Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा भक्तपुर काण्डको विरोधमा प्रवचन कार्यक्रम

भक्तपुर । २०७६ भदौ ७ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोधमा भक्तपुर नगरपालिकाले शनिबार जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच प्रवचन कार्यक्रम ग¥यो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रबचन कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका कार्यकर्ताहरुले भक्तपुर क्यान्सर अस्पताल विषयमा बोल्दै पुनः भक्तपुर काण्ड घटाउने धम्की दिनुले २०४५ सालको घटनामा नेपाली कांग्रेसको पनि मिलेमतो भएको हो कि भन्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
२०४५ सालको भक्तपुर काण्ड जर्मनीमा घटेको राइखस्टाग काण्ड जस्तो झुटो षड्यन्त्रबाट भएको बताउनुहुँदै सांसद सुवालले नगरपालिकाका कर्मचारीहरु गलत काम गर्नेहरुको अगाडि झुक्न नहुने तथा देश र समाजको इमानदारीपूर्वक काम गर्न प्रेरित हुनुपर्ने बताउनुभयो ।

जम्मु–काश्मिर मामिलाबारे संसद र सडकमा बोल्ने नेमकिपा मात्र भएको बताउनुहुँदै उहाँले नेकपाले समृद्ध नेपाल र सुखी नेपाली नारा दिएर नेपाली जनतालाई ढाँटिरहेको प्रस्ट पार्नुभयो । राजनीतिक अस्थिरताले हाम्रो देशको स्थिति पनि भुटान जस्तो हुनसक्नेमा सचेत पार्दैै झुटा मुद्दाको अगाडि अडान लिन सक्नुपर्छ भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टी समाप्त पार्न ठूलो षड्यन्त्र रचेको दिनको स्मरण गर्न जनप्रतिनिधि र कर्मचारीबीच प्रत्येक वर्ष भक्तपुर काण्डको विरोधमा कार्यक्रम गरेको बताउनुभयो । उहाँले सत्यको पक्षमा उभिने ज्ञान भक्तपुर काण्डले सिकाएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई भक्तपुर काण्डको शिक्षाबारे बताउनुपर्ने र समाज निर्माणको निम्ति नयाँ पुस्ताहरु राजनैतिक रुपमा सचेत हुनु आवश्यक छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्डको समयमा भक्तपुर नपाका कर्मचारीहरुमाथि ज्यादती भएको स्मरण गर्नुहुँदै भक्तपुर काण्डपश्चात देशैभरिका नेमकिपाका कार्यकर्तालाई बिगार्ने र लोभमा फसाउने कार्य गरेको आरोप लगाउनुभयो ।

भक्तपुर काण्डको विरोधमा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.