Explore news and happenings at Bhaktapur

पुरानै शैलीमा सम्पदा पुन: निर्माण गर्ने तयारी

0

भक्तपुर, २०७५ असोज २३ गते मंगलबार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुराना तस्वीरहरुकै आधारमा सम्पदा पुननिर्माणको योजना बनेको बताउनु भएको छ ।

भक्तपुरको निओफ्युजन स्कूल अफ कम्प्युटरले आयोजना गरेको दुई हप्ते तस्वीर खिच्ने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै मेयर प्रजापतिले दरवार क्षेत्रका संग्रहालय रहेको न्हाय्कं दरवार मल्लकालीन शैलीमा बनाउन तस्वीरले सहयोग पुगेको बताउनुभयो । उहाँले फसि देग पनि अब शिखर शैलीमा बनाउन खोजिएको भन्दै लापाँ देग पनि बनाउने योजना रहेको जानकारी गराउनुभयो ।

  मेयर प्रजापतिले मेडिकल कलेज खोल्ने भनपाको योजना रहेको उल्लेख गर्दै भक्तपुरमै सबै विषय पढ्ने वातावरण आवश्यक छ भन्नुभयो ।   उहाँले भक्तपुरका विभिन्न कलेजहरुको कारण विद्यार्थीको समय र पैसाको बचत भएको भन्दै चाडपर्वलाई सिर्जनात्मक रुपमा उपयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले तस्वीरको माध्यमबाट समाजको अग्रगमनको निम्ति काम गर्न सकिने धारणा राख्नुभयो । आयोजक संस्थाका प्रबन्ध निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थी जयराम प्रजापति, रोजिना वनमाला, लक्ष्मीप्रसाद चवाल लगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.