Explore news and happenings at Bhaktapur

बाल दिवसमा जनप्रतिनिधिसंग बालबालिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, भाद्र २९ ।

0

“सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधिसंग बालबालिका अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाल देशमा पुँजीवादी शासन व्यवस्था रहेकै कारण संसदमा समेत इमान्दारीपूर्वक देश र जनताको सेवा गर्ने राजनीति गर्नेभन्दा फाइदा बेफाइदा हेरेर काम गर्ने व्यापारिक सोचका मानिसहरुले भर्न थालेको र अनुकुलता अनुसार कानुन निर्माण गरिरहेको चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा निर्माणमा विशेष जोड दिदै आइरहेको बताउनुहुदैं उहाँले इतिहास, भूगोल, राजनीतिशास्त्र पढ्ने विद्यार्थीहरुका लागि छात्रवृति समेत प्रदान गर्दै आइरहेको बताउनुभयो । कुनै पनि देश र व्यक्तिको विकास शिक्षाले मात्र सम्भव हुने जानकारी गराउनुहँुदै भनपाले चिनियाँ, जापानी लगायतका भाषाहरुको तालिम समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरका ४३ वटा विद्यालयहरुको उपस्थित रहेको उक्त अन्र्तक्रिया कार्यक्रममा विद्याथीहरुले हनुमन्ते खोला सुधार, नगरमा भइरहेको खानेपानी समस्या, बाल श्रम, विदेश पलायन, खेलकुदको अभाव, भक्तपुर क्यान्सर अस्पतालको अवस्था, नगरको फोहोरमैला व्यवस्थापन, बाल उद्यान, अपांगता सम्बन्धि विविध विषयमा जनप्रतिनिधिहरुसंग जिज्ञासा राखेका थिए । प्रमुख प्रजापतिले विद्यार्थीबाट आएका जिज्ञासाहरु बारे प्रष्ट पार्नुहुदै उहाँले भनपाले हनुमन्ते खोला सुधारको काम गरिहेको बताउनुभयो । उहाँले क्यान्सर अस्पतालबारे सोधिएको प्रश्नमा स्पष्ट पार्दे भन्नुभयो “भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र टोलटोलका बासिन्दाहरुको अनुरोधमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।” त्यस्तै भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले पनि विद्यार्थीहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिंदै वडा वडामा बन्द अवस्थामा रहेका पुस्तकालयहरु सञ्चालनमा जोड दिदै आइरहेको र बालबालिकाको सुरक्षाका निम्ति प्रतिरक्षा तालिम समेत दिदै आइरहेको बताउनुभएको थियो । कार्यक्रममा स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.