Explore news and happenings at Bhaktapur

कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको पूर्ण पालना गरौं ः डा. लासिवा

२०७६ चैत २८ गते, शुत्रबार

0

१. नेपाल सरकारले कोरोना संक्रमणबाट बच्न गरेको लकडाउनको समयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस जनस्वास्थ्य सेवा केन्द्रले यहा“का जनताको स्वास्थ्य जा“च सेवालाई कसरी अगाडि बढाइ रहेको छ ? बिरामी जाच्ने समय (रुटिन) लाई कसरी व्यवस्थापन गरिरहेको छ ?
उत्तर ः नेपाल सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न देशव्यापी रुपमा गरेको लकडाउनको निर्देशन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले पनि पालना गरिरहेको छ । सोहीअनुरुप अति आवश्यक स्वास्थ्य समस्या परीक्षण गराउन एवम् नियमित औषधी सेवन गर्ने बिरामीहरूको सुविधाको लागि यस सेवा केन्द्रले २४ सै घण्टा आकस्मिक तथा अवलोकन सेवा, एक्स रे सेवा, प्रयोगशाला सेवा र औषधि पसल सञ्चालन गरी आवश्यक सेवाहरूलाई चालू राखेको छ ।
त्यसबाहेक पनि ज्वरोलगायत सामान्य बिरामीको छानबिन (स्क्रिनिङ) गरी आवश्यक भएमा ती बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने, घाऊ तथा चोटपटक लागेकालाई ड्रेसिङ सेवालाई पनि निरन्तरता दिएका छौं ।
उक्त काम सम्पन्न गर्न हामीस“ग उपलब्ध भएका स्वास्थ्यकर्मीहरू आलोपालो गरी परिचालन गरेका छौं ।

२. कोरोना भाइरस एक सरुवा रोग भएको हु“दा बिरामी जा“च्ने स्वास्थ्यकर्मीहरूको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीहरू के र कसरी उपलब्ध गराउ“दै आउनुभएको छ ?
उत्तर ः कोरोना भाइरस एक सरुवा रोग भएको हु“दा यो रोग जो कसैलाई पनि लाग्न सक्छ । त्यसैले हामीले आवश्यक सुरक्षाका उपायहरू अपनाएको खण्डमा यसबाट जोगिन सक्ने भएकोले हामी सजग छौं र यहाँ सेवा लिन आउने बिरामीहरूलाई पनि सचेत पार्ने काम गर्दै आएका छौं । साथै बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई यो रोगको संक्रमणको उच्च जोखिम भएको हुँदा यस विषयलाई मध्यनजर गर्दै यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी मित्रहरूलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइसकेका छौं । ती सामाग्रीको उचित प्रयोगको लागि पनि उत्साहित गरिराखेका छौं ।

३. जनस्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरूले लकडाउनको समयमा पनि निरन्तर जनताको स्वास्थ्य सेवामा समर्पित भएर लागिरहनुभएको छ । उहा“हरूलाई कसरी उत्साहित र प्रोत्साहित गर्दै हुनुहुन्छ ?
उत्तर ः जनस्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उत्साहमा कमी हुन नदिन माथि उल्लेख गरेझैं आवश्यक हुनेहरूको लागि पीपीई व्यवस्था गर्नुका साथै ठाउ“—ठाउ“मा स्यानिटाइजर र साबुन पानीले हात धुने ठाउ“को व्यवस्था गरेका छौं । साथै कोही कर्मचारी तथा स्वास्थ्यकर्मीहरू संस्थामै २४ सै घण्टा बसेर कार्य गर्न चाहेको खण्डमा खाने र बस्ने व्यवस्था गरेका छौं साथै कर्मचारी र स्वास्थ्यकर्मीहरूको लागि आवश्यकता हेरी गाडीले लिन जाने र घर पु¥याउने व्यवस्था गरेका छौं ।

४. कोरोना भाइरस रोकथामको लागि जनस्वास्थ्य केन्द्रले के कस्ता योजना र कार्यक्रमहरूलाई अगाडि सारेको छ ?
उत्तर ः कोरोना भाइरस संक्रमण सरुवा रोग भए तापनि यसको रोकथाम र नियन्त्रण सम्भव भएको हुँदा यो रोगको विषयमा जनचेतना नै प्रमुख विषय हो । त्यस हिसाबले नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन र अति आवश्यक कामको लागि मात्र घर बाहिर आउन, आफ्नो घर परिवार तथा छरछिमेकमा विदेशबाट फर्केका कोही छन् भने उनीहरूलाई नियमपूर्वक एकान्तवास वा सेल्फ क्वारेन्टाइनमा बस्न, मास्क लगाउन तथा साबुन पानीले नियमित हात धुन अनि साबुन पानी नभएको अवस्थामा स्यानिटाइजरको प्रयोग गर्नेजस्ता विषयमा व्यापक प्रचारप्रसार नगरपालिकामार्फत भइरहेको र जनस्वास्थ्य सेवा केन्द्रमा आउनेहरूलाई पनि सोही जानकारी गराउने गरेका छौं ।
त्यसका अतिरिक्त वडा—वडामा स्यानिटाइजर, साबुन तथा आवश्यकताअनुसार मास्क वितरण गर्ने कार्य गरेका छौं ।

५. जनस्वास्थ्य केन्द्रले अति आवश्यक (इमर्जेन्सी सेवा) बाहेक अरु सामान्य रोगीहरूको उपचारसम्बन्धी के कसरी व्यवस्थापन गरिरहेको छ ?
उत्तर ः जनस्वास्थ्य सेवा केन्द्रले अति आवश्यक (इमर्जेन्सी सेवा) बाहेक अन्य रोगीहरूको उपचारको लागि पनि कार्य गर्दै आएको छ । जस्तो कि निरन्तर औषधि खानुपर्ने बिरामीको लागि औषधि उपलब्ध गराउने, सामान्य ड्रेसिङ सेवा पनि दैनिक रुपमा उपलब्ध गराउने, क्षयरोग लागेका बिरामीहरूको लागि औषधि उपलब्ध गराउने कार्य गर्नुका साथै फोनमार्फत आवश्यक सल्लाह—सुझावहरू दिने कार्यहरू भइरहेको छ ।

६. कोरोना जा“चमा अहिले निजी अस्पताल र स्वास्थ्यकर्मीहरू भागिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको यस सेवा केन्द्रले दैनिक कति जना र कस्ता रोग भएका बिरामीहरू जा“चिरहेको छ ?
उत्तर ः जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक शाखाबाट दैनिक ४०—४५ जनाले सेवा प्राप्त गरिरहेका छन् भने ड्रेसिङमा १२—१३ जना, प्रयोगशालाबाट १४—१५ जना तथा फार्मेसीबाट ६०—७० जनाले निरन्तर सेवा प्राप्त गरिरहेका छन् ।

७. जनस्वास्थ्य सेवा केन्द्रमा आइसोलेसन वार्ड स्थापनासम्बन्धी के तयारी गर्नुभएको छ ?
उत्तर ः यस केन्द्रमा अहिले बिरामी राख्ने छुटै प्रयोजनको लागि २÷२ जना बिरामी राख्न मिल्ने २ वटा कोठा व्यवस्था गरेका छौं । तर हामीस“ग निरन्तर आइसोलेसन सेवा दिन सक्ने गरी जनशक्ति (विशेषज्ञ) तथा सामाग्री (भेन्टिलेटर) को अभाव छ । त्यसैले अति आवश्यक बिरामीको लागि मात्र आइसोलेसन वार्डको व्यवस्था गरेका छौं । अहिलेको परिस्थितिमा भक्तपुरका शंकास्पद बिरामीहरूलाई भक्तपुर अस्पताल वा काठमाडौं मेडिकल कलेजको दुवाकोट शाखामा रिफर गर्ने सुझाव स्वास्थ्य कार्यालयबाट प्राप्त भएकोले सोहीअनुसार गर्दै आइरहेका छौं ।

८. कोरोनाको सम्भावित जोखिमबाट जनस्वास्थ्यमा आउने बिरामी तथा अन्य व्यक्तिहरूको लागि के—कस्ता सुरक्षाका उपायहरू अवलम्बन गर्नुभएको छ ?

उत्तर ः कोरोना भाइरसको सम्भावित जोखिमबाट जनस्वास्थ्य सेवा केन्द्रमा आउने बिरामी तथा अन्य व्यक्तिहरूको सुरक्षाको लागि स्वास्थ्य केन्द्रमा अति आवश्यक सेवाको लागि मात्र आउन अनुरोध गर्नुका साथै चेकजा“चको लागि आउनेहरूलाई ज्वरोको स्क्रिनिङ गरेपछि प्रवेश गराउने, ह्यान्ड स्यानिटाइजर लगाउन दिने र आवश्यक दुरी कायम गरी बस्न अनुरोध गरेका छौं । साथै यस केन्द्रमा बिरामी ल्याउ“दा हुलमुल नहुने गरी बिरामी एक्लैलाई मात्र भित्र पस्न दिने वा साथ चाहिएको अवस्थामा एकजना मात्र भित्र पस्न दिने व्यवस्था मिलाएका छौं ।

९. कोरोना भाइरसको विषयमा विशेषगरी बालबच्चा र ज्येष्ठ नागरिकहरू प्रभावित हुने हु“दा उहा“हरूको उमेर समूहको लागि यस केन्द्रले केही विशेष कार्यहरू गरेको छ कि ?
उत्तर ः कोरोना भाइरसको विषयमा विशेषगरी बालबच्चा र ज्येष्ठ नागरिकहरू प्रभावित हुने भन्ने विभिन्न अध्ययनले देखाएको र अहिले साना बालबालिकाहरूको बहिरंग सेवा बन्द रहेकोले एक वर्ष भन्दा मुनिका बालबालिका बालरोग विशेषज्ञ भएकै केन्द्रमा पठाउने गरिएको छ । अन्य हकमा वाफ लिनुपर्ने बिरामीलाई छुटाछुटै सामाग्री प्रयोग गरी विशेष सावधानी अपनाइएको छ ।

१०. थप केही … ?
उत्तर ः कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा वनजंगलमा लाग्ने डढेलोसरी फैलिरहेको र यसबाट आजको मितिसम्म ९५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको र लाखौं व्यक्तिहरू संक्रमित छन् । यो रोग विशेष सावधानी अपनाइएको खण्डमा नियन्त्रण गर्न सकिने उदाहरण पनि हाम्रो सामु छिमेकी देश जनगणतन्त्र चीनको हुपे प्रान्तको उहान सहर छ । त्यसैले ‘रोग लागि सकेपछि उपचार गराउनुभन्दा रोग लाग्न नदिनु राम्रो’ भन्ने उखान यस रोगको सन्दर्भमा शतप्रतिशत लागु हुन्छ ।
कोरोना रोगको रोकथामको लागि लकडाउनलाई पूर्ण पालना गरौं । एकान्तवासमा बस्नेहरूले आफ्नो स्वास्थ्यलाई ख्याल गरी आफ्नो समयको सही सदुपयोग गरौं । यस विश्वव्यापी महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । धन्यवाद ¤

(विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले यहा“का जनताको स्वास्थ्य सेवामा खेल्दै आएको भूमिका र कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रको प्रयासबारे जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा.रत्नसुन्दर लासिवास“ग भक्तपुर खबर डटकमका संवाददाता कृतिका प्रजापतिले लिएको अन्तरवार्ताको सम्पादित अंश)

Leave A Reply

Your email address will not be published.