Explore news and happenings at Bhaktapur

४० औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरमा पर्यटकहरुलाई स्वागत

भक्तपुर, २०७६ असोज १० गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर भ्रमणमा आउनुभएका विभिन्न देशका विदेशी पर्यटकहरुको पहिलो समूहलाई ४० औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको ढोकामा फूलमाला, भादगाउँले टोपी लगाइ दिएर स्वागत गर्नुभयो ।


‘सबैको राम्रो भविष्यको लागि पर्यटन र रोजगारी’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा भक्तपुर प्रवेश गर्ने चार देशका १२ जना पर्यटकहरुलाई नगरपालिकाको पिक्टोरियल बुक र भक्तपुरको मौलिक उत्पादनहरू उपहार प्रदान गर्दै लाखे प्याखं र माक प्याखं प्रस्तुत गरी स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रजापतिले सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको भक्तपुरमा पर्यटकहरुलाई स्वागत गर्नुहुँदै भक्तपुर नगरलाई सफा मात्र नभई देशकै सुन्दर र संरक्षित नगरको रुपमा विकास गरी यहा“को मूर्त र अमूर्त सम्पदा जोगाउन र संरक्षण गर्न भक्तपुर नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।

२०७२ सालको भूकम्पका कारण भक्तपुरका सांस्कृतिक सम्पदा र मठ मन्दिरहरुमा पुगेको क्षतिका पुगेको, ती सम्पदाहरु विदेशीहरुको आर्थिक सहयोगविना सम्पन्न भइसकेको र स्थानीय जनताको सहयोग र समर्पणको भावनाले सम्पदाहरुलाई जीवन्तता दिने कोसिस गरिरहेको छ भन्नुभयो ।

उहाँले भक्तपुरका अमूर्त सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिने बताउनुहुँदै भक्तपुरका सम्पदा जगाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको कला–संस्कृति अद्धितीय रहेको चर्चा गर्नुहुँदै विदेशीहरुको आकर्षणको लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा पर्यटन तथा वातावरण समितिका अध्यक्ष रबिन्द्र ज्याख्व र पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधिहरु नगरपालिकाका कर्मचारी, भक्तपुर पर्यटन विकास समितिका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।


४० औं विश्व पर्यटन दिवस २०१९
भक्तपुर प्रवेश गर्ने पहिलो विदेशीहरु
१) छ्वेनवेइ सि (CHUNWEI XIE) — CHINA
२) या· लेइ (YANG LEI)— CHINA
३) जियाङ सिआ (JIANG XIA)— CHINA
४) टोमास ओल्सोन (TOMAS OLSSON) — SWEDEN
५)मारियो अलरेनबर्स (MARIUO ALRENBURS) — NETHERLANDS
६) डुप बुट्स्मा (DOOP BUOTSMN) — CHINA
७) लिओ जिन यू (LEO JIN YU) — CHINA
८) हो यिक (HO YIK)— CHINA
९)हु यिम मो (HU YIM MO)— CHINA
१०) हो (HO) — CHINA
११) टोवार्ड स्कान लुस (TOWARD SCAN LUCS) — FRANCE
१२)चिन फा अन (Chin Fa An)— CHINA

 

Leave A Reply

Your email address will not be published.