Explore news and happenings at Bhaktapur

शिशुस्याहारका शिक्षिकाहरूलाई पुनर्ताजगी तालिम

भक्तपुर, २०७६ साउन १२ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारका शिक्षिकाहरूलाई जनताको विश्वास कायम गर्ने ढंगले काम गर्न प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहारका शिक्षिकाहरूको पुनर्ताजगी तालिमको आइतबार उद्घाटन समारोहमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिशुहरूलाई असल संस्कार दिनुपर्ने र शिशुहरूको नराम्रो र अवाञ्छित क्रियाकलापमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहारलाई नमुनाको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न तालिम सञ्चालन गरेको बताउनुहुँदै शिक्षिकाहरूलाई समयअनुसारका नयाँ नयाँ घटना—परिघटनाबारे अपडेट भइरहनुपर्ने र शिशुहरू बस्ने ठाउँको सरसफाइ, अनुशासन र स्वस्थ आहारमा ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कर्मचारीहरूले कार्यालयको आचारसंहिताबारे पनि जानकारी राख्नुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले शिशुहरूलाई भविष्यका योग्य नागरिकको रुपमा तयार गर्ने व्यापक दृष्टिकोणले आफ्नो कर्तव्य पूरा गर्न मार्गनिर्देशन दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, शिशुस्याहार तथा समाजकल्याणका शाखा प्रमुख दिपेन्द्र प्रजापतिको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले प्रशिक्षकलाई तालिमको सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.