Explore news and happenings at Bhaktapur

गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ

२०७६ साउन २८ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाले मंगलबार बिहान गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ ग¥यो । भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको प्रदक्षिणा मार्गमा संघीय सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ नेतृत्वको टोली र वडा नं. ६ देखि १० सम्म भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र प्रदेशसभा सदस्य सृजना सैंजु नेतृत्वको टोलीले सरसफाइ गरेको थियो ।

सरसफाइ कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले सरसफाइ र संस्कृति भनेको मानव सभ्यताको विकासको सिलसिला भएको बताउनुहुँदै पुर्खाले सिर्जेको कला र संस्कृति संरक्षणलाई भक्तपुर नपाले प्राथमिकता दिंदै आएको बताउनुभयो ।

गाईजात्राको राजनैतिक, सामाजिक महŒवबारे नयाँ पुस्तालाई शिक्षित गराउनुपर्ने र सांस्कृतिक सम्पदा संरक्षण, सरसफाइ तथा विकास निर्माण कार्यमा जनताको सहभागिता, जनश्रमदान, आर्थिक अनुशासन, पारदर्शिता आवश्यक भएको बताउनुभयो ।

भारतको विस्तारवादी नीति दक्षिण एसियाका जनताको निम्ति हितकर नभएको धारणा उल्लेख गर्नुहुुँदै उहाँले दक्षिण एसियामा शान्ति कायम गर्न भारतले खेलिरहेको भूमिका निन्दनीय भएको बताउनुभयो ।

भारतलाई जम्मु–काश्मिर क्षेत्रमा हस्तक्षेप गर्न अमेरिकी साम्राज्यवादले सहयोग गरिरहेको आशंका व्यक्त गर्नुहुँदै सांसद सुवालले दक्षिण एसियामा हुने लडाइँले साम्राज्यवादीहरूलाई फाइदा पुग्ने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा नगर प्रमुख सुनिल प्रजापतिले गाईजात्रालाई मनोरञ्जनको रुपमा मात्र नलिई जनतालाई राजनैतिक रुपमा शिक्षित गर्ने अभियानको रुपमा मनाउन आह्वान गर्नुभयो ।

गाईजात्रालाई व्यवस्थित र मर्यादित बनाउन भक्तपुर नगरपालिकाले विभिन्न सरोकारवाला र सांस्कृतिक गुरुसँग छलफल गर्दै अगाडि बढिरहेको बताउनुहुँदै भक्तपुरलाई सबै क्षेत्रमा राम्रो र उदाहरणीय बनाउन नगरबासीहरू र सम्बन्धित सरोकारवालाहरूको साथको आवश्यकता औंल्याउनुभयो ।

प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाइँले गाईजात्रा समाजको अभिन्न अंग बनिसकेको र सिंगो सहरलाई जीवन्त, जागरुक र सांस्कृतिक पर्वले उल्लासमय उमंगले भरिपूर्ण बनाउने हिसाबले गाईजात्रा मनाउनुपर्ने बताउनुभयो ।

प्रदेश सांसद सृजना सैंजुले गाईजात्रालाई सांस्कृतिक पर्व सँगसँगै जनताको राजनैतिक चेतनास्तर उकास्ने दबुको रुपमा प्रयोग गर्नु उपयुक्त हुने बताउनुहुँदै भक्तपुर नगरपालिकाले नगरको सांस्कृतिक सभ्यता र विधाहरूलाई उजागर गरी मानव सभ्यतालाई व्यवस्थित ढंगले अगाडि बढाउने अभियान उल्लेखनीय भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली र कार्यपालिका सदस्य सरिना द्योलाले पनि जात्रालाई मर्यादित ढंगले मनाउन आग्रह गर्नुभयो ।

सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल मजदुर किसान पार्टी र जनवर्गीय संगठनका साथीहरु, विभिन्न संघ—संस्था, स्थानीय जनता, विद्यालय, कलेज, टीम–क्लब, सहकारी संस्था, प्रहरी प्रशासनलगायतको सहभागिता रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.