Explore news and happenings at Bhaktapur

‘सरकारले सहयोग नगरेपछि हामीले जनतासँग सहयोग माग ग¥यौं’

सुनिल प्रजापति, प्रमुख, भक्तपुर नपा

0

१. कोभिड महामारीबीच भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा के कस्तो काम गर्दै आएको छ ?
एक वर्षभन्दा बढी समय कोभिड १९ बीच बित्यो । जस्तोसुकै कठिन समयमा पनि भक्तपुर नपाले जनताको स्वास्थ्य उपचार सेवालाई बन्द गरेन । कोभिड महामारीबीच २०७७ साउन १ गतेदेखि वैशाख मसान्तसम्म मात्रै जनस्वास्थ्य केन्द्रले ९६ हजार १ सय ५७ जना बिरामीलाई सेवा प्रदान ग¥यौ । गत वर्ष पनि कोभिड संक्रमितहरुको लागि आइसोलेसन र संभावित संक्रमणलाई रोक्न घर, होटल र नगरपालिकाको छुटै क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था गरी आवश्यक सेवा प्रदान गरेको थियो ।

२. कोभिडको दोस्रो लहरपछि कसरी काम गर्नुभयो नि ?
कोभिडको दोस्रो लहर अत्यन्त घातक देखिएको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, क्लोरिन र चून छर्ने, टोल टोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिंदै आयो । नगरपालिकाले २०७८ साल वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन ग¥यो । ५० शैय्याको आइसोलेसन र २५ शैय्याको एचडीयू सेवा उपलब्ध गरायो । २४ सै घण्टा २ जना डाक्टर, ६ जना नर्स र आवश्यक संख्याका कर्मचारी बन्दोबस्तको साथै १ जना फिजिसियन र १ जना एनेस्थेसियाका विशेषज्ञ राखेर सेवा प्रदान गर्दै आएको छ । त्यहाँ बसुन्जेल सम्पूर्ण सेवा निः शुल्क प्रदान गरेको छ ।

३. अक्सिजनको आपूर्ति कसरी गरिरहनुभएको छ ?
बिरामीहरु थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र इमर्जेन्सी सेवामा अक्सिजनको माग बढ्न थाल्यो । हामीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक पटक आग्रह गर्यौैं । वैशाख २७ गते दैनिक ३० सिलिण्डर र २८ गते दैनिक ८० सिलिण्डर अक्सिजन ख्वप अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय गर्यो । तर त्यो निर्णयअनुसार कहिल्यै हामीले अक्सिजन पाएनौं । अक्सिजन अभावमा संक्रमितहरु मृत्यु हुने सम्भावना बढ्न थाल्यो । हाम्रा कर्मचारीहरु विभिन्न अक्सिजन प्लान्टहरुमा रात रातभर ३।४ वटा अक्सिजनको लागि लाइन बसेरै भए पनि अभाव हुन दिएनौं । तर त्यो लामो समयसम्म सम्भव थिएन ।

हामीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिको लागि पटक पटक आग्रह गर्यौैं । वैशाख २७ गते दैनिक ३० सिलिण्डर र २८ गते दैनिक ८० सिलिण्डर अक्सिजन ख्वप अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय गर्यो । तर त्यो निर्णयअनुसार कहिल्यै हामीले अक्सिजन पाएनौं । अक्सिजन अभावमा संक्रमितहरु मृत्यु हुने सम्भावना बढ्न थाल्यो । हाम्रा कर्मचारीहरु विभिन्न अक्सिजन प्लान्टहरुमा रात रातभर ३।४ वटा अक्सिजनको लागि लाइन बसेरै भए पनि अभाव हुन दिएनौं ।

४. के नगरपालिका आफैले अक्सिजन प्लान्ट राख्ने तयारी गरेकै हो ?
हो, हामीले नेपाल सरकारसँग भेन्टिलेटर, आइसीयु र अक्सिजन प्लान्टको माग गर्यौं । पटक पटक माग गर्दा पनि हामीलाई सरकारले सहयोग गरेन । मानिस मरिसके पछि सहयोगको के अर्थ ? सरकारले सहयोग नगरेपछि स्थानीय सहकारी संस्थाहरु, शैक्षिक संस्थाहरु, व्यवसायीहरु र अन्य महानुभावहरुसँग पटक पटक बैठक गरी सहयोगको लागि आग्रह गर्यौं र आफैले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसियुको व्यवस्थाको लागि अगाडि बढ्यौं । हामीले जनताबीच भन्यौ— महामारीको बेला तपाइहरुले नगरपालिकालाई सहयोग गर्नुहास् हामी तपाइहरुलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा दिन्छौं । हाम्रो आग्रहलाई स्वीकार गर्दै अहिले जनस्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन्छौं ।

भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । जनताको सेवा गर्नेहरुलाईभन्दा आफ्नालाई प्राथमिकता दिने पञ्चायती शैलीले निरन्तरता पाएको छ । हामीले नगरबासीहरुको स्वाभिमानलाई बचाउँदै स्वायत्तताको अभ्यास गर्दै आएका छौं । सरकारले जनस्वास्थ्य केन्द्रलाई बिमा वापत दिनु पर्ने साढे पाँच करोड रुपैयाँभन्दा बढी रकम अहिलेसम्म उपलब्ध गराएको छैन । तापनि नगरबासीहरुको स्वास्थ्य उपचार सेवामा कति पनि कमी हुन दिएका छैनौं । नगरबासीहरु हाम्रो साथमा रहेसम्म संघ र प्रदेशले सहयोग नगरे पनि जनप्रतिनिधिहरुको सेवा गर्ने भावनामा अलिकति पनि कमी आउन दिने छैनांैं ।

५. संघीय सरकार र प्रदेश सरकारसँग आर्थिक सहयोग माग्नु भएन र ?
माथि नै उल्लेख गरी सक्यौ नि ∕ सत्तामा बस्नेहरुमा भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । जनताको सेवा गर्नेहरुलाईभन्दा आफ्नालाई प्राथमिकता दिने पञ्चायती शैलीले निरन्तरता पाएको छ । हामीले नगरबासीहरुको स्वाभिमानलाई बचाउँदै स्वायत्तताको अभ्यास गर्दै आएका छौं । सरकारले जनस्वास्थ्य केन्द्रलाई बिमा वापत दिनु पर्ने साढे पाँच करोड रुपैयाँभन्दा बढी रकम अहिलेसम्म उपलब्ध गराएको छैन । तापनि नगरबासीहरुको स्वास्थ्य उपचार सेवामा कति पनि कमी हुन दिएका छैनौं । नगरबासीहरु हाम्रो साथमा रहेसम्म संघ र प्रदेशले सहयोग नगरे पनि जनप्रतिनिधिहरुको सेवा गर्ने भावनामा अलिकति पनि कमी आउन दिने छैनांैं ।

६. ख्वप अस्पताल कोभिड युनिटमा कतिजना संक्रमितहरुले सेवा पाइसकेका छन् ?
जेठ १२ गतेसम्म १५५ जनाले भर्ना भइ सेवा प्राप्त गरिसक्नु भएको छ । ती मध्ये १२५ जना आइसोलेसन सेवा र ३० जनाले एचडीयु सेवा लिनु भएको छ । हाल ४१ जनाले सेवा लिइरहनु भएको छ । घर घरमा बस्ने आठ सयभन्दा बढी हुनुहुन्छ । उहाँहरुका लागि पनि आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण, फोहर संकलन जस्ता कामहरु नगरपालिकाले गरिरहेको छ ।

७. च्याम्हासिंहमा ओपीडी सेवा बन्द भएको हो र ?
कोभिड संक्रमितहरु धेरै बढ्न थालेपछि त्यहाँ आउने बिरामीहरुलाई समेत रोग संक्रमण फैलिने सम्भावना बढ्यो । त्यसको उचित व्यवस्थापन गरी अघि बढ्न ज्वरो आएका र संक्रमणको सम्भावना भएकाहरु परीक्षणको लागि छुट्टै फिबर क्लिनिक व्यवस्था गरी ओपिडी सेवा केही समयको लागि स्थगित गरिएको हो । पुनः चरणबद्ध रुपमा स्वास्थ्य मापदण्डलाई अपनाइ सञ्चालन गर्दैछौं । इमर्जेन्सी सेवाभने कहिल्यै बन्द भएको छैन ।

२०७८ जेठ १३ गते, बिहीबार

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर खबर डटकमका संवाददाताले लिएको अन्तरवार्ताको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.