Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा बहुउद्देश्यीय भवन शिलान्यास

२०७६ असोज १२ गते आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार बिहान लगत इष्टिमेट रु. १ करोड ५० लाखमा भक्तपुर नपा वडा नं. १० स्थित ॐकारेश्वर प्रगति सेवा समितिको सक्रियतामा बन्न लागेको बहुउद्देश्यीय भवनको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सामाजिक प्रयोजनको लागि निर्माण हुने भवन भविष्यको सम्पदा हुने हुँदा मौलिक शैलीमै भवन निर्माण गर्ने कोशिस गर्न आह्वान गर्नुभयो ।

आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास कायम हुने हुँदा आर्थिक नियमलाई ध्यान दिएर भवन निर्माण कार्य गर्न पनि आग्रह गर्नुभयो ।

कुनै पनि ठाउँको विकास निर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले विदेशी सहयोग विनानै पुनःनिर्माण कार्यलाई अगाडि बढाइरहेको चर्चा गर्नुभयो ।
भाषा, कला र संस्कृति समाप्त भए हाम्रो पहिचान नै गुम्ने खतरा भएको तर्पm सचेत पार्नुहुँदे प्रमुख प्रजापतिले पुरानो इतिहास कायम गर्ने ढंगले कार्य अगाडि बढाउन शुभकामना दिनुभयो ।

भक्तपुर नपा वडा न.ं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सेवा नै धर्म हो र सामाजिक प्रयोजनको लागि बन्ने बहुउद्देश्यीय भवन निर्माणको लागि वडाको तर्पmबाट पनि आवश्यक सहयोगको लागि सकारात्मक रहेको बताउनुभयो । बहुउद्देश्यीय भवनमा पुस्तकालय बनाउने सोच स¥हानीय भएको र पुस्तकालयको लागि आवश्यक पुस्तक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका सभापति तथा भवन निर्माण समितिका अध्यक्ष भरतबहादुर खड्काले स्थानीयबासीको आर्थिक सहयोग, विभिन्न संघ–संस्थाका चन्दा र दान रकमबाट भवन निर्माण हुन लागेको बताउनुभयो । स्थानीय सरकारको तर्पmबाट आर्थिक सहयोगको लागि अपिल गर्नुहुँदै अध्यक्ष खड्काले भवन निर्माणका हिसाब–किताब पारदर्शी राख्ने र निस्वार्थपूर्वक इमान्दारीका साथ यस कार्यमा लाग्ने बचनबद्धता गर्नुभयो ।

कार्यक्रममा ॐकारेश्वर प्रगति सेवाका अध्यक्ष गीताप्रसाद नेपाल, उपाध्यक्ष मदनबहादुर थापा, कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सीना, सचिव नवराज भण्डारीले पनि भवन निर्माणका उद्देश्य र आर्थिक गतिविधिबारे प्रकाश पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.