Explore news and happenings at Bhaktapur

भक्तपुर अस्पतालले जनताको विश्वास जित्ने ढंगले बिरामीहरूको सेवा गरिरहेको छ — डा. गौतम

भक्तपुर । २०७६ चैत २८ गते, शुक्रबार

0

१) लकडाउनको समयमा भक्तपुर अस्पतालले बिरामीहरूको सेवा के—कसरी पु¥याइरहेको छ ? साथै अस्पतालमा कोरोना भाइरस परीक्षणको लागि आउने बिरामीहरूको तथ्यांक के कस्तो रहेको छ ?

उत्तर ः कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा भक्तपुर अस्पतालले यहा“ उपचारका लागि आउने र अन्यबाट रिफर भइ आएका बिरामीहरूको समेत स्वास्थ्य परीक्षण गर्दै आएको छ । दैनिकजसो आउने बिरामीहरू कसैलाई फर्काउन नपर्नेगरी अस्पतालले आफ्नो सेवामार्फत स्वास्थ्य जा“च गरिरहेको छ । २०७६ साल चैत्र ११ गतेसम्म कोरोनासम्बन्धी बिरामी इमर्जेन्सी कक्षमा जा“च गरेका थियौं भने चैत्र ११ गतेपश्चात फिभर क्लिनिक सञ्चालन गर्दै बिरामीलाई अस्पताल प्रवेश गर्ना साथ ज्वरो नापेर परीक्षण गर्दै आएका छौं । फिभर क्लिनिकमा कन्सल्ट्यान्ट विशेषज्ञ डाक्टरहरूबाटै बिरामीको जा“च हु“दै आएको छ । सबैजना विशेषज्ञ डाक्टरहरूको रुटिन बनाएर आलोपालो ड्युटी मिलाएका छौं । कोभिड १९ को हकमा विदेशबाट आएकाहरूलाई इमर्जेन्सी वार्डमा विशेषज्ञ डाक्टरबाटै कोरोना परीक्षण भइरहेको छ ।
भक्तपुर जिल्लालगायत वरपरका नगरपालिकाहरूका बिरामीहरू पनि भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आइरहनुभएको छ । २०७६ साल चैत्र १ गते देखि २५ गतेसम्ममा जम्मा ९६० जना बिरामीले कोरोनासम्बन्धी परीक्षण गरेको थियो । जसमा ७० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने कोभिडसँग सम्बन्धित ९८ जनाको जा“च भएको छ । आइसोलेसन वार्डमा उपचार भइसकेका ११ जना छन् भने हाल २ जना उपचाररत गरी आइसोलेसन वार्डमा जम्मा १३ जना रहेका छन् ।

२) कोरोना भाइरसलगायत अरु बिरामी जाँच्ने स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्न अस्पतालले के कस्ता उपायहरू अवलम्बन गरिरहेको छ ? स्वास्थ्यकर्मीहरूको लागि पीपी सुट, सुरक्षित मास्क, पन्जालगायतका सामाग्रीहरूको उपलब्धता कसरी गराइरहनुभएको छ, बताइदिनुहोस् ?
उत्तर ः कोरोनाको जा“च गर्नेलाई सुरक्षित राख्न अस्पतालले आवश्यक परेका सबै उपायहरू अवलम्बन गरिरहेको छ । हामीले यहाँ कार्यरत कर्मचारी तथा चिकित्सकहरूलाई डब्लुएचओको मापदण्ड अनुसार पीपीई, ग्लोब, गाउन, चस्मा, मास्क बुटलगायतका समानहरू उपलब्ध गराएका छौं । बिरामी परीक्षण गर्दा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) जस्ता सामाग्रीहरूको हामीले व्यवस्थापन गरेका छौं । अस्पताल आफै, आर्मीको सहयोग र आफ्नो व्यक्तिगत सम्बन्धबाट स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश आपूर्ति महाशाखालगायतका ठाउँबाट आवश्यक सहयोगका सामाग्रीहरूको व्यवस्थापन हुँदै आएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई आवश्यक पर्ने गाउन, पीपीई, मास्क र स्यानिटाइजरलगायतको पनि व्यवस्था गरेका छौं । अस्पताललाई विभिन्न निकायबाट केही पिपिई सहयोग आए पनि अस्पतालमा मास्क, ग्लोभ्स्, पिपिई लगायतका अत्यावश्यक सामाग्रीहरूको अभाव पूर्तिको लागि अस्पताल आफैले कपडाको मास्क सिलाएको छौं भने पिपिई समेत आफैले एक टेलर्रमा सिलाउन तयारी गरेको छ ।

३) अस्पतालमा कार्यरत चिकित्सकहरूको मनोबल कस्तो छ ? उहाँहरूलाई विपद्को समयमा बिरामीको उपचार वा सेवा गर्न मनोबल बढाउन के कसरी कन्भिन्स गराउँदै आउनुभएको छ ?
उत्तर ः लकडाउनको समयमा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू उत्साहित भएर बिरामीको सेवा गरिरहेका छन् । टाढा घर भएकाहरूलाई अस्पताल जान र आउन गाडीको व्यवस्था गरेका छौं भने नजिक घर भएका र आफै आउन सक्नेहरूलाई कार्यालय समयमा उपस्थित भई सेवा प्रदानको निम्ति प्रोत्साहन दिंदै आएका छौं । अस्पतालको आइसोेलेसन वार्डमा कार्यरत कर्मचारीहरूलाई र अन्य वार्डका कर्मचारीलाई खाना, खाजाको व्यवस्था पनि अस्पतालले गरेको छ । यस अर्थमा चिकित्सक र कर्मचारीहरूको मनोबल बढेको छ । यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूले बढो इमानदारीपूर्वक काम गरिरहनुभएको छ । यसरी नै जनताको सेवा गर्न पाएको खण्डमा भक्तपुरबासीको मन जित्नेछ भन्ने विश्वास छ ।

४) कोरोना भाइरस रोकथामको लागि अस्पताल व्यवस्थापन समिति र प्रशासनले अवलम्बन गरेको योजनाहरू बताइदिनुस् न ?
उत्तर ः कोरोना भाइरस संक्रमण एक सरुवा रोग भएको हुँदा बिरामी जाँच्ने क्रममा निकै सजगता अपनाउन स्वास्थ्यकर्मीहरूलाई सचेत पारेका छौं । साथै संकटको समयमा निजी अस्पतालले सेवा बन्द गरे पनि नेपालकै पुरानो भक्तपुर अस्पतालले बिरामीको सेवामा निरन्तर लाग्न स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई अभिप्रेरित गरेका छौं । पीपीईलगायतका आवश्यक सुरक्षा सामाग्रीको व्यवस्था देखि लिएर कोरोना भाइरसको जोखिमबारे जनचेतनाको लागि पम्पेलिङ, सेनिटाइजरको व्यवस्था, अस्पताल वरपर एन्टिसेप्टिक स्प्रेका साथै हेल्थ डेस्कको व्यवस्था गरेको छ ।

५) कोरोना संक्रमित व्यक्तिको स्वाब परीक्षणको लागि भक्तपुर अस्पतालमा बुथ स्थापना गर्नुभएको छ । बुथ स्थापनापश्चात हालसम्म आइपुग्दा कतिजनाको स्वाब संकलन भएको छ र त्यसको रिपोर्टबारे पनि केही बताइदिनुहुन्छ कि ?
उत्तर ः अस्पतालमा कोरोनाको बुथ स्थापना गरी सुरक्षित ढंगले बुथबाटै बिरामीहरूको नमुना संकलन गर्ने काम हुँदै आएको छ । आजको मिति सम्म आइपुग्दा भक्तपुर अस्पतालमा ११३ जनाको स्वाब परीक्षणको लागि पठाइसकेकोमा तीमध्ये ६५ जनामा कोभिड १९ को रिपोर्ट नेगेटिभ देखिएको छ । बा“कीको नतिजा भने आउन बाँकी नै छ ।

६) विदेशबाट आएका नेपाली र उहा“हरूको परिवारको स्वाब संकलनबारे पनि भक्तपुर अस्पतालले अग्रसरता देखाइरहेको छ । कतिजना विदेशबाट आएका नेपालीहरूको स्वाब संकलन भएको छ ?
उत्तर ः हो, भक्तपुर अस्पतालले विदेशबाट आउनुभएकाहरूको पनि स्वाब परीक्षण गरिरहेको छ, बांकीको आवश्यक परेमा हामी स्वाब परीक्षण गछौं ।

७) निजी अस्पतालहरूले आफ्ना सेवाहरू बन्द गरेको अवस्थामा देशकै पुरानो भक्तपुर अस्पतालमा बिरामीहरूको चाप निश्चित रुपमा बढिरहेको हुनुपर्छ ? अस्पतालभित्र खडा भएका आइसोलेसन वार्डहरूमा कति संख्यामा बिरामीहरू उपचाररत छन् ?
उत्तर ः भक्तपुर अस्पताल जनताकै अस्पताल हो र हालसम्म यहाँ १७० जना बिरामीको उपचार भइरहेको छ र यो बीचमा १३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

८) परीक्षणको क्रममा भेटिएका शंकास्पद बिरामीको जा“च कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
उत्तर ः कोरोना परीक्षणका क्रममा भेटिएका शंकास्पद बिरामीहरूलाई आवश्यकताअनुसार अन्य अस्पतालहरूमा रिफर गर्ने गरेका छौं ।

९) भक्तपुर अस्पतालको अरु अस्पतालहरूस“ग के कसरी समन्वय भइरहेको छ ?
उत्तर ः विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग जुध्न हामी सबै एकजुट हुनैपर्छ । कोरोनाबाट बच्न आफू मात्र सुरक्षित भएर पुग्दैन, पुरै समाज, देश र विश्वलाई नै सुरक्षित बनाउनुपर्ने आजको आवश्यकता हो । त्यसैले हामीले सम्बन्धित सबै निकायसँग आवश्यक सरसल्लाह र समन्वयमा काम गरिरहेका छौं । र कोरोनाबाट मुक्त हुन सबैको साथको अपेक्षा गरेका छौं ।

१०) यदि कोरोनाको महामारी फैलिए अरु के कस्ता उपायहरू अपनाउनु पर्ला ? केही सुझाव भए दिनुहोस ?
उत्तर ः कोरोना संक्रमणका कारण दैनिक हजारौं व्यक्तिको मृत्यु भइसकेको छ भने आजको मितिसम्म आइपुग्दा यो रोगका कारण मृत्यु हुनेको संख्या ८५ हजार नाघिसकेको छ । यदि नेपालमा पनि कोरोनाको महामारी फैलिए आइसीयुको व्यवस्था गरी अस्पतालको क्षमताले भ्याएसम्मका बिरामीहरूको उपचार अस्पतालले नै गर्नेछौं ।

११) केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूसित यहाँले कसरी समन्वय गरेर काम गरिरहनु भएको छ ? यहाँको के अपेक्षा छ ?
उत्तर ः यसबीचमा भक्तपुर अस्पताल प्रशासन र भक्तपुर जिल्लाका स्थानीय सरकारहरूस“ग राम्रो समन्वय भएको छ । साथै संघ र प्रदेश सरकारको निर्देशनमा हामीले काम गरिरहेका छौं ।

१२) अरु केही … ?
उत्तर ः स्थानीय सरकार र सुरक्षा निकायस“ग हातेमालो गरेर आगामी दिनहरूमा पनि अगाडि बढ्दै सबैलाई राम्रो हुने र जनताले राम्रो सेवा पाउने कुरालाई प्राथमिकता दिइएर काम गर्नेछौं र जनताको विश्वास जित्नेछौं ।

(कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे भक्तपुर अस्पतालले गरिरहेको गतिविधिबारे जानकारी लिन भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमस“ग भक्तपुर खबर डट कमका लागि संवाददाता कृतिका प्रजापतिले लिएकोे अन्तरवार्ताको सम्पादित अंश)

Leave A Reply

Your email address will not be published.