Explore news and happenings at Bhaktapur

वडा दशैं तथा शुभ दिपावली कार्यक्रम

२०७६ असोज १२ गते आइतबार

0

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थान नसिङ्ग विभागद्वारा आइतबार आयोजित वडा दशैं तथा शुभ दिपावली कार्यक्रममा बोल्नुहुँदै विद्यार्थीहरुले आफूले सिकेको सीप कहिल्यै पनि खेर नजाने र व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापले सहयोग पुर्‍याउने बताउनुभयो ।


महिलाहरु पनि कुलतमा फसिरहेको हुँदा संगत राम्रो हुनुपर्ने बताउनुहुँदै उहाँले अनुशासनलाई सबै क्षेत्रमा पालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाले गरिरहेको कामको देशैभरी सकारात्मक सन्देश गइरहेको छ भन्नुहुँदै उहाँले इन्जिनियरिङ्ग कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको पहिलो छनौटको क्याम्पस ख्वप इन्जिनियरिङ्ग कलेज भएको बताउनुभयो ।
दशै तिहारमा सरसफाईमा ध्यान दिनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुले आफ्नो हक हितको सुरक्षाको निम्ति राजनीतिक रुपमा सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
अन्य नगरपालिकाका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले समाजवादका निम्त आधारहरु तयार गरिरहेको चर्चा भएको बताउनुहुँदै उहाँले शिक्षा र स्वास्थ्यमा सबै जनताको समान हक हुनु आवश्यक भएको बताउनुभयो ।

संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले विद्यार्थीहरुलाई विदाको समयमा स्वास्थ्यबारे चेतना अभियान निरन्तर जारी राखी समुदायमा भिजेर काम गर्न प्रेरित गर्नुभएको थियो भने विभागीय प्रमुख सुमित्रा बुढाथोकीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको प्रदर्शनीका साथै “दशै, तिहार र स्वास्थ्य” विषयमा वक्तृत्वकला प्रतियोगिता पनि सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.