Explore news and happenings at Bhaktapur

आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर । २०७६ भदौ ८ गते, आइतबार

0

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा आइतबार आर्युवेदिक उपचार विधि र औषधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ र ९ मा पाक्षिक रुपमा निःशुल्क आर्युवेदिक उपचार सेवा प्रदान गर्दै आएको बताउनुहुँदै आर्युवेदिक उपचार विधिबारे सबै वडा र विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

परापूर्वकालदेखि चलिआएको र मानव शरीरलाई हानी नगर्ने आर्युवेदिक उपचार विधि निकै उपयोगी भएको तथ्य प्रस्तुत गर्नुहुँदै उहाँले आर्युवेदिक उपचार विधिबारे जनतालाई सुसूचित गर्नु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारको अवस्थाबारे अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले नगरवासी जनता र अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले अस्पतालको ब्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने र अस्पतालमा भइरहेको बेथितिबारे नगरपालिकाले ध्यान दिनुपर्ने आग्रहलाई स्वीकार्दै अस्पतालको व्यवस्थापनको जिम्मा लिनुपरेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले पुरानो उपचार विधि बिर्संदै गएको अवस्थामा मानव शरीरमा धेरै किसिमको रोगबाट ग्रसित हुनुपरेको र आर्युवेदिक उपचार विधिको सही सदुपयोगले मानव शरीरलाई फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा आर्युवेदक चिकित्सक डा. मनोजकुमार चौधरीले आर्युवेदिक उपचार विधिको महत्व र सकारात्मक पक्षबारे जानकार गराउनुहुँदै उक्त विधिबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

भक्तपुर नपा वडा नं. ४ स्वास्थ्य समितिका अध्यक्ष एवम् कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल नगरबासीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्ने उद्देश्यले विभिन्न रोगहरूको स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ स्वास्थ्य समितिका सदस्यद्वय कृष्णगोविन्द सुवाल र न्हुछेराम भेले, स्वास्थ्य समितिका सल्लाहकार उपेन्द्र सुवाल, वडा सदस्य राजेन्द्र माकले आर्युवेदिक उपचार विधिका सकारात्मक पक्षबारे प्रस्ट गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.