Explore news and happenings at Bhaktapur

दियालो बचतको १० औं साधारणसभा सम्पन्न

२०७६ असोज ११ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दियालो बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभाको उद्घाटन शनिबार गर्नुभयो ।

उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले सल्लाघारीको १०८ रोपनी जग्गा नगरपालिकाले आफ्नै लगानीमा नक्सा पारी गरी नेपाल ट्रष्टको संयुक्त रोहबरमा सिमांकन गरेको बताउनुहुँदै नगरपालिकाले बनाएको पर्खालप्रति जनविरोधी सांसद र जनप्रतिनिधहरूलाई असहय भइरहेको बताउनुभयो । नगरपालिकाले भक्तपुरका पर्ति जग्गा तथा सार्वजनिक जग्गाहरूमा भक्तपुरबासीहरूको स्वामित्व कायम गराउने ढंगले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सहकारी संस्थाहरूले ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्ने कार्य सकारात्मक रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले समाजका सम्मानित ज्येष्ठ नागरिकहरूको निम्ति भक्तपुुर नगरपालिकाले आदर निकेतन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालको बेथितिबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले भ्रष्टाचारी र आर्थिक अनियमितता गर्नेहरू जनताका शत्रु भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सहकारी संस्थाले गर्ने समुदायमा आधारित आर्थिक कारोबार पारदर्शी हुुनुपर्ने र सीमित पुँजीपतिवर्गको हितमा नभई कामदार वर्गको निम्ति काम गर्नुपर्ने बताउनुभयो । भनपाले कडा रोग लागेका नगरबासीहरूको लागि रु. १० हजार आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव रामशरण राजलवट, कोषाध्यक्ष किशोरप्रसाद जोन्छे र ऋण संयोजक प्रविण भैलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आय–व्यय प्रस्तुत गर्नुभयो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद राजलवटको सभापतित्वमा सम्पन्न उक्त सभामा महिला उपसमितिका संयोजक कल्पना दुवाल र रमिता त्वानाबासुले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संस्थाका ज्येष्ठ सदस्यलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.