Explore news and happenings at Bhaktapur

भक्तपुर काण्डबारे नयाँ पुस्तालाई जानकारी दिनु समयोचित

भक्तपुर काण्डबारे नयाँ पुस्तालाई जानकारी दिनु समयोचित

0

नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि देश र जनताको निःस्वार्थ सेवा नै राजनीति रहँदै आएको छ । तत्कालीन नेपाल मजदुर किसान संगठन प्रतिक्रियावादी संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने र निरंकुश पञ्चायतको जरा काट्ने नीति अंगालेकै कारण संगठनका नेता, कार्यकर्ता पञ्चायतलाई आ“खाको कसिंगरसरह बनेको थियो । यस पार्टीले भारतीय विस्तारवादले सुस्तामा सीमा अतिक्रमण गर्दा मात्र होइन अमेरिकी साम्राज्यवादले भियतनाममा गरेको आक्रमणको विरोधमा सशक्त संघर्ष गरेको थियो । नेमकिसंगठनको देश र जनताको हितमा प्रतिक्रियावादी संघ—संस्थालाई उपयोग गर्ने नीति अनुसार पञ्चायती भूमिसुधारको वन्दोबस्तमार्फत मोहियानी हक दिलाउने संघर्ष, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन र सा“ढे धपाउने आन्दोलनका कारण सामन्ती शासक वर्ग र तिनका हरूवाचरुवाहरू रिसाएका थिए ।
वि.सं.२०४५ सालको भूकम्पपश्चात् वास्तविक भूकम्प पीडितलाई नभई क्षति नपुगेका र आफ्नो आसेपासेलाई पक्षपाती तवरले राहत वितरण पञ्चायत प्रशासनले गरेको थियो । ह्योजुलाई बलीको बोका बनाई नेमकिसंगठनलाई समुल नष्ट गर्ने उद्देश्यले केन्द्रीय राज्यस्तरबाट षड्यन्त्र गरी भक्तपुर काण्ड रचिएको हो । राजनैतिक प्रतिशोध राखी गरिएको यो अन्याय, अत्याचार र दमनका कारण न्यायप्रेमी जनताको आन्दोलनको लहर चल्यो । भकुण्डोलाई जति थचारिन्छ त्यति नै माथि उफ्रन्छ भनेजस्तै आन्दोलन उत्कर्षमा पुग्यो । जनअनन्दोलनका वीर सहिदहरूको बलिदानीबाट पञ्चायतको अवसान भयो ।
३० वर्ष अगाडिको त्यस घटनाले जनविरोधी सरकारबाट जुनसुकै समयमा देशभक्त, क्रान्तिकारी र जनसेवकहरूलाई फसाउने षड्यन्त्र गर्न सक्ने पाठ सिकाएको छ । हालको नेकपाको सरकारले पनि पञ्चायती शैलीमा जनतामा भ्रम छर्ने, आश्वासन दिने तर काम नगर्ने, भ्रष्टाचारविरुद्ध आवश्यक र दरो कदम नचाल्ने, रोजगारी सिर्जना नगर्ने, शिक्षा र स्वास्थ्यलाई व्यापारको बस्तु बनाउने, साम्राज्यवादी शक्तिहरूको प्रभावमा पर्ने लगायतका कुकार्य गरेको कारण जनता सचेत हुनु आवश्यक छ । नयाँ पुस्तालाई यसबारे जानकारी निरन्तर दिनु सकारात्मक कदमको रूपमा लिनुपर्दछ ।

Leave A Reply

Your email address will not be published.