Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा रक्षामन्त्री पोखरेललाई स्वागत

भक्तपुर, २०७६ असोज १० गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षणमा आउनुभएका रक्षा मन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेललाई स्वागत गर्नुभयो ।

मन्त्री पोखरेलले १०८ रोपनी जग्गाको अवलोकनपश्चात भएको भेटघाटको क्रममा नेपाल ट्रस्ट देशैभरका ट्रस्टअन्तर्गत रहेका पर्ति तथा सार्वजनिक जग्गा संरक्षण गर्ने र शिक्षा र स्वास्थ्यमा उपयोग गर्ने तयारीमा रहेको बताउनुहुँदै सम्बन्धित निकाय र सरोकारवालाहरुसँगको साझा समझदारीका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहा“ले ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी देशहितमा प्रयोग हुनेमा विश्वास दिलाउनुभयो ।

मन्त्री पोखरेलले ट्रष्टको स्वामित्वभित्र रहेको जग्गाको रक्षा गर्न तत्पर रहेको बताउनुभयो । ट्रष्टको सम्पत्तिलाई व्यवस्थित ढंगले संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरको १०८ रोपनी जग्गाको संरक्षण नियमसंगत रुपमा गरिरहेको बताउनुहुँदै उक्त ठाउँमा भइरहेको जथाभावी पार्किङ, अनियमितता र फोहोरका कारण हुने वातावरण प्रदूषण नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले आधिकारिक रुपमा नेपाल ट्रष्टलाई पत्रमार्फत जानकारी दिई उक्त जग्गाको चारैतर्फ पर्खाल बनाउने कार्यको थालनी गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिका स्थानीय सरकारको हैसियतले आफ्नो क्षेत्राधिकार भित्र रहेको जग्गालाई जनताको अधिकत्तम हितको निम्ति उपयोग गर्ने पक्षमा रहेको बताउनुहुँदै नगरपालिका एनजीओ नभएको र साझा सम्पत्तिमाथि भएको अतिक्रमणलाई नगरपालिका टुलुटुलु हेरेर बस्न नसक्ने विचार व्यक्त गर्नुभयो । जग्गाको पश्चिम र उत्तरतर्फ अतिक्रमण हुने गरी अनियमित ढंगले निर्माण गरेको टहरालगायतका संरचनालाई हटाई नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गरेको स्पष्ट पार्नुभयो ।

स्थानीय जनताको भावनाअनुसार भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा नक्सा पास गरी उपभोक्ता समितिमार्फत् भक्तपुर नगरपालिका र नेपाल टष्«टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नापजाँच गरेर सिमाड्ढन पनि गरेको तथ्य प्रमुख प्रजापतिले पेश गर्नुभयो ।

नेपाल ट्रष्टका सचिब गजेन्द्रकुमार ठाकुरले भक्तपुर नगरपालिकाले ट्रष्टसँगको समन्वयमा पर्खाल निर्माण गरेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलालगायतका जनप्रतिनिधिहरू तथा स्थानीय जनताहरुले ट्रष्टको बेवास्ताको कारण जग्गा अतिक्रमणसँगै आफूहरुले धुलोधुवा खान परेको चर्चा गर्दै जग्गा संरक्षणमा स्थानीय सरकारले अगुवाई गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक सबिन प्रधानलगायतको उपस्थिति रहेको थियो ।

मिति २०७५–१२–१ गते नेपाल ट्रष्टका सचिव गजेन्द्रसिंह ठाकुर, सहसचिव राजेश्वर ज्ञवाली, शाखा अधिकृत अमृत महर्जन, इन्जिनियर श्रीकान्त भटराई, राधिका तिमिल्सना र अधिवक्ता अनिता शर्मासँगको बैठकमा भएका निर्णयहरु ः–

मिति २०७६–३–१५ गते नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्य याङजोङ शेर्पा, इन्जिनियर श्रीकान्त भटराई, शाखा अधिकृत अच्युतकुमार काफ्ले र राधिका तिमिल्सनासँगको बैठकमा भएका निर्णयहरू ः–

 

 

Leave A Reply

Your email address will not be published.