Explore news and happenings at Bhaktapur

लौकिवा (ऋषेश्वर) महादेव मन्दिरको उद्घाटन

0

भक्तपुर नगरपालिका वडा नं. ८ स्थित लौकिवा महादेव ऋषेश्वर मन्दिरको उद्घाटन आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

मन्दिरको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न संरचनाहरु बलियो र कम लागतमा सम्पन्न हुने र स्थानीय जनताले पनि रोजगार पाउने हुँदा भक्तपुर नगरपालिकाका ठूला तथा साना योजनाहरु उपभोक्ता समितिमार्फत् निर्माण भइरहेको जानकारी गराउनुभयो ।

मौलिक घर निर्माण गर्नेहरुलाई भक्तपुर नगरपालिकाले आर्थिक अनुदान दिइरहेको चर्चा गर्नुहुँदै नगरको सुन्दरता बढाउन र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न यहाँको मौलिकता जोगाइराख्नु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले युवा लक्षित गरी विभिन्न भाषाका तालिम सञ्चालन र भक्तपुरका खोलाहरु सफा गर्ने अभियान चलाइरहेकोे बताउनुहुँदै प्रमुख प्रजापतिले नगरको सौन्दर्यता बढाउन अव्यवस्थित तार व्यवस्थापन र भूमिगत गर्न नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिरहेको बताउनुभयो ।

वडाध्यक्ष महेन्द्र खायमलीले लौकिवा मन्दिर भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको जानकारी गराउनुहुँदै वडाका गतिविधिहरुबारे वडाबासीहरु जानकार हुनुपर्ने बताउनुभयो । राजनीतिक चेतनाले आफ्नो हक–अधिकार सुनिश्चित पार्न मद्दत पु¥याउने बताउनुहुँदै वडाध्यक्ष खायमलीले नगरपालिकाको बजेट सही ठाउँमा सदुपयोग गर्न उपभोक्ता समितिलाई नै जोड दिइरहेको बताउनुभयो ।

भनपा वडा नं. ८ का महिला सदस्य पञ्चलक्ष्मी दुवालले उपभोक्ता समितिमा बसी सहयोग गर्नेहरुमा धन्यवाद ज्ञापन गर्नुहुँदै नगरपालिकाको काममा नगरबासीहरुको साथ र सहयोगको आवश्यकता छ भन्नुभयो ।

कार्यक्रममा मन्दिर निर्माण समितिका अध्यक्ष विवेक कुस्माले २०७६ वैशाख १३ बाट निर्माण सुरु भएको मन्दिरको पुनःनिर्माण निकै छोटो समयमा गुणस्तरी ढंगले निर्माण सम्पन्न भएको जानकारी गराउनुहुँदै मन्दिर परिसरमा सरसफाइ र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णप्रसाद कुस्माले मन्दिर पुनःनिर्माणमा कुल खर्च १३ लाख १ हजार रहेको र मन्दिर बनाउन सहयोगी भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो भने वडा सदस्य कृष्णगोपाल छुस्याबाग र समितिका सचिव मैया छुस्यावागले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.