Explore news and happenings at Bhaktapur

सापारुको तयारीस्वरुप सफाइ मजदुरहरूको भेला

२०७६ साउन २६ गते, आइतबार

0

२०७६ सालको गाईजात्रा पर्व (सापारु) को तयारीस्वरुप आइतबार भक्तपुर नगरपालिकाले नगरपालिकाका सफाइ मजदुरहरूको भेला ग¥यो ।

भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्राको समयमा नगरको सरसफाइ चुनौतीको विषय बन्ने हुँदा सफाइ मजदुरहरूलाई जात्राको दिनमा अझ सक्रिय भएर सरसफाइलाई व्यवस्थित ढंगले सुचारु गर्न आह्वान गर्नुभयो ।

सानो गल्तीले सबै राम्रा कामको अवमूल्यन हुने भएकोले जात्रालाई भव्य र व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण नगरबासीहरूको साथ र सहयोगको आवश्यकता उहाँले औंल्याउनुभयो ।

भक्तपुर नगरपालिकाले कलेज सञ्चालन, सरसफाई व्यवस्थापन, कला संस्कृति र सम्पदा संरक्षण र आवास योजनाहरू व्यवस्थित ढंगले अगाडि बढाइरहेको बताउनुहुँदै भक्तपुर नगरपालिका देशका अरु नपाको लागि उदाहरणीय बनिरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले गाईजात्रामा विभिन्न जिल्ला र विदेशी पर्यटकहरू अवलोकन गर्न आउने भएकोले स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहा“ले जात्रामा भिडभाड हुने भएकोले व्यवस्थित, अनुशासित र कर्तव्यनिष्ठ भई कार्य गर्न र अनुशासनभन्दा बाहिरको गतिविधिमा संलग्न भए कार्यवाही हुने बताउनु भयो ।

कार्यक्रममा नगर निरीक्षक दिलिपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.