Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका ःस्थानीय सरकार सञ्चालनमा सबै खालको समस्या समाधान गर्ने थलो

भक्तपुर, २०७६ भदौ ३० गते ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार सञ्चालनमा सबै खालको समस्या समाधान गर्ने थलोको रुपमा भक्तपुर नगरपालिकाले भूमिका खेलिरहेको बताउनुभयो ।

उक्त विचार नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका एकाई समितिको आयोजनामा आइतबार समसामयिक विषयमा भक्तपुर नगरपालिकाका कर्मचारीबीच भएको प्रवचन कार्यक्रममा प्रमुख प्रजापतिले व्यक्त गर्नभएको हो ।

जनप्रतिनिधि र कर्मचारीहरु राष्ट्र र जनताका सेवक भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमार्फत जनताको इमानदारीपूर्वक सेवाकोे भावनाले काम गर्न प्रेरित गर्नुभयो ।

असोज ३, ४ र ५ गते हुने नेमकिपाको सातौं महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न कर्मचारीहरुले पनि आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र मार्गनिर्देशन अनुरुप सञ्चालित भक्तपुर नगरपालिकाको विकास निर्माणका काम देशका अरु स्थानीय निकायहरुको लागि उदाहरणीय बनिरहेको प्रष्ट बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा गरिरहेको उपलब्धीले नेपाली जनताहरु लाभान्वित भएको जिकिर गर्नुभयो । डेंगु रोगको जोखिमबारे प्रस्ट पार्नुहुँदै उपप्रमुख जोशीले स्मार्ट सिटीको नाममा उपत्यकाको कृषियोग्य जमिनहरु म्हासिँदै गएको बताउनुभयो ।

नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाको महाधिवेशनको सफलताको कामना गर्नुहुँदै नेमकिपाको घोषणापत्रअनुरुप काम भएकै कारण भक्तपुर नगरपालिका अरु नगरपालिकाको तुलनामा उत्कृष्ट र उदाहरणीय भएको बताउनुभयो ।

कार्यक्रममा समितिका उपाध्यक्ष कालीलाल प्रजापति, भक्तपुर नगरपालिका श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, समितिका केन्द्रीय सदस्य दिलकृष्ण माक र वडा सचिव राजेश दृष्टिले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.