Explore news and happenings at Bhaktapur

सापारुको तयारीमा सांस्कृतिक गुरुहरूको भेला

भक्तपुर, २०७६ साउन २५ गते, शनिबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार २०७६ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप सांस्कृतिक गुरुहरूको भेला सम्पन्न भयो ।

नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न त्यस दिन गाईजात्रा प्रदक्षिणा मार्गमा दुईपांग्रे र चारपांग्रे सवारीसाधन निषेधित गर्ने तयारी रहेको बताउनुभयो ।

भक्तपुर नगरलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने सोच रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले सांस्कृतिक गुरुहरूको सीप नयाँ पुस्तालाई सिकाउँदै देश र जनताको सेवामा आ–आफ्नो क्षेत्रमा योगदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांस्कृतिक पर्व गाईजात्रालाई पेशागत रुपमा विकास गर्नु आजको आवश्यकता भएको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले युवालक्षित रोजगारीमूलक सीपहरूको तालिम सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

भेलामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यस वर्षको गाईजात्रामा विभिन्न कारणले लोप हुन लागेका नाच तथा प्रदर्शनहरूमा आउने ज ानकारी गराउनुहुँदै घिन्ताङघिसीलाई व्यवस्थित गर्न र त्यस दिन प्रदर्शन हुने नाचलाई मर्यादित बनाउन घिन्ताङघिसी प्रतियोगिताले गराउनुभयो ।

कार्यक्रममा विभिन्न विधाका गुरुहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशंसनीय रहेको र भक्तपुर नपाका सकारात्मक कदममा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.