Explore news and happenings at Bhaktapur

चाडवाडको समयलाई खेलकुद र साहित्य अध्ययनमा सदुपयोग गर्न जोड- सुनिल प्रजापति

नगरब्यापी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

0

भक्तपुर, २७ असोज । नेपाल क्रान्तिकारी युवा संघ भनपा ४ वडा एकाई समितिको आयोजनामा भएको नगरब्यापी ब्याडमिन्टन प्रतियोगिताको फाइनल शनिबार सम्पन्न भयो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई ट्रफी, प्रशंसा पत्र तथा पुरस्कार वितरण नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले युवा पुस्तालाई खेलकुद, भाषा, कला र साहित्यको क्षेत्रमा सक्षम बनाउन पार्टीको घोषणा पत्र अनुसार नपाले खेलकुदलगायत विविध कार्यक्रमह ? गर्दै आइरहेको बताउँदै नेपालमा लोपोन्मुख खेल, भाषा संस्कृति बचाउन नगर पालिकामा विभिन्न नीति- निर्माण भएको र क्षमता र प्राथमिकताक्रम अनुसार सहयोग प्रदान गर्ने वचन दिनुभयो ।

प्रजापतिले चाडवाडको समयलाई खेलकुद र साहित्य अध्ययनमा सदुपयोग गर्न जोड दिनुपर्ने विचार व्यक्त गर्दै शारीरिक तथा बौद्धिक रुपमा सक्षम युवाहरु तयार गर्न सबै सरोकारवाला पक्ष एकजुट भइ लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । नेमकिपा भनस अध्यक्ष नारायणबहादुर दुवालले समाजमा विद्यमान विकृति विसङ्गति हटाउन युवा वर्ग सचेत र सङ्गठित भई समाज परिवर्तनका लागि सक्रिय रुपमा लाग्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो । नेक्रायुसंघ भनपा ४ वडा एकाई समिति अध्यक्ष तुल्सीराम सुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेमकिपा साविक २ का शिवराम किजू, प्रतियोगिता संयोजक राजेश घेमोसु, आयोजक समिति सचिव रविन सुवाललगायतले खेलकुदको महत्वबारे बोल्नुभयो ।

शनिबार बिहान भएको फाइनल खेलमा पुरुष एकल तर्फ नेक्रायुसंघ–३ का लक्ष्मी नारायण सुवाल–(सागर)–ले नेक्रायुसंघ–४ सविन बिरबललाई २१–१६,२१–१२ मा पराजित गरी प्रथम भए । त्यस्तै पुरुष जोडी तर्फको अर्को फाइनल खेलमा नेक्रायुसंघ–४ सविन बिरबल र रविन घेमोसुको जोडीले नेक्रायुसंघ–३ का लक्ष्मीनारायण सुवाल (सागर) र आनन्द हाडाको जोडीलाई २०–२२, २२–२०, २१–१५ पराजित गरी पुरुष जोडीतर्फ प्रथम भए । प्रतियोगिताको सिङ्गल त्ेन्ट्सतर्फ प्रथम नेक्रायुसंघ ३ का लक्ष्मीनारायण सुवाल (सागर), द्वितीय सविन विरवल, तृतीय नेक्रायुसंघ ४ का रविन घेमोसु र राजेश खाइतु बिजयी भए । त्यस्तै डब्बल त्ेन्ट्सतर्फ प्रथम नेक्रायुसंघ ४ का रविन घेमोसु र सविन बिरबल, द्धितीय नेक्रायुसंघ ३ का लक्ष्मीनारायण सुवाल र आनन्द हाडा, तृतीय नेक्रायुसंघ ४ का राध्येश्याम ख्याजु र श्यामसुन्दर ख्याजुको जोडी र बद्रीप्रसाद ख्याजु र राजेश ख्याजुको जोडी विजयी घोषित भए । प्रतियोगितामा विभिन्न टिम, समुह, साकोस र संगठनबाट ८० जना खेलाडीहरू सहभागिता रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.