Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा कवि, लेखक तथा कलाकारहरुको भेला

२०७६ साउन ११ गते, शनिबार

0

भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला शनिबार आयोजना ग¥यो ।

आदर्शोन्मुख समाज स्थापनामा प्रगतिशील कवि, लेखक र कलाकारहरूको महŒवपूर्ण देन हुने उद्देश्यले आयोजित सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले सामन्ती समाजमा साहित्यलाई राजनीतिक हतियारको रूपमा उपयोग गरेको चर्चा गर्दै बहुमत जनताको प्रतिनिधित्व गर्ने मजदुर र किसानलाई नै नायक–नायिका बनाएर लेखेको साहित्य जनताको साहित्य हुने विचार व्यक्त गर्नुभयो ।

समाजवादी क्रान्तिको पक्षमा लेखिएको साहित्य जनताको घर–आ“गनमा सबभन्दा बढी प्रचार र बिकेको स्मरण गर्दै अध्यक्ष रोहितले दुःख–पीडा दिनेको विरोध गर्ने र सुखको तारिफ गर्ने संसारकै नियम हो भन्नुभयो ।

साहित्यले चालै नपाइकन जनताको सेवामात्र होइन भड्काउने काम पनि गरिरहने यो वर्गीय समाजमा उहा“ले साम्राज्यवादी अमेरिकाले समाजवादी व्यवस्था समाप्त गर्न अनेक षड्यन्त्र, जालझेल र चलखेल गरिरहनेतर्फ लेखक, कवि र कलाकारहरूको ध्यानाकर्षण गर्नुभयो ।

साम्राज्यवादी एवम् शक्तिशाली देश अमेरिकाको प्रभाव संसारमा अन्त्य हुने चिन्ताले नै अमेरिकाले चीनस“ग झगडा गराउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले राष्ट्रवादी र हिन्दूको नारा दिएर मोदी अगाडि आएको बताउनुभयो ।

धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो, यसमा बलियो पक्षले कमजोर पक्षलाई दबाउने हु“दा वर्गीय राजनीति गर्नुपर्नेमा जोड दि“दै उहा“ले भन्नुभयो, “धर्म र जनताको आधारमा राजनीति गरेको भारतमा फासीवाद निम्तिने सम्भावना छ ।”

नेपालमा हिन्दू राष्ट्रको नारा दिएर नेपाली–नेपाली जुधाउनेतर्फ विदेशी शक्ति राष्ट्रको चलखेल भइरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले अन्धविश्वासविरूद्ध सचेतना अभियानमा कवि, कलाकार र लेखकहरूको महŒवपूर्ण योगदान हुन्छ भन्नुभयो ।

“नेता, मन्त्री, सांसद तथा जनप्रतिनिधिहरूको कमी–कमजोरी औल्याएर सुधार्न सके यसले देश र जनताकै हित हुन्छ ।” उहा“ले भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला र संस्कृतिमा धनी सहरको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन र साहित्यमार्फत जनताको चेतनास्तर उठाउने ध्येयले भेलाको आयोजना गरेको बताउनुभयो ।

जनताले बुझ्ने भाषामा प्रस्तुत ख्याल, नाटक र गीतले जनताको सांस्कृतिक स्तर उठ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले जनताको सेवा गर्ने साहित्य विधामा लेखक, कवि र कलाकारहरूको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही भेलामा जनकवि चन्द्रबहादुर उलकले साहित्यको उद्देश्य बहुमत जनताको सेवा गर्न र समाज परिवर्तन गर्ने हुनुपर्छ भन्नुभयो । जनताको मन छोएको या मन परेको साहित्य नैजनताको सा“चो साहित्य हुने उल्लेख गर्दै जनकवि उलकले भन्नुभयो, “कम्युनिस्टको शासनमा सुख–सुविधा हुने, शोषण–दमन नहुने जनताले सोचेका थिए, तर कम्युनिस्टको शासन आए पनि जनताले सुख भोग्ने लक्षण देखिएको छैन, बहुदल र गणतन्त्रमा पनि पञ्चायतको गन्ध बा“की छ, अतः कवि लेखकले पु“जीपति वर्गको होइन सर्वहारा वर्गीय दृष्टिकोण राख्ने साहित्य र गीत लेख्नुपर्छ ।

नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले बहुसङ्ख्यक जनतालाई परेको दुःख र वेदनाबारे साहित्य लेख्दा त्यो प्रिय र अन्तसम्म स्मरणीय भइरहने बताउनुभयो ।

उहा“ले भन्नुभयो, “व्यक्तिगत रमझम गर्न होइन सामूहिक सेवा गर्न साहित्य र गीत लेख्नुपर्छ, जनताको पीडाबोध नभएको साहित्य एकक्षण लोकप्रियजस्तो भए पनि पछिसम्म स्मरणीय हु“दैन ।”

सुपरिचित कलाकार आशाकाजी थकूले ख्याल, नाटक लेखनतथा लेखक र कलाकारको भूमिकाबारे चर्चा गर्दै कवि, कलाकार र लेखकको उद्देश्य बहुजन हिताय, बहुजन सुखाय नै हुनुपर्छ भन्नुभयो ।

भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भनपाका प्रशासकीय अधिकृत यामलाल अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.