Explore news and happenings at Bhaktapur

नेमकिपाको सातौं महाधिवेशनको तयारीस्वरुप स्वयम्सेवक भेला

२०७६ भदौ २० गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको तयारीमा शुक्रबार स्वयम्सेवक परिचालन समितिको आयोजनामा शनिबार स्वयम्सेवक भेला कार्यक्रम सम्पन्न भयो ।

भेलामा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाले पञ्चायती निरंकुशताको विरोधमा गरेको भक्तपुर–काठमाडौंको पैदल ¥यालीको स्मरण गर्नुहुँदै असोज ३–५ गतेसम्म हुने महाधिवेशनलाई अनुशासिन र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर पार्टीले अंगीकार गरेको सिद्धान्त र नीतिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चर्चाको विषय बन्ने उदाहरणहरु प्रस्तुत गर्नुहुँदै प्रमुख प्रजापतिले पार्टीको सिट संख्या भन्दा पनि पार्टीको विचार र उद्देश्यले महŒव राख्ने बताउनुभयो ।

निजीकरणको पक्ष लिने र युवा जनशक्तिलाई विदेश पठाएर समृद्धिको नारा लगाउनुको औचित्य नभएको बताउनुभयो नेकपा सरकारले पाखण्डी व्यवहार प्रदर्शन गरिरहेको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवां र नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक राजेन्द्र चवालले पनि कार्यक्रमको तयारीबारे प्रस्तुतीकरण देखाउनुभयो ।

Leave A Reply

Your email address will not be published.