Explore news and happenings at Bhaktapur

४० औं विश्व पर्यटन दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, २०७६ असोज ८ गते बुधबार ।

0

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा ४० औं विश्व पर्यटन दिवसको अवसरमा प्रवचन कार्यक्रम बुधबार भनपा सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई सम्पदा पुननिर्माणमा श्रेष्ठता कायम गर्ने ढङ्गले विकास निर्माणको कार्यलाई अगाडि बढाइरहेको बताउनुभयो । भक्तपुरलाई संसारको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुहुँदै स्थानीय पथप्रदर्शकहरुले इमान्दारीपूर्वक काम गरी भक्तपुरको प्रतिष्ठा उँचो रहने ढंगले काम गर्न र पर्यटकहरुसँग असल व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
देशका नीति निर्माताहरुहरु ठेकेदारहरुसँगको संलग्नताले गर्दा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको बताउनुहुँदै प्रमुख प्रजापतिले नीति निर्माताहरु राम्रा भए देश व्यवस्थित रुपमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विश्व पर्यटन दिवसलाई पर्यटन व्यवसाय मर्यादित रुपमा सञ्चालन गर्ने अभियानको रुपमा लिएको र पर्यटकहरुलाई देखाउन लायक बस्तुहरुको संरक्षण र सम्बद्र्धन गर्न आवश्यकता रहेको बताउनुभयो । उहाँले भक्तपुरको पर्यटन मार्पmत उपलब्ध श्रोतलाई रुपान्तरण गरी नयाँ पुस्ताको सेवा गरिरहेको जिकिर गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले भक्तपुरलाई ऐतिहासिक जीवन्तता भएको सहरको रुपमा चित्रण गर्नुहुँदै यहाँको दीगो पर्यटन विकासमा नगरपालिकाले विशेष महत्व दिइरहेको बताउनुभयो ।

पर्यटक प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले पर्यटन सेवालाई विश्वव्यापीकरण गर्ने ढंगले पर्यटन दिवस मनाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै स्थानीय सरकारसँग हरेक नागरिकको वैयक्तिक सूचना भएमा पर्यटकहरुलाई सेवा प्रदान गर्न सहज हुने बताउनुभयो ।

पर्यटक सूचना केन्द्रका प्रमुख गौतम प्रसाद लासीवाले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले साँस्कृतिक गतिविधि केन्द्रित गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलाई नगरपालिकाद्वारा सञ्चालित पथप्रदर्शक तालिम निकै उपयोगी भएको र तालिमले भक्तपुरलाई नमूना सहरको रुपमा विकास गर्न टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित पथप्रदर्शक तालिमका सहभागीहरुलाई परिचय–पत्र र ब्याच वितरण गर्नुभएको थियो भने पर्यटन सूचना केन्द्रका मुरज दिदियाले पथ प्रदर्शकहरुले पालना गर्नुपर्ने आचारसंहित र कार्यविधिबारे प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.