Explore news and happenings at Bhaktapur

नगरका सबै वडाहरुमा शिशु स्याहार सञ्चालन गर्ने तयारी

0

“भक्तपुर नगरपालिकाले नगरका सबै वडाहरुमा शिशु स्याहार सञ्चालन गर्ने तयारीका साथ लागिपरेको छ । २१ औ“ शताब्दीको चुनौति सामना गर्न सक्ने योग्य विद्यार्थी तयार गर्ने लक्ष्यका साथ नगरपालिकाले सातवटा शैक्षिक संस्थानहरु सञ्चालन गरिरहेको छ ।”

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिशु स्याहार केन्द्रमा कार्यरत शिक्षिकाहरूको शनिबारको भेटघाट कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।

बालबालिकाहरुमा सकारात्मक सोचको विकास गरी मानसिक र शारीरिकरूपमा तन्दुरुस्ती गर्न शिशु स्याहार केन्द्रले महŒवपूर्ण भूमिका खेल्ने भएकोले भनपाले शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेको उहा“ले बताउनुभयो ।

शिशु स्याहारमा कार्यरत शिक्षिकाहरुले समयअनुसार आफू परिष्कृत हुनुका साथै संस्कारयुक्त हुनुपर्छ । प्रविधि मैत्री भई नानीहरुलाई सिकाउने क्षमताको विकास गर्नुपर्छ, उहाँले जोड दिनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, “नेमकिपाले चुनावी घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताअनुसार भनपाका जनप्रतिनिधिहरुले कार्य गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र सरसफाइलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।”

भनपा वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले नेमकिपाको ‘एक घर एक स्नातक’ को अभियानले सार्थक रूप लिइसकेको चर्चा गर्दै भनपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रलाई नमुना शिशु स्याहार केन्द्रको रुपमा सञ्चालन गर्ने उद्देश्यले कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा भनपा समाज कल्याण तथा शिशु स्याहार केन्द्रका प्रमुख दीपेन्द्र प्रजापतिले नगरपालिकाले शैक्षिक क्षेत्रमा गरेका कार्यहरुबारे स्पष्ट पार्दै शिशु स्याहार केन्द्रको स्तर वृद्धिको लागि आवश्यक गृहकार्यहरु भइरहेको जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.