Explore news and happenings at Bhaktapur

कला–संस्कृतिसँगै नगरवासीहरुको सांस्कृतिक स्तर पनि सभ्य बनाउँदै लानुपर्छ—प्रमुख सुनिल प्रजापति

भक्तपुर, २१ भदौ ।

0

थालाछे“ बचत तथा ऋण सहकारी संस्थाको बार्‍हौँ साधारणसभा शनिबार सम्पन्न भयो ।

सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति र नाच–गान नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भक्तपुरको कला–संस्कृति विश्वव्यापीरुपमा प्रचार भइरहेको चर्चा गर्दै उहाँले हाम्रा कला–संस्कृतिसँगै नगरवासीहरुको सांस्कृतिक स्तर पनि सभ्य बनाउँदै लानुपर्छ भन्नुभयो ।

भक्तपुर क्यान्सर अस्पताल र नगरपालिकाबीच विगतमा भएको सम्झौता क्यान्सर अस्पतालले पालना नगरेको हु“दा नगरपालिकाले जनचाहनाअनुसार नै व्यवस्थापनको जिम्मेवारी लिनुपरेको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्ला बचत सङ्घका जगनाथ प्रजापतिले समुदायमा आधारित सहकारीमात्र साँचो अर्थमा जनताको सहकारी हुने बताउनुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको सभापतित्वमा सम्पन्न उक्त सभामा विभिन्न मित्र साकोसका प्रतिनिधिहरुले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा असल बचतकर्ता, असल ऋणी, ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

सभाले रामकृष्ण साँगाछेंको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.