Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

२०७६ साउन १२ गते, आइतबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता र पारिवारिक आर्थिक स्थितिलाई मध्यनजर गरी कलेज व्यवस्थापन समितिले छात्रवृत्तिको व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई अध्ययनसँगसँगै अनुशासित भई कलेजका विभिन्न गतिविधिमा सक्रिय भई अब्बल रुपमा प्रस्तुत हुनुपर्ने र इन्जिनियरिङ अध्ययन गरी देशको विकास निर्माणमा इमानदार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं उपत्यका लथालिंग हुनुमा ठेकेदारहरु दोषी भएको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कलेज स्थापना व्यक्ति विशेषको नाफाको निम्ति नभई समाज रुपान्तरण गर्न बनेको बताउनुभयो ।

कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई इञ्जिनियरिङ क्षेत्रबाट समाजको सेवा गर्न आह्वान गर्नुभयो । उहाँले देश र समाज निर्माणको निम्ति योग्य इन्जिनियर र आर्किटेक्टको आवश्यकता भएको र अनुसन्धानकर्ताको रुपमा कार्य गर्न विद्यार्थीलाई मार्गनिर्देशन गर्नुभयो ।

कलेज व्यवस्थापन समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कलेज स्थापनाको उद्देश्य भक्तपुरमा कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान रहेको बताउनुहुँदै विद्यार्थीहरुलाई व्यक्तिवादी चिन्तनबाट मुक्त भइ समाज निर्माणको निम्ति महŒवपूर्ण योगदान पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रबिन्द्र फोँजु र राजन रजतिले पनि बोल्नुभएको थियो ।

उपप्रमुख रजनी जोशीले ख्वप इ. कलेजका १८ जना र ख्वप कलेज अफ इ. का १४ जना गरी ३२ जनालाई रु. २० लाख बराबरको छात्रवृत्ति प्रदान गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.