Explore news and happenings at Bhaktapur

जनतालाई दुःख दिने सरकार कम्युनिष्ट सरकार हुनैसक्दैन

भक्तपुर, २०७६ भदौ ३० गते ।

0

गणतन्त्रात्मक संविधानमा समाजवादउन्मुख शब्द थप्न नेपाल मजदुर किसान पार्टीको अहम भूमिका रहेको विषय कोत्याउँदै, वर्तमान सरकारले नीजीकरणलाई बढावा दिनु कुनै पनि अर्थमा समाजवादउन्मुख हुँदैन ।

उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नपा वडा नं. १ मा आयोजित वडाबासीहरुको भेला कार्यक्रममा व्यक्त गर्नुभएको थियो ।

जनतालाई दुःख दिने सरकार कम्युनिस्ट सरकार हुन नसक्ने बताउनुहुँदै प्रमुख प्रजापतिले काम गरी खाने वर्गको हकहितको निम्ति नेमकिपाले निरन्तर संघर्षरत रहेको स्पष्ट पार्नुभयो ।

भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले महाधिवेशनको महत्व दर्शाउँदै यही असोज ३, ४ र ५ गते हुन गइरहेको सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न अनुशासित कार्यकर्ताहरूको बलियो स‌गठन तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेमकिपा १ वडा इन्चार्ज लक्ष्मीनारायण राजलवट खत्रीले सातौं महाधिवेशन एक वैचारिक सङ्घर्षकै शिलशिला भएकोले सबै मजदुर, किसान, विद्यार्थी, युवा र महिलाहरू सक्रियता पूर्वक लाग्नुपर्ने आवश्यकता औलाउनुभयो ।

भक्तपुर नगरपालिका १ वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगरसभा सदस्य सूर्यप्रसाद श्रेष्ठ र गंगालक्ष्मी बमनूले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.