Explore news and happenings at Bhaktapur

गाईजात्रा व्यवस्थापनबारे सरोकारवालाको बैठक

भक्तपुर, २०७६ साउन २४ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा २०७६ सालको गाईजात्रा पर्व (सापारु)लाई व्यवस्थित तथा मर्यादित बनाउन ट्राफिक र पार्किङ व्यवस्थापन सम्बन्धमा शुक्रबार सरोकारवालाहरूको बैठक सम्पन्न भयो ।

बैठकले २०७६ साउन ३१ गतेबाट सुरु हुने गाइजात्रालाई भव्य र सभ्य तरिकाले मर्यादित रुपमा सम्पन्न गर्न जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी, स्थानीय समुदाय सबैबाट साझा प्रयास गर्ने निर्णय गरियो ।

सापारुको दिन (साउन ३१ गते) दिनभरि गाइजात्रा प्रदक्षिणा मार्ग र त्यस वरपर पुरानो नगर क्षेत्रमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनहरू प्रवेश निषेध गर्ने र सवारीसाधनको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा खुला स्थानहरू छनोट गर्ने र सोही बमोजिम ट्राफिक व्यवस्थापनका लागि महानगरीय प्रहरी तथा महानगरीय ट्राफिक प्रहरीसँगै स्थानीय जनताहरू परिचालित हुने निर्णय ग¥यो । साथै भक्तपुर नगरभित्र ठाउँ—ठाउँमा ट्राफिक व्यवस्थापनबारे सूचना पाटी, ट्राफिक संकेतको व्यवस्था र यस विषयमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना प्रवाह गर्ने निर्णय ग¥यो ।

बैठकले गाईजात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गैरसरकारी रुपमा मादक एवम् लागुपदार्थ सेवन तथा बिक्री वितरणलाई रोक्ने तथा सम्भावित अमर्यादित एवम् आपराधिक क्रियाकलाप न्युनीकरणमा विशेष पहल गर्ने निर्णय ग¥यो ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधिहरू, जिप्रकाबाट दिलिप लामिछाने, महानगरीय प्रहरी परिसरका रेवतीरमण पोखरेल, पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलगायतले गाईजात्रा व्यवस्थापनबारे आ–आफ्नो रायसुझाव व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.