Explore news and happenings at Bhaktapur

२० औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

२०७६ साउन २७ गते, सोमबार

0

“पुनःनिर्माणमा युवाहरुको सार्थक सहभागिता” भन्ने मूल नाराका साथ  भक्तपुर नपाले सोमबार बीसौं अन्तर्राष्ट्रिय युवा दिवस मनायो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पूँजीवादले काम गरी खाने वर्गको हित नगर्ने बताउनुहुँदै नेपालको संविधान बमोजिम समाजलाई नेपाल सरकार समाजवाद उन्मूख दिशातिर अगाडि बढ्न नसकेको बताउनुभयो ।

सरकारको कार्यशैली हेर्दा एनजिओ/आइएनजिओले सरकार चलाईरहेको छ भन्दा फरक नपर्ने स्थिति देखिएको बताउनुहुँदै प्रमुख प्रजापतिले एनजिओ/आइएनजिओले ठूल्ठूला पदका मुख्य मुख्य व्यक्तिहरुलाई पद र पैसा मार्फत खरिद गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

निजी क्षेत्रलाई प्रश्रय दिएर वर्तमान सरकार पूँजीवादी बाटोमा बढिरहेको संविधान विपरीत भएको बताउनुहुँदै स्वस्थ नागरिक तयार गर्न भनपाले सबै वडामा शारिरिक व्यायामका सामाग्री थप्न लागेको जानकारी दिनुभयो । सभ्य र देशभक्त नागरिकले अरु देशमाथि भएको हस्तक्षेप थिचोमिचोको विरोध गर्नुपर्ने औंल्याउनुभयो ।

प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले विश्वमा भएका अन्याय र अत्याचार विरुद्ध लड्ने व्यक्ति नै वास्तविक अर्थमा युवा हुने बताउनुभयो ।
खेलकुदलाई आधुनिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने तर्पm ध्यान दिनुपर्ने बताउनुहुँदै सांसद गोसाईले सामाजिक ध्वंशकारीराजनीतिज्ञ हुन नसक्ने र अपराधीलाई संरक्षण गर्ने र अपराधीलाई उत्साहित गर्नेहरुले राजनीति गर्ने नाममा समाजलाई विगारीरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले युवाहरुलाई समाजको मेरुदण्डको रुपमा लिई नगरपालिकाले युवा केन्द्रित तालिममा जोड दिइरहेको बताउनुभयो ।

नगरको सामाजिक र आर्थिक विकासको लागि युवाहरुलाई परिचालन गर्नु आवश्यक भएको बताउनुहुँदै उपप्रमुख जोशीले अनुसन्धनात्मक क्रियाकलापबाट समाजलाई अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कामदार वर्गको नेतृत्वमा भएको शासन सत्ताले समाजवाद हुँदै साम्यवादको बाटोमा अगाडि बढ्न सक्ने बताउनुभयो ।


नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सविन ख्याजुले जम्मु कश्मिरमा भारतले गरेको हस्तक्षेप विरुद्ध न्यायप्रेमी जनताले भारतीय विस्तारवादको विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र कार्यपालिका सदस्य सुनिता अवालले पनि समाजमा युवाहरुले गर्नुपर्ने योगदान बारे बोल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति तथा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईबाट भक्तपुर नपाका १० वटै खेलकुद समितिलाई खेलकुद सामग्री र भनपाद्वारा सञ्चालित बक्सिङ प्रशिक्षणलाई बक्सिङ्ग रिङ्ग हस्तान्तरण गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.