Explore news and happenings at Bhaktapur

दशैं बिदामा पुस्तक अध्ययन गरी आफ्नो अध्ययनको दायरालाई बढाउनुपर्छ – सुनिल प्रजापति

0

भक्तपुर, २८ असोज । ख्वप मावि, कलेज तथा शारदा क्याम्पसमा अध्ययनरत तथा कार्यरत शिक्षक,कर्मचारी र विद्यार्थीहरूबीच शुभकामना कार्यक्रम आइतबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूका सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कार्यक्रममा शुभकामना व्यक्त गर्दै दसैं बिदालाई सदुपयोग गर्नुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘दसैं बिदामा पुस्तक अध्ययन गरी आफ्नो अध्ययनको दायरालाई बढाउनुपर्छ र आफूले हासिल गरेको ज्ञानलाई लेख–रचना लेखी प्रकाशित गर्नुपर्छ ।’’

‘‘विश्व सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सको दुईसयौं जन्म दिवस यस वर्ष परेकोले कार्ल माक्र्सका रचना र जीवनी अध्ययन गर्नु सान्दर्भिक हुनेछ’’, उहाँले भन्नुभयो । देशको व्यापार घाटा ९० प्रतिशतसम्म पुगेको तर्फ सचेत गराउँदै उहाँले भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालको सिमाना मिचेको र नेपालमा गरेको हस्तक्षेपको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

‘दसैं बिदामा पुस्तक अध्ययन गरी आफ्नो अध्ययनको दायरालाई बढाउनुपर्छ र आफूले हासिल गरेको ज्ञानलाई लेख–रचना लेखी प्रकाशित गर्नुपर्छ ।’’

‘‘सांस्कृतिक आक्रमणपछि भौतिक आक्रमण हुनेतर्फ खतरा छ । भनपा सांस्कृतिक नगर हो । यहाँको भाषा, लिपि, संस्कृति पहिचान र लोपोन्मुख संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो’’, प्रमुख प्रजापतिले भन्नुभयो ।उहाँले भन्नुभयो, ‘‘निजी विद्यालय र कलेज रहेसम्म संविधानको मर्मअनुसार शिक्षा निःशुल्क हुनेछैन ।’’

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यार्थीहरूले ३० वटाभन्दा बढी सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको कार्यक्रममा शिक्षक मीना महतले पनि बोल्नुभएको थियो ।

त्यस्तै दसैं विशेषको अवसरमा आइतबार ख्वप माविमा अध्ययनरत विद्यार्थीहरूबीच ग्रेटिङ कार्ड प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नम्रता रञ्जितकार प्रथम, अञ्जली तामाङ द्वितीय, यमुना राउत तृतीय र अनिशा रानामगर तथा पुष्पा तामाङ सान्त्वना हुन सफल भए । विजयी विद्यार्थीहरूलाई प्रमुख प्रजापतिले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.