Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७६ साउन २७ गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुहुँदै भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका अपाङ्ता भएका व्यक्तिहरुलाई अपाङ्ता परिचय पत्र वितरण शुरु गरिसकेको जानकारी गराउनुभयो । चालु आ.व. २०७६।७७ मा अपाङ्ताको क्षेत्रमा नगरपालिकाले १५ लाख रकम विनियोजन गरेको जानकारी गराउनुहुँदै उहाँले अपाङ्गता भएका व्यक्तिहरु पनि समाजको सदस्य भएकोले उनीहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्नुपर्ने र शिक्षाको पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक सविन प्रधानले बलियाले कमजोरलाई हेप्ने प्रवृत्तिका कारण हेपाईमा परेका व्यक्तिहरु पछाडि परिरहेको जानकारी गराउनुहुँदै समाजले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समानताको लागि आवाज भक्तपुरद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरुको बारेमा राजु आचार्यले “सबैका लागि पढाई” बारे प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यपालिका सदस्य रोशनर्मैंया सुवाल, हिमालयश्‍वर मूल, नगर शिक्षा समितिका बैकुण्ठ झा, नारद प्रसाद धमला र सहभागीहरुमध्येबाट सुरेश राजभण्डारी, किरण शिल्पकार, रमा ढकालले पनि बोल्नुभएको थियो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.