेको शैक्षिक संस्थामा नगरपालिका बाहिरका विद्यार्थी पढ्न आउँछन् कि आउँदैनन् ?

नगरपालिकाले सञ्चालन गरिरहेको शैक्षिक संस्थामा देशैभरिका विद्यार्थीको आकर्षण बढेको छ । मनाङबाहेक ७६ वटै जिल्लाका विद्यार्थीहरूले यहाँ पढेका छन् । अहिले पनि ६५ जिल्लाका ५ हजार ६ सय विद्यार्थीहरू यहाँ पढिरहेका छन् ।

नगरपालिका आफैले शैक्षिक संस्था सञ्चालन गर्दा के– कति चुनौती देखिन्छन् ?

चुनौतीविनाको कुनै काम हुँदैन । हरेक काममा चुनौती हुन्छ । शैक्षिक संस्थाको प्रतिफल तुरुन्तै आउने होइन, यसर्थ नगरपालिकाले केही गरेन भन्नेहरू पनि हुन सक्छन् । यद्यपि समाज परिवर्तन गर्नुछ भने शिक्षाबाट नै सम्भव हुने हो । हामी परिवर्तनकारी सोचाइ भएकाहरूले शिक्षालाई अगाडि बढाएर मात्र समाजलाई अगाडि बढाउन सकिन्छ । शिक्षाविना विकास र समृद्धि सम्भव छैन । त्यसको लागि हर चुनौतीको सामना गर्न हामी तयार छौं  ।

संविधानले स्थानीय सरकारलाई शिक्षाका धेरै अधिकार दिएको छ, कतिको प्रयोग गर्न पाउनुभएको छ ?

संविधानमा लेख्दैमा त्यो कुरा एकै पटक लागू हुन्छ भन्ने हु“दैन । अधिकारको प्रयोग भन्ने कुरा क्रियाशीलता र व्यवहारमा भर पर्छ भन्ने लाग्छ । अहिले कक्षा १२ सम्मका सबै अधिकार हामीसँग छ । स्थानीय पाठ्यक्रम बनाउनेदेखि परीक्षा सञ्चालन र विद्यालय बन्दोबस्तसम्मको हामीले अगुवाइ गरेका छौं । हामीले त स्थानीय पाठ्यक्रम बनाएर विद्यालयलाई दिएका छौं । हामी भक्तपुरलाई नमुनाका रूपमा स्थापित गर्न चाहन्छौं ।

स्थानीय पाठ्यक्रम बनाएर लागू नै गरिसक्यौं भन्नुभयो – यति चाँडै यो कसरी सम्भव भयो र यसको उद्देश्य के छ ?

राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय त स्कूल–कलेजमा सिकाइन्छ नै तर स्थानीय विषय नहु“दा त्यो सिकाइ पूर्ण हुन सक्दैन । त्यसैले हाम्रो हातमा स्थानीय पाठ्यक्रम बनाउने अधिकार आउनेबित्तिकै हामी निकै उत्साहित भयौं । हाम्रा विद्यार्थीहरू जहा“ रहे पनि भक्तपुर र देशप्रति माया र सद्भाव राख्ने हुनुका साथै यहाँका बारेमा हरेक क्षेत्रको जानकारी दिन सक्ने होऊन् भन्ने हाम्रो उद्देश्य हो । यहा“को इतिहास, कला, भाषा, साहित्य र संस्कृतिको विषयमा राजनीति, समाज, शिक्षा र स्वास्थ्यको विषयमा त्यसैगरी यहाँको विशेषता र पहिचानको विषयमा बुझ्न र बोल्न सक्ने हुनुका साथै स्थानीय ज्ञान, सीप र क्षमता हासिल गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु हाम्रो लक्ष्य हो । यसका लागि पाठ्यक्रम बनाउन हामीले विभिन्न बुद्धिजीवी र पाठ्यक्रमविद्हरूस“ग छलफल चलायौं । हामीले शिक्षक र विद्यार्थीहरूसँग पनि अन्तरक्रिया गरेका थियौं । हामीले पाठ्यक्रम विषय नै लिएर स्नातकोत्तर गरेका हाम्रा ५ जनाको विज्ञ समूहलाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेका थियौं । उक्त विज्ञ समूहले नै पाठ्यक्रमको अन्तिम रूप दिएको हो ।

तपाईंहरूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंबारे पनि पाठ राख्नुभएको छ रे । तपाईंलाई पाठ्यक्रम बनाउँदा पार्टीको प्रेसर परेको हो ?

म नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भए पनि नगर प्रमुखको रूपमा सबैको साझा हु“ । मलाई पाठ्यक्रम बनाउँदा पार्टीको प्रेसर कहिल्यै पनि परेन किनकि यो पार्टी सिद्धान्तको आधारमा चल्ने पार्टी हो । जहा“सम्म अध्यक्ष नारायणमान बिजुक्छेंको कुरा छ, उहाँ राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । हामीलाई गर्व छ कि उहा“ हाम्रो स्थानीय पनि हुनुहुन्छ । उहाँलाई नबुझी भक्तपुरबारे सम्पूर्ण बुझाइ सम्भव छैन । त्यस्तो व्यक्तिको बारेमा हामीले हाम्रो विद्यार्थीलाई नपढाए कसको बारेमा पढाउने ? उहाँको बारेमा मात्र होइन, भक्तपुरका धेरै व्यक्तित्वका बारेमा हामीले जानकारी गराउने प्रयास गरेका छौं ।

देशभर सामुदायिक विद्यालयहरूको अवस्था नाजुक हु“दा यहा“को अवस्था सन्तोषजनक देखिनुको कारण के हो ?

हामीले शिक्षालाई महत्त्वका साथ लिएका छौं । विद्यालयमा हामी अनावश्यक हस्तक्षेप गर्दैनौं तर सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्नेमा हाम्रो सदैव चासो र चिन्ता रहन्छ । हामी पठनपाठनमा परेको समस्याको सूक्ष्म अध्ययन गरेर हरसम्भव समाधान गर्ने बाटो खोज्छौं । शिक्षा दिने कुरामा हेलचेक्र्याई हुनुहुदैन भन्नेमा हामी सचेत छौं । राम्रो गरेका विद्यालयहरूबाट सिकेर अगाडि बढ्न प्रोत्साहित गर्छौं ।

प्रस्तुती – सञ्जीप शुभचिन्तक

[email protected]

साभारःसिकाइ मासिक (२०७५ भदौ १५–असोज १५) बाट

Leave A Reply

Your email address will not be published.