Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजमा प्रा.डा. मोहनमूर्ति पन्तलाई बिदाई कार्यक्रम

भक्तपुर, २०७६ साउन २२ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार ख्वप इन्जिनियरिङ कलेजबाट अवकाश पाएका प्रा.डा. मोहनमूर्ति पन्तलाई दोसल्ला ओढाई र कदरपत्र प्रदान गर्नुभई बिदाई गर्नुभयो ।

२०६५ साल जेठ १२ गतेदेखि सेवारत प्रा.डा. पन्तले उमेर हदका कारण २०७६ साल साउन २२ गते कलेजबाट अवकाश प्राप्त गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा प्रमुख प्रजापतिले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्न प्रा.डा. पन्तले पु¥याउनुभएको योगदान र मिहिनेतबारे चर्चा गर्नुहुँदै अवकाश भनेको औपचारिकता मात्र भएको र राम्रो काम गर्नेले समाजमा कामअनुसारको सम्मान र इज्जत पाउने बताउनुभयो ।

उहाँले विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधारहरु तयार हुँदा पनि ख्वप विश्वविद्यालयले सम्बन्धन नपाउनुमा सरकारको नगरपालिकाप्रति पूर्वाग्राही सोच र पक्षपातपूर्ण व्यवहार भएको बताउनुभयो ।

संसारका प्र्रविधिहरुको विकास मानिसबाटै सम्भव भएको बताउनुहुँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको भक्तपुर नगरपालिकाले अध्ययन–अनुसन्धानको निम्ति छुट्टै बजेट छुट्याएको बताउनुभयो ।

कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले आगामी दिनहरुमा पनि प्रा.डा. पन्तले ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक र व्यवस्थापकीय भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुहुँदै विभिन्न विषयका अनुसन्धानकर्ता तयार गर्न ख्वप इन्जिनियरिङ कलेजले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नगरपालिकाद्वारा सञ्चालित कलेज स्थापनाका उद्देश्यबारे प्रस्ट पार्नुहुँदै भक्तपुरका जनताले देखेको सपना पूरा गर्न इन्जिनियरिङ कलेज र त्यहाँ अध्यापनरत शिक्षकको महŒवपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. मोहनमूर्ति पन्तले आफ्नो अवकाश जीवनलाई अझ सक्रिय र क्रियाशील ढंगले सदुपयोग गर्ने र नयाँ पुस्तालाई मार्गनिर्देशकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य रबिन्द्र फोँजु र ख्वप कलेज अफ इ. कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका विभागीय प्रमुखहरु राजुभाइ त्यात, सुनयना कर्माचार्य, लिबास फैजु, नवराज बुढाथोकी, गजेन्द्रभक्त सुवाल, रीना मानन्धर, अमितशंकर रञ्जित, गणेशराम ध्वजु, काजीबहादुर पञ्च, राजन जति, जसतारा कोजु र रिजिना बज्राचार्यले अवकाश प्राप्त प्राध्यापक पन्तले कलेजमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.