Explore news and happenings at Bhaktapur

भक्तपुर नगर स्तरिय टेवल टेनिस सम्पन्न

0

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा चालु नगरव्यापी विद्यालय स्तरिय खेलकुद प्रतियोगिताको टेवल टेनिस प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।

बुधवार सम्पन्न भएको खेलमा छात्र एकल १२ वर्ष मुनिमा प्रोक्सिमाका रोमन थापामगर प्रथम भएका छन् भने विद्या आर्जनका करण कपाली दोस्रो यस्तै हिमालयन ग्लोरी र द राइजिङ्गका बिमित पंच र न्युनिश सुवाल तृतिय हुन् सफल भएका थिए ।

यस्तै १२ वर्षमुनि छात्रामा पोक्सिमाकै दिया देउला प्रथम , प्रभातकी प्रदिपा सुवाल दोस्रो अनी वाल विकास र माउण्ट भ्यालीका सचिना श्रेष्ठ र आशिका कासिछ्वा तृतिय हुन् सफल भएका छन् ।

यस्तै छात्र एकल १६ वर्ष मुनिको खेलमा प्रोक्सिमाका रेखान तामाङ प्रथम भए भने एभरेष्ट इ.का सुजल प्रधानाङ्ग दोस्रो तथा जेन्यूउन र द राइजिङ्गका विज्ञम कर्माचार्य र निर्जन दुवाल तृतिय हुन् सफल भएका थिए ।

छात्रा तर्फको १६ वर्ष मुनि छात्रा एकलको उपाधी जेन्यूनकी जननी श्रेष्ठले उचालिन भने वाल विकास की सलिना लामा दोस्रो प्रभात इ. र प्रोक्सिमाकी ब्यारिना सुवाल र मञ्जिला तामाङ तृतिय हुन् सफल भएका थिए ।

Leave A Reply

Your email address will not be published.