Explore news and happenings at Bhaktapur

जनस्मृति बचतको १० औं साधारणसभा सम्पन्न

२०७६ असोज ११ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा जनस्मृति बचत तथा ऋण सहकारीको १० औं साधारणसभा शनिबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरू नाफा कमाउने र सदस्य संख्या बढाउनेमाभन्दा पनि सहकारीको सिद्धान्तमा आधारित भई समाजको साझा हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो । सहकारी संस्था पैसाको व्यापार गर्ने संस्था नभएको बताउनुहुँदै उहा“ले सहकारी संस्थाहरूले समुदायमा आधारित बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

सहकारी संस्थाहरूले भक्तपुरको सम्पदा संरक्षणमा योगदान पु¥याउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले संस्थाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको लागि सस्तो ब्याजदरमा ऋण दिने प्रावधानलाई अगाडि सार्नु उपयुक्त हुने बताउनुभयो । साथै सहकारी संस्थाले परम्परागत बाजा र नृत्यहरूको तालिम सञ्चालन गर्नुपर्ने, नियमित स्वास्थ्य शिविर सञ्चालन र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ध्यान दिनु उपयुक्त हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूको लागि मौलिक शैलीमा घर निर्माण गरेमा मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा संस्थाका ऋण संयोजक कृष्णप्रसाद ह्योङगोजुले स्वागत मन्तव्य दिनुभएको थियो भने वभिन्न संस्थाका प्रतिनिधिहरूले वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्यहरू व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नुका साथै एसईई उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.