Explore news and happenings at Bhaktapur

भक्तपुरको यन्याँ पुन्हि तथा इन्द्रजात्रा

0

काठमाडौं उपत्यकालगायतका नेवार बस्तीहरूमा वर्षभरि विभिन्न जात्रा, चाडपर्व, पूजाआजाहरू देख्न सकिन्छ । प्रत्येक १५ दिनको अन्तरमा यहा“ गाथामोग चर्‍हे, नाग पञ्चमी, सापारु, पञ्चदान, चोथा, यन्याँ पुन्हि, बिजया दसमी, तिहार, सकिमना पुन्हि, योम्हरी पुन्हि, फागु पुन्हि, शिवरात्री, पसाचर्‍हे, बिस्केट जात्रा, आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, सिथी नखाः (चाडपर्व) जस्ता असंख्या जात्रा–चाडपर्वहरू मनाएको हुन्छ । जसमा जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी वर्षको अन्तिम चाड हो भने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गाथामोग चर्‍हे वर्षको पहिलो चाड मानिन्छ । श्रावण कृष्ण चर्तुदशी अर्थात् गाथामोग चर्‍हेको दिनदेखि भक्तपुरलगायत नेपाल मण्डलमा जात्रा र चाडपर्वहरू सुरु हुन्छ ।
जेष्ठ शुक्ल षष्ठी अर्थात् सिथी वर्षको अन्तिम चाड मनाई पछि भलभल अष्टमीको दिन नवदुर्गा भवानीको अवसानपश्चात् यहाँ कुनै पनि जात्रा चा“डपर्व नभईरहेको अवस्थामा पुनः श्रावण कृष्ण चर्तुदर्शीबाट चाडपर्व सुरु हुने हुँदा यसलाई वर्षको पहिलो चाड भन्ने चलन छ । नाग पञ्चमी, ग“ुला पर्व, सापारुजस्ता पर्वहरू धुमधामस“ग मनाइसके पश्चात् यही भाद्रशुक्ल द्वादशीदेखि आठदिन सम्म यहाँ इन्द्रजात्रा अर्थात् यन्या“ पुन्हि मनाउ“छ ।
नेपालमण्डलका ठाउँ–ठाउँमा एक पछि अर्को जात्रा मनाउने क्रममा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौंथीसम्म आठ दिन मनाउने जात्रा हो इन्द्रजात्रा । राष्ट्रिय पर्वको रूपमा यो जात्रालाई इन्द्रजात्रा भनिए तापनि काठमाडौं उपत्यकामा यन्द्यको सम्मानमा आठ दिनसम्म मनाउने यन्याँपुन्हिको रूपमा लिइन्छ । जुन प्रत्यक्ष रूपमा इन्द्रसित सम्बन्धित छ । जात्राको दौरान यम द्यचा, याँ मता, याँकीदह, आदि पनि यसैसित सम्बन्धित छ । यन्या“ जात्रासित सम्बन्धित कहावत्बाट यसको थप पुष्टि हुन्छ । जुन यसप्रकारको छ –
एकपटक स्वर्गका राजा इन्द्रकी आमालाई गणेश चौंथीको ब्रत बस्न पारिजातको फूल र बिमिरो आवश्यक परेछ । स्वर्गभरि खोज्दा पनि कहींकतैं ती सामाग्रीहरू नपाएपछि इन्द्रले आफ्ना छोरा जयन्तलाई ती सामाग्री लिन मत्र्यलोकमा पठाएछ । मत्र्यलोकको एउटा बगैंचामा पारिजातको फूल टिपिरहेको समयमा चोरको आरोपमा उनी पक्रिन्छन् । मत्र्यलोकको राजा दैत्यराजले जयन्तलाई बाँधेर उनको दुवै हात काट्न आदेश दिएछ । यता फूल टिप्न गएको छोरा नर्फके पछि इन्द्रले आफ्ना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएछ । दैत्यराजले जयन्तलाई बा“धिराखेको थाहा पाएपछि सुरुमा त इन्द्रले आफ्नो छोरालाई रिहा गर्न भनेछ । तर चोरीको प्रमाणसहित समातेको हु“दा जयन्तलाई सजाय नै दिने दैत्यराजको अडान पछि देवता र दैत्यहरूबीच घमासान युद्ध भयो । जसमा स्वयम् इन्द्रको पराजय भयो । त्यसपछि महाकाली, महालक्ष्मी र कुमारी भक्तपुरमा स“ला गणेश, छुम्ह गणेश र मसान भैरवले दैत्यहरूलाई पराजित गरी जयन्तलाई मुक्त गरे ।
यही लोककथाको आधारमा प्रत्येक वर्ष भाद्रकृष्ण द्वितीयदेखि आश्विन कृष्ण चौंथीसम्म यन्या“ पर्व चलिआएको हो । तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुरलगायत नेपालमण्डलका प्राय सानाठूला बस्तिहरूमा यही लोककथालाई आधार बनाएर मनाउने भए तापनि भक्तपुरको यन्या“ धेरै हदसम्म नजिक भएको देख्न सकिन्छ । यन्याँ पर्व वा जात्राको पहिलो दिन टोल–टोलमा उठाउने यमद्यः उही इन्द्रका छोरा जयन्त हुन् । जात्राको दोस्रो दिन खास केही गर्दैन । शुन्य वा दिकु भनिने चलन छ । भाद्र शुक्ल चर्तुदशी इन्द्रजात्राको तेस्रो दिन हो । खौमा टोलमा रहेको इन्द्रायणी देवीलाई रथमा राखी आधा नगर घुमाइ सिद्धपोखरीको पश्चिमपट्टि राखिन्छ । यसदिन सिद्धपोखरीमा चारैतिर दियो बत्ती बाल्ने चलन छ जुन निकै मनमोहक हुन्छ ।
भोलिपल्ट पूर्णिमाको दिन बिहान सबेरै पोखरीमा मुख धुनुका साथै इन्द्रायणी देवीको दर्शन गर्न दर्शनार्थीहरूको भिड हुन्छ । बेलुका इन्द्रायणीलाई पुनः खटमा राखी आधा नगर घुमाइ खौमास्थित देवगृह ल्याइन्छ । आश्विन कृष्ण प्रतिपदा जात्राको पाँचौ दिन हो । यसदिन आराम लिने दिन हो । यमद्यः कहाँ नित्य पूजा र आरती दिने काम हुन्छ । भक्तपुरमा इन्द्रजात्राको रौनकता छैठौं दिनदेखि सुरु हुन्छ । छैठौं, सातौं र आठौं दिनमा यहा“ भव्य जात्रा हुन्छ ।
छैठौं दिनको जात्रा भक्तपुरको तचपालबाट सुरु हुन्छ । यस दिन तचपालस्थित स“ला गणेशको जात्रा हुन्छ । साथमा साकोलानका मानन्धर समुदायले सोही स्थानबाट त्रिशुल आकारको एउटा बत्ती जसलाई ‘या मता’ भनिन्छ, या मतालाई नगर परिक्रमा गराइन्छ । सोही दिन तचपालस्थित नारायण मन्दिरको पछाडिबाट मुपात्रको पनि जात्रा नगरभरि हुन्छ । सातौं दिन आश्विन कृष्ण तृतीयाको दिन हो । यस दिन भक्तपुर गोल्मढीका मानन्धर समुदायले चोछेंस्थित छुम्ह गणेशबाट या मता बालेर नगर परिक्रमा गराउ“छ । चोछेंको छुम्ह गणेशको जात्रा पनि नगरभरि हुन्छ । भक्तपुर दरबार क्षेत्रको जगन्नाथ मन्दिर परिसरबाट मुपात्रको पनि जात्रा हुन्छ । त्यसको भोलिपल्ट अर्थात् आश्‍विन कृष्ण चौंथीको दिन भक्तपुरको यन्याँपुणीको अन्तिम दिन हो, साथै विशेष दिन पनि हो । यसदिन अन्य दिनमाझैं या मता, मुपात्र र देवताको जात्रा हुन्छ । टौमढीस्थित भैरवनाथ मन्दिरको अग्रभागमा रहेको मान्द्रोमा लेखिएको भैरवनाथलाई नगर परिक्रमा गर्ने क्रममा बोलाछेंस्थित अखुंबाहाको नजिकबाट या मता बालेर नगर घुमाइन्छ । यता भैरवनाथ मन्दिर परिसरबाट मुपात्र र धिचाहरूको जात्रा नगरभरि हुन्छ । यस दिनको महŒवपूर्ण विशेषता भनेको ‘पुलुकिसी’ हो । ‘पुलुसिकी’ अर्थात ‘मान्द्रोले बनेको हात्ती’ लाकुलाछें टोलबाट नगर परिक्रमा गराइन्छ ।
यम द्यः
विशेषगरी भक्तपुरमा भाद्र शुक्ल द्वादशीको बिहानीपख टोल–टोलको दोबाटो र चौबाटोमा काठको लिंगो जसको उचाइ एकरूपता हुँदैन । यम द्यः विधिवत् रूपमा सम्बन्धित ब्यक्तिहरूबाट पूजा–आजा गरी ठड्याइन्छ । जसमा प्राकृतिक काठको लिंगो अलि अग्लो करिब १४÷१५ फिटको हुन्छ । तर काठको लिंगोलाई सम्याएर गरिने हाथु द्यः दलिनझैं बनाएको लिंगो भने ८÷१० फिटको मात्र हुन्छ । जहाँ यम द्यः सिंगारिएको आसनमा देख्न सकिन्छ । छत्रले सजिएको यम द्यःको मुखाकृतिको हात फैलिएको अवस्थामा हुन्छ । यम द्यःको शिरमा भुस्वा“ नामको फूलले सिंगारिएको हुन्छ । फैलिएको हातमा बिमिरो राखिने चलन छ । यसरी विधिवत् रूपमा उठाएको यम द्यःको लिंगोमा मानिसहरू जनैपूर्णेको दिन लगाएको हातको डोरी फुकाली बाध्ने गर्छ । भक्तपुरको मल्लकालीन २४ वटै टोलमा लिंगो उठाउदैं आएकोमा अचेल १७ ठाउ“मा मात्र उठाइन्छ । यम द्यः उठाउने क्रममा वरपर हाथु द्यः, कुमार गणेशको मूर्तिसमेत प्रर्दशन गर्ने चलन थियो । यो चलन अचेल तेखाचो एक ठाउ“मा मात्र चालु छ । केही समय अगाडिसम्म थालाछेंस्थित नागपोखरीमा पनि यम द्यः सँगै प्रर्दशन हाथ द्यः ल्याएको एक व्यक्तिको घरमा त्यत्तिकै छ । यता पश्चिमाभिमुख हुने गरी यम द्यः उठाइसकेपश्चात् यम द्यः स“गै अवस्थित पाटी वा सार्वजनिक ठाउ“मा डल्लु खायेगु भनी देवा झुण्ड्याउने काम सम्बन्धित गुथियारहरूले गर्छन् । हरेक सा“झ त्यहा“ आरती दिनुपर्ने हुन्छ ।
सूर्यमढी, जे“ला, इनाचो, गोल्मढी, टिबुक्छें, गःहिटी, बोलाछें, तालाक्व, मुलाखु, तेखाचो, तेखापुखु, इ“टाछें, खौमा, तुछिमला, महालक्ष्मीस्थान, नागपुखु आदि ठाउ“हरूमा उक्त दिन यम द्यः उठाउने गर्छन् । यसमा अहिले तुलाछेंस्थित त्रिपुरासुन्दरी नजिक उठाउने यम द्यः उठाउने चलन बन्द भइसकेको छ । यता सूर्यमढी चोकभन्दा केही पर ब्रम्हायणी द्यःछें नजिकको यम द्यः पनि उठाउने नगरेको धेरै वर्ष भयो । केही समय अगाडिसम्म खौमा ढोका अगाडि दुईवटा यम द्यः उठाउँदै आएको अचेल एउटैमात्र बाँकी छ । यहाँनेर तचपाल, टौमढी, लायकु, चोछेंजस्ता महŒवपूर्ण ठाउ“हरूमा यम द्यः उठाउने नगरेको वा बन्द भएको यसबारे गहन अध्ययन भएको पाईदैन ।
या“ मता
भक्तपुरको यन्या“ पुन्हिको एक महŒवपूर्ण भाग ‘या“ मता’ हो । जहा ‘याँ’ को अर्थ इन्द्र र ‘मता’ को अर्थ बत्ती हो । तसर्थ ‘याँमता’ भनेको इन्द्ररूपी बत्ती भन्ने बुझिन्छ । भक्तपुरको इन्द्रजात्राको क्रममा आश्विन कृष्ण द्वितियादेखि चतुर्र्थीसम्म तीन दिन भक्तपुरको फरक–फरक तीनवटा ठाउ“हरूबाट ‘याँमता’ को जात्रा हुन्छ । आफ्ना छोरा जयन्तको खोजी गर्न ‘याँमता’ को प्रयोग भएको कहावत् छ । एउटा लामो बा“समाथि त्रिशुल आकारको तीनवटा बत्ती हुन्छ । यसलाई आश्विन कृष्ण द्वितीयाको दिन भक्तपुर तचपालस्थित सकोलानका मानन्धर समुदायले भैरवको सामुन्ने पूजाआजा गरी तचपालको भिमसेन मन्दिर अगाडिको डबलीमा दुईटा ‘याँमता’ बालेर नगर परिक्रमा गराउछ । ‘याँमता’ को दर्शन गर्न बाटोमा स्थानीयको भिड बसेको हुन्छ । ‘याँमता’ को दर्शन गरेमा आ“खाको ज्योति बढ्छ भन्ने भनाइले ‘याँमता’ हेर्न मानिसहरू बसेका हुन्छन् । ‘याँमता’ लाई नगर परिक्रमा गराउने क्रममा ठाउँ–ठाउंँमा रोकेर तेल थप्ने काम हुन्छ । विशेषगरी नगर परिक्रमा गराउने समयमा ‘याँमता’ निभ्न पुगेमा ठूलो अनिष्ट हुने मानिन्छ । जसको घरको सामुन्ने ‘याँमता’ निभ्छ, त्यस घरको सदस्यको मृत्यु हुन्छ भन्ने चलन छ । त्यसैले यस्तो नहोओस् भन्नाको खातिर ठाउ“ठाउ“मा तेल थप्ने गरिन्छ । तर जहाँपायो त्यहीं रोकेर तेल थपिंदैन । बरु दोबाटो, चौबाटो वा खुल्ला चोक तथा डबली, मन्दिर वा सम्पदानजिक रोकी तेल थपिन्छ । यस दिनको ‘याँमता’ को सम्पूर्ण जिम्मा थथुसाका मानन्धर समुदायको हो । विगतका दिनहरूदेखि नै मानन्धर समुदायको गुठीले यो कार्य गर्दै आएको हो । नगर परिक्रमापश्चात् ‘या“ मता’ लाई बारे पुखु (कमल बिनायक) पोखरी घुमाइन्छ । ‘या“ मता’को बत्ती तेलशाला (सा) को देवतालाई चढाउ“छ ।
त्यस्तै त्यसको भोलिपल्ट तृतीयाको दिन पनि ‘याँमता’को जात्रा हुन्छ । यस दिनको ‘याँमता’ को सम्पूर्ण कार्य गोल्मढीका मानन्धर समुदायले गर्छ । गोल्मढीस्थित सा (तेलशाला) भित्रको देवता सामुन्ने ‘याँ मता’ राखी पुजाआजा गरिसकेपछि चोछेंको छुम्ह गणेशको अगाडि ‘याँमता’ बाल्ने परम्परा छ । साथमा छुम्ह गणेशको पनि जात्रा भएको हुन्छ । नगर परिक्रमापश्चात् ‘या“ मता’ लाई छुम्ह ता“ ब्यासी हुँदै झौखेलस्थित मुथली पोखरी परिक्रमा गराएपछि त्यस दिनको ‘याँमता’ जात्राको समापन हुन्छ । आश्विन कृष्ण चतुर्थी भक्तपुरको इन्द्रजात्राको अन्तिम दिन हो । यस दिनको या“ मताको जिम्मा भक्तपुर तपालाछीका मानन्धर समुदायको हो । भक्तपुर टौमढीस्थित मान्द्रोको भैरवको जात्राको लागि तपालाछिका मानन्धरहरूले बोलाछेंस्थित अखुंबाहा परिसर बाहिर दुईवटा ‘याँमता’ बाली नगर परिक्रमा गराउ“छ । परिक्रमा पछि दुईटै ‘याँमता’ तः पुखु (सिद्धपोखरी) घुमाइ आÇना तेलशालाको देवतालाई बत्ती चढाएपछि ‘याँमता’ को जात्रा सम्पन्न हुन्छ ।
पुलुकिसी (ऐरावत हात्ती)
यन्या“ पुन्हि पर्वको आर्कषण पुलुकिसी अर्थात् ऐरावत हात्ती पनि हो । किम्बदन्तीअनुसार मत्र्यलोकमा कैद परेका आफना छोरा जयन्तको खोजीमा इन्द्रले आफ्ना बाहन ऐरावत हात्तीलाई खोज्न पठाएको भावले यहा“ ऐरावत हात्ती अर्थात् पुलुकिसीको जात्रा सुरु भएको मान्न सकिन्छ । भक्तपुरको पुलुकिसीको जात्रा आश्विन कृष्ण चांैथी अर्थात् इन्द्रजात्राको अन्तिम दिनमा हुन्छ । भक्तपुर लाकुलाछेंस्थित किसी छेःमा रहेको मान्द्रोको टाउको र जीउ बनाइन्छ । सु“डसहितको टाउकोलाई आर्कषक र·रोगन गर्ने काम तलेजुस“ग सम्बन्धित चित्रकारले गर्छ । हात्तीको जिउलाई निलो कपडाले बेरेर चारजना मानिसले बोक्ने र पा“चौ व्यक्तिले पुलुकिसीभित्र रहेको घण्टा बजाउने काम गर्छ । लाकुलाछेंबाट तयार गरी जात्रा गर्ने क्रममा गःहिटी हुँदै टौमढी पुर्‍याइ तीनपल्ट घुमाइन्छ । आफ्ना लुगाभित्र यता–उता गर्छ । हात्ती अगाडि बढ्दा त्यसभित्रको घण्टा बजाउ“छ । तर हात्ती पछाडि गर्दा घण्टा बजाउनुहुँदैन भन्ने मान्यता छ । पुलुकिसी जात्राभरि कहींकतैको घण्टा बजाउनु हुँदैन भन्ने पनि मान्यता छ ।
टौमढीको भैरवनाथ मन्दिर सामुन्नेको डबलीमा राखी आगो ताप्न दिन्छ । त्यहाँबाट अगाडि–पछाडि हात्ती प्रदक्षिणा मार्ग हुँदै जब बंशगोपाल पुग्छ , देगमनातर्फ मुख पार्दै धान खुवाएको अभिनय गर्छ । त्यसबेला त्यो दिशातिर खेत भएकाहरूले हात्तीलाई धान पु¥याइ पुनः नगरको पश्चिमतर्फ हेरी धान खुवाइन्छ । त्यसपश्चात् हात्ती भक्तपुरको दरबार क्षेत्र पुग्छ । त्यहा“ तीन चक्कर घुमाई पुनः अगाडि–पछाडि गर्दै भोलाछें पुगेपछि त्यहा“बाट उत्तरतिर हेरी धान खुवाउने चलन छ । हात्ती यसरी सूर्यमढी पुगेपछि त्यहाँबाट पूर्व हेरी धान खुवाइन्छ र सुर्यमढीबाट जब तलातुंथी पुगेपछि हात्तीलाई पुनः पानी खुवाएको अभिनय गर्छ । जब हात्ती दत्तात्रय चोक पुग्छ हात्तीलाई भिमसेन डबलीमा राखी आगो ताप्न दिइन्छ । यसरी हात्ती नगर परिक्रमा गरी पुनः टौमढी हुँदै लाकुलाछें पुगेपछि पुलुकिसी जात्रा सम्पन्न हुन्छ ।
पुलुकिसी जात्राको क्रममा बज्ने घण्टा अत्यन्त आर्कषक र कर्णप्रिय हुन्छ । साथै हात्तीलाई यता–उता गर्दा हात्तीको सु“डले अरुलाई छुने डर हुन्थ्यो । सुँडले छोयो भने अनिष्ट हुन्छ भन्ने मान्यता छ । तर अचेल यसमा कमैमात्र विश्वास गर्दा जोसुकै हात्तीको नजिक जाने प्रयास गर्दा जात्रामा हुलमुल भएको देखिन्छ जसबाट हात्ती बोक्नेहरूलाई सकस भएको पाइन्छ ।
मुपात्र
यन्याँ पुन्हि जात्राको अर्को महत्त्वपूर्ण पात्र भएर होला यसको नामाकरण नै मुपात्र भएको छ । जसको अर्थ मूलपात्र हो । किम्बदन्तीअनुसार उनी मत्र्यलोकका राजा हुन् जो राक्षस थिए । उनका दुईजना सहायकहरूलाई धिचा भनिन्छ, जो सदैव दायाँबायाँ रहन्छ । मुपात्रले रातो जामा तथा भोटो लगाई हातमा एउटा खड्ग बोकेको हुन्छ । भक्तपुरको इन्द्रजात्राको क्रममा छैठौं दिन तचपालस्थित नारायण मन्दिरबाट, सातौं दिन दरबार लायकूको जगन्नाथ मन्दिरबाट र अन्तिम दिन टौमढीस्थित भैरब मन्दिरबाट यही पहिरनमा हातमा खड्ग, टाउकोमा मुकुट र दाया“बाया“ दुईजना धिचा राखेर नगर परिक्रमा गर्ने चलन छ । यसबेला दोबाटो र चौबाटो तथा टोल–बस्तिबीच ठड्याएको यम द्यःलाई मुपात्रले तीनपल्ट घुमेर खड्गले प्रहार गर्छ । जात्रा हेरिबसेकाहरूले ‘हा“यचा यगु कपः – मुपात्र’ , ‘गेडाम्येस्या ला’ भनी जिस्क्याउने गर्छन् । जात्राको क्रममा मुपात्रले खड्गले प्रहार गर्नेलाई चोरीको आरोप लागेको हु“दा सजाय दिएको अर्थले लिने चलन छ । इन्द्रजात्राको तीनदिन जात्रा गर्ने भएर मुपात्रलाई तीन दिनको राजा पनि मान्ने चलन छ ।
अन्तमा
प्राचिनकालमा नेपालमण्डल एउटा विशाल राज्य छँद तत्कालीन राजधानीमा यन्याँ पुन्हि मनाउने चलनअनुसार सर्वप्रथम यो चलन लिच्छवीराजा गुणकामदेवले कान्तिपुरस्थित गुनपो दरवारसँगै इन्द्र गृह भवन अगाडि इन्द्र ध्वजारोहण अर्थात् योसिं उठाउने चलन ल्याएको इतिहासमा उल्लेख छ । लिच्छवीपछि मल्लहरूको पालामा नेपालमण्डलको राजधानी भक्तपुर छँदा इन्द्रकुट बनाई इन्द्रध्वजोत्सव पर्व मनाएको गोपाल राजवंशावलीमा उल्लेख छ । जुन नेपाल सम्वत् ४१४ को घटना हो । यता विशाल नेपालमण्डलको पछिल्ला राजा यक्ष मल्लको समयमा भक्तपुर राजधानी रहेको हुँदा यहाँ भव्य रूपले इन्द्रजात्रा मनाएको प्रस· ने.स. ५६१ को भक्तपुर टौमढीस्थित शिलापत्रमा उल्लेख छ । ने.सं. ६०३ मा यक्ष मल्लको मृत्युपश्चात् कान्तिपुरलगायतका अनेकौं राज्यहरू केन्द्र भक्तपुरबाट स्वतन्त्र हुँदै जाने क्रममा हरेक स–साना राज्यहरूमा समेत इन्द्रजात्रा मनाउने चलन बन्यो । लिच्छवी राजा आनन्ददेवदेखि यक्ष मल्लसम्म करिब ३६७ वर्षसम्म भक्तपुर नेपालमण्डलको राजधानी भएका कारण यहाँको इन्द्रजात्रा अन्य ठाउँको भन्दा विशेष रह्यो । अझ अन्तिम मल्ल राजा रणजित मल्लको समयसम्म यहाँको कला–संस्कृति उच्च रहेको हुँदा यहाँको इन्द्रजात्रा अन्य ठाउँको भन्दा विशेष रहेको पाइन्छ । यता ने.सं. ८९० मा मल्लकालीन भक्तपुर पतन भएपश्चात् कान्तिपुर नै नेपालको राजधानी बन्न पुगेपछि काठमाडौंको इन्द्रजात्रा अन्य ठाउ“को भन्दा भव्य र आकर्षक बन्न पुग्यो । त्यही भएर इन्द्रजात्रा भन्नासाथ अचेल काठमाडौं हनुमानढोका दरबार स“गैको कागेश्वरी मन्दिर नजिक योसिं उठाउने, हप्ता दिनसम्म विभिन्न नाच तथा देव–देवीहरूको जात्रा गर्ने, अन्तिम दिन कुमारी देवीको जात्रा गर्नुका साथै योसिं ढालेपछि जात्रा सम्पन्न हुनेलाई बढी महत्त्व दिएको पाइन्छ । त्यहा राष्ट्र प्रमुखको समेत उपस्थिति हुने र कुमारी देवीको हातबाट फूल र प्रसाद वितरण हुनेजस्ता मौलिक संस्कृतिले काठमाडौंको इन्द्रजात्रा महत्त्वपूर्ण मानिन्छ । तर यता मल्ल वंशको पतनको दुई सय पचास वर्ष पछि पनि भक्तपुरमा मौलिक ढंगले यन्याँ पुन्हि जात्रा अझ धेरै महत्त्वको विषय हो ।

Leave A Reply

Your email address will not be published.