Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा ग्लोबल पाठशालाका विद्यार्थीहरुको अध्ययन–अवलोकन भ्रमण

२०७६ साउन १२ गते, आइतबार

0

 

भक्तपुर नगरपालिकामा आइतबार कौशलटारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण ग¥यो ।

अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग अन्तरक्रिया गरे ।

प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई नगरपालिकामा स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिका भक्तपुरबासीहरुको नजिकको सरकार भएको र जनताको समस्या सम्बोधन गर्न अग्रसर भइ कार्य गरिरहेको जानकारी गराउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको परिचय, नगरपालिकामा भइरहेका विकास निर्माण र विभिन्न गतिविधिहरुबारे अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकामा प्राकृतिक स्रोत अभाव भए पनि सांस्कृतिक र ऐतिहासिक महत्‌व बोकेको देशको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले नगरसभाहरु व्यवस्थित रुपमा सञ्चालन गरिरहेको र नगरभित्र सुविधासम्पन्न ख्वप अस्पतालको निर्माण कार्य भइरहेको जानकारी गराउनुभयो ।

अध्ययन भ्रमणमा आएका ३५ जना विद्यार्थीहरुले भक्तपुर नगरपालिकाको प्रमुखज्युको सचिवालय, प्रशासन शाखा, नक्सा शाखा, कर शाखा, मुद्दा शाखा, श्यानिटेशन शाखा, लेखा शाखा, शिशुस्याहार तथा समाज कल्याण शाखा, सहकारी शाखा, योजना शाखा, दर्ता शाखालगायतका विभिन्न शाखा उपशाखाहरुको स्थलगत अवलोकन गरी शाखागत जानकारी प्राप्त गरे ।

 

Leave A Reply

Your email address will not be published.