Explore news and happenings at Bhaktapur

छाती पुनःस्थापना केन्द्र निर्माण प्रगतिबारे समीक्षा बैठक

भक्तपुर, २०७६ साउन २३ गते, बिहीबार

0

भक्तपुर नगरपालिकामा बिहीबार भक्तपुरको च्याम्हासिंहमा बन्दै गरेको छाती पुनःस्थापना केन्द्रको प्रगतिबारे समीक्षा बैठक सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जापानी अन्तर्राष्ट्रिय चिकित्सा प्राविधिक संस्था जिम्टेफ (JIMTEF) का प्रतिनिधि टोलीबीच सम्पन्न उक्त बैठकमा भवन निर्माण तथा कार्यक्रमका अन्य महŒवपूर्ण विषयहरुमा छलफल भयो ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, कार्यपालिका सदस्य छोरीमैया सुजखु, उपभोक्ता समिति अध्यक्ष रत्नप्रसाद प्रजापति, साइट इन्जिनियरि कृष्णसुन्दर दुवाल, जीमटेफ प्रोग्राम अफिसर सानेइ इसोजुमी, संयोजक लक्ष्मण शाही, सोलिड नेपालका डा. खेमबहादुर कार्कीलगायत उपस्थिति थियो ।

 

Leave A Reply

Your email address will not be published.